एनआरएन, कृषि, खाध्य सुरक्षा, दिगो विकास

एनआरएनए नेपालको विकासमा यसरी सकृय हुँदै

तुलसी सुवेदी काठमाडौं : कोरोना भाइरस(कोभिड १९) ले धेरै नेपालीहरु चरम गरिबीको रेखामुनि धकेलिने खतरा देखिएको भन्दै त्यसबाट जोगाउन गैरआवासीय नेपालीहरुले सहकार्य गर्ने उद्घोष गरेका छन्। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आयोजनामा भर्चुअलरुपमा तीन दिनसम्म सञ्चालन भएको दोस्रो विश्वज्ञान सम्मेलनले नेपालले खाद्य सुरक्षाको क्षेत्रमा गम्भीर चुनौती व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ। उत्पादन बढाउनका लागि कृषि नीतिमा कृषकको आय श्रोतले… Continue reading एनआरएनए नेपालको विकासमा यसरी सकृय हुँदै

बैदेशिक रोजगारी

कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

सीता शर्मा कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । आइतबार अर्थात् ३० अगस्ट २०२० का दिन यी विषय समेटिएका दुई कानुनमा कतारका अमिरले हस्ताक्षर… Continue reading कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

एनआरएन, बैदेशिक रोजगारी

नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

सीता शर्मा काठमाडौँ, भदौ १५ गते । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैङ्कको उद्घाटन गर्नुभयो । मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण… Continue reading नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

बैदेशिक रोजगारी, सम्वृद्धि

महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था

प्रेमलकुमार खनाल नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषण आप्रवाहको योगदान औसत २५ प्रतिशत रहेको आर्थिक सर्वेक्षण २०७६÷०७७ मा उल्लेख गरिएको छ । विप्रेषण रकम भनेको देशभित्र रोजगारीका अवसर नहुँदा कामको खोजीमा जाने नेपाली श्रमिकले विदेशमा श्रम गरेर बचत गरेको रकम हो । तर, अहिले कोरोनाका कारण विदेशमा काम गर्न गएका ती श्रमिक सबैभन्दा बढी समस्यामा परेका छन् । नेपालबाट… Continue reading महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था

बैदेशिक रोजगारी

दुबईबाट रित्तै जहाज फर्काउनेले क्षतिपूर्ती दिनु पर्छ

दुबईबाट नेपाल फर्कने भनेर विमानस्थलमा चेक-इन भइसकेका नेपाली श्रमिकलाई छाडेर नेपाल वायुसेव निगमको जहाज रित्तै आयो; गत भदौ, एक गते! साँझ ५ बजे विमानस्थल पुगेका यात्रुलाई राति १ बजे भनियो– उडान रद्द भयो। कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले ‘क्वारेन्टाइन बनाउन पहल गरिरहेको छ, अहिले क्वारेन्टाइन तयारी अवस्थामा छैनन्, त्यसैले कहीँबाट पनि यात्रु ल्याउने… Continue reading दुबईबाट रित्तै जहाज फर्काउनेले क्षतिपूर्ती दिनु पर्छ

साहित्य

बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि

त्रिभुवनचन्द्र वाग्ले त्रिभुवनचन्द्र वाग्ले ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ । एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिनुभयो कविजीले । अब भन्नुहुने छैन म… Continue reading बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि

एनआरएन, प्रजातन्त्र र मानवाधिकार, बैदेशिक रोजगारी

आप्रवासी कामदारको समस्या समाधान गर्न कुटनीतिक पहल गर

मानवअधिकार आयोगको सरकारलाई सिफारिस काठमाडौँ, साउन २९ गते । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिस गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य मुलुकमा एकतर्फी करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन… Continue reading आप्रवासी कामदारको समस्या समाधान गर्न कुटनीतिक पहल गर

नेपाल-भारत सम्बन्ध

नेपालीले भारतमा स्वाधिनता दिएका थिए

भारतले नेपालको प्रजातन्त्र स्थापनामा सघाएको हो भने नेपालीले भारतमा राजनितीक र सैनिक सहयोग गरेर स्वाधिनता दिएका थिए रामनारायण देव भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) हरूले करिब दुईसय वर्षसम्म राज गरे । सन् १८५६ ई मा सिपाही विद्रोहदेखि सशक्तरूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो । भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीहरूले गरेको व्रिद्रोहलाई सिपाही विद्रोह भनी चिनिन्छ । यसलाई दबाउन… Continue reading नेपालीले भारतमा स्वाधिनता दिएका थिए

कृषि, खाध्य सुरक्षा, पर्यटन

दिगो पर्यटनको आधारशीलाः कृषि तथा वन संग्रहालय

डा. कुलराज चालिसे डा. कुलराज चालिसे गण्डकी प्रदेशले सम्वृद्धिको मूलाधारमा पर्यटनको पहिचान गरेको छ, तर तेश्रो प्राथमिकतामा रहेको कृषिलाई पर्यटनको अङ्ग बनाउन नसक्ने हो भने दिगो पर्यटनको आधारशीला तयार हुँदैन । पर्यटनको पनि अनेक हाँगा हुन्छन् । हामीले ब्राण्डिङ्ग गर्न चाहेको पर्यटन कुन् हो ? भनेर अहिले नै पहिचान गर्न सकिएन भने पर्यटन पूर्वाधारमा गरेको… Continue reading दिगो पर्यटनको आधारशीलाः कृषि तथा वन संग्रहालय

सम्पादकीय

कोरोना, माहुरी र अवरुध्द प्रकाशन

सम्पादकीय लामो समयदेखि कोभिड-१९ (कोरोन) को महामारीका कारण विश्व गतिहीन हुन पुगेको छ। उडदा उडदैका जहाजहरु ह्यङ्गरमा थन्किएका छन्। युद्ध जितेका सेनापतिहरु कोरोनाका कारण पराजित भएका छन्। प्रविधि, उद्ध्योग धन्दा, यातायात, शैक्षिक संस्था आदि ठप्प छ। आजसम्म कोरोना उपचारकालागि औषधी पत्ता लागेको छैन। आजमात्र रुसले ‘स्पुट्निक भी कोभिड’ भ्याक्सीनलाई अनुमोदन गरेको कुरा राष्ट्रिय गौरवकासाथ त्याहाँका… Continue reading कोरोना, माहुरी र अवरुध्द प्रकाशन

बिशेष रिपोर्ट, स्वास्थ्य

लकडाउन मात्रै समाधानको उपाय होइन

कोरोना सङ्क्रमित बढिरहेको अहिलेको अत्यन्त जोखिमयुक्त समयमा सरकारले त्यसको रोकथाम र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई सुम्पेर भाग्न खोजेको छ। अर्बौं स्वाहा पारेर रित्तिएको सरकारले स्रोत साधान नभएका स्थानीय तहबाट त्यस्तो कठिन कार्यको सहज सम्पादन गराउन खोज्नु असम्मभव देखिन्छ...

नेपाल-भारत सम्बन्ध

पूर्व राजा ज्ञानेन्द्रले प्रधानमन्त्री ओलीलाई दिए यस्तो जवाफ

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका भनाइले विवादको तरङ्ग फैलाएको छ। यो कुरा उनले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएपछि आएको हो। प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए। उनले गत शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोनमार्फत अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका थिए।… Continue reading पूर्व राजा ज्ञानेन्द्रले प्रधानमन्त्री ओलीलाई दिए यस्तो जवाफ

स्वास्थ्य

कोरोना र शक्ति ध्रुविकरण

गीत तथा संगीतकार योगेश अमात्यले "लोग्ने मानिस भएर रुनु हुन्न रे”भन्ने एउटा गीत गाएका छन् । गीतको आशय नेतृत्वकारी भूमिकामा रहेको पुरुष रुने, कमजोर देखिने वा अस्थिर देखिने हो भने  उसको नेतृत्व विस्तारै असफल घोषित हुँदैजानेछ । सारा जनमानस नै कमजोर हुन्छ । समाजको प्रतिरोधात्मक क्षमता कमजोर देखिन्छ । यस्तो वेलामा लिएका निर्णय सही नहुन… Continue reading कोरोना र शक्ति ध्रुविकरण

दिगो विकास, सम्वृद्धि, स्वास्थ्य

स्रोत छैन, खर्च कटौती गरौं

इन्द्रबहादुर आङबो ठूला–ठूला पूर्वाधार निर्माण आ–आफ्नै तह र क्षेत्राधिकारको रुपान्तरणकारी आयोजनासहित दोहोरो अंकको आर्थिक बृद्धि दर पुर्‍याउने महत्वाकांक्षी जस्तै लाग्ने वजेट विगत २ आर्थिक बर्ष तीनै तहको सरकारले प्रस्तुत गरेका थिए । अहिले संविधानको मर्म र भावना अनुसार संघीयताको कार्यवन्यन र दोहोरो अंकको आर्थिक बृद्धि दरसहित समृद्धिको तिब्र गतिलाई कोभिड १९ को महामारीले गम्भीर धक्का… Continue reading स्रोत छैन, खर्च कटौती गरौं

खाध्य सुरक्षा, बिशेष रिपोर्ट, सम्वृद्धि

यसरि कसरि धानिन्छ देश ?

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको रोकथामका लागि लकडाउन जेठ २० गतेसम्मका लागि थपेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो सम्बन्धि निर्णय गरेको हो। नेपालमा चैत्र ११ गतेदेखि लक डाउन गरिंदै आएको छ । लकडाउन थप्ने सरकारी निर्णयसंगै आधारभूत सेवा सुविधालाई कसरी निरन्तर राख्न सकिन्छ  भनेर रणनिति अवलम्वन गर्न जरुरि थियो तर 'लकडाउन… Continue reading यसरि कसरि धानिन्छ देश ?

स्वास्थ्य

नेपालमा कोरोना भाइरसबाट संक्रमितको पहिलो मृत्यु

नेपालमा पहिलो कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी थिइन् तर श्वास्प्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा बिहीबार राति १० बजे मृत्यु भएको थियो । ती महिला २३ गते टिचिङ अस्पतालमा भर्ना… Continue reading नेपालमा कोरोना भाइरसबाट संक्रमितको पहिलो मृत्यु

साहित्य

साथी | कविता

पुरुषोतम सुनुवारफिक्कल-५, सिन्धुली /हाल कतार  साथीशब्द सामान्यसम्बन्ध पनि सामान्य ।तरसबैको हकमाउस्तै नहुन सक्छ ।हुन नहुन दुबै पाउँछ । साथीजो नभए पनि चल्छ ।तर जो नभई पनि हुन्न । योसम्बन्ध नैगज्वको रैछ । जन्मेदेखीअर्थात आफुलेथाहा पाइन्जेल सम्म ।बालक - बृद्वसबैको साथी हुन्छ र चाहिन्छ पनि । जहाँजहिलेरजो संग पनिबन्न सकिनेसजिलो सम्बन्ध साथी । भाँडाकुटी खेल्दादेखिगोठालो जाँदाहाट… Continue reading साथी | कविता

स्वास्थ्य

हामी कोरोना पछि भेट हुँदा विश्वमा विभेदको अन्त्य भएको हुनु पर्छ

पछिल्लो समय कोरोनाको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या अमेरिकामा ६१,६१८; वेलायतमा २६,०९७ नाघेको छ । अस्पतालाबाहेक केयर होममा थप ३ हजार भन्दा धेरै मृत्यु भएको कुरा आजको प्रेस ब्रिफिंगमा बताईएको छ । नेपालमा संक्रमित हुनेहरुको संख्या ५७ पुगेको कुरा बताईएको छ । संयोग नै मान्नु पर्छ कि नेपालमा हालसम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको खबर… Continue reading हामी कोरोना पछि भेट हुँदा विश्वमा विभेदको अन्त्य भएको हुनु पर्छ

बैदेशिक रोजगारी

नेपालीको रेमिट्यान्स : आधा कमाइ दलाललाई, बाँकी साहूलाई | नेपाल

आर्थिक विकासको सूचकका रुपमा रेमिट्यान्सको बढाइचढाइ व्याख्या हुँदै गर्दा विदेशमा मजदुरी गर्न जाने नेपालीको मर्का बुझिएन । योगेश ढकाल  २८ श्रावण २०७६ मंगलबार काठमाडौं एक साताभन्दा बढी समयदे खि साउदी अरबको रियादस्थित नेपाली दूतावासको शरणमा छन्, ३५ नेपाली कामदार । १ लाख ४० हजार रुपैयाँभन्दा बढी खर्चेर साउदी पुगेका उनीहरूले ३ महिनासम्म न काम पाए, न त पाउने छाँट नै छ । सुन्दर सपना बोकेर साउदी पुगेका उनीहरूले सुका आम्दानी गर्न त सकेनन् नै, ऋणको चर्को ब्याजको पीडा झनै चहर्‍याइरहेको छ । महोत्तरीका नामेमुद पासवान भन्छन्, “३ महिनामा काम त पाइनँ, बरु कम्पनी मात्र फेरबदल भइरह्यो ।” साउदीसँग जोडिएको यो सन्दर्भ न पहिलो हो, न त अन्तिम । ०७५ असारमा पनि ३६ जना कामदार साउदीको अल्खोबर टुम्बामा अलपत्र परेका थिए । कम्पनीले सम्झौताअनुसार काम र पैसा नदिएको ती कामदारको गुनासो थियो । ती सबै जना १ फागुन ०७४ मा सोनमार ट्रेडिङ कम्पनीमा क्याटरिङ कामका लागि पुगेका थिए । सम्झौतामा १४ सय रियाल तलब सुविधा तोकिए पनि उनीहरूले ८ सय रियाल पनि पाएनन् । साउदी र नेपाल सरकारबीच ०६९ मै कम्तीमा १ हजार रियाल तलब हुनुपर्ने सहमति भएको थियो । तर ६ वर्षको दौरानमा त्यो सहमति कार्यान्वयन गर्नु त परको कुरा, नेपाली दूतावासको पटक–पटकको आग्रहको सुनवाइसमेत भएको छैन । साउदी अरबस्थित नेपाली दूतावासले १९ असोज ०७५ मा फेरि नेपाली कामदारलाई सचेत गराएको थियो– तलब १ हजार रियाल र खानामा ३ सय रियालको व्यवस्था नभएसम्म साउदी नआउनू । तर अहिले पनि कामदार ७ सय ५० रियालमै काम गर्न बाध्य छन् । साउदी जाने खर्च महँगो छ भन्ने पुष्टि गर्न १९ साउन ०७६ को घटना काफी छ । वैदेशिक रोजगार विभागले प्याराडाइज इन्टरनेसनल म्यानपावर कम्पनीमा छापा मार्‍यो, कामदारसँग बढी शुल्क लिएको आरोपमा । यूएई पठाइन लागेका कामदारसँग १ लाख रुपैयाँभन्दा बढी शुल्क लिएपछि विभाग छापा मार्न पुग्यो । झन्डै १ लाख ५० हजार खर्चेर दुईवर्षे करारमा निस्कने कामदारले विदेशमा कमाएको एक वर्षको आम्दानी ऋण तिर्नमै ठिक्क हुन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपाल आउने रेमिट्यान्समध्ये २५.३ प्रतिशत रकम ऋण तिर्नमा खर्चिएको देखाउँछ । त्योभन्दा पनि दुःखद पाटोचाहिँ वैदेशिक रोजगारीमा जाने कामदारले साहू–महाजन/व्यापारीबाट ५२ प्रतिशतसम्मको चर्को ब्याजमा रकम लिनुपर्ने बाध्यता छ । त्यसले कामदारको खर्चको भारी अग्लो बनाएको छ । महँगो रेमिट्यान्स कतारमा दुई वर्षमा कति बचत गर्न सक्छन् ?  सरदर १ लाख ३८ हजार रुपैयाँभन्दा कम । चाडवाडमा थपिएको रौनक । रंगीन बनेको जीवन र पैसा चलायमान भएका गाउँघर । बोर्डिङ स्कुल जाने केटाकेटीको लर्को । सुबिस्ताको खोजीमा निस्कनेको ताँती हेर्दा यो पत्यार लाग्ने हिसाब होइन । कतारमा एक अदक्ष कामदारले मासिक ६ सयदेखि साढे ७ सय कतारी रियाल अर्थात् १८ हजारदेखि २२ हजार ५ सय रुपैयाँ तलब बुझ्छन् । यही तलबमानलाई औसतमा ७ सय रियाल मान्ने हो भने मासिक २१ हजार रुपैयाँ हुन्छ र २ वर्षमा करिब ५ लाख ४ हजार रुपैयाँ कमाइन्छ । तर यो रकमसँग कतार बस्दाको खर्च मात्र होइन, जाँदा लागेको खर्चको हिसाब पनि दुरुस्त पार्नुपर्ने हुन्छ । भर्खरै फर्किएका कतारका लागि नेपाली राजदूत रमेश कोइरालाको अनुभवमा ७ सय रियालमध्ये खानामा कम्तीमा २ सय र अन्य व्यक्तिगत खर्च करिब १ सय रियाल हुन्छ । त्यस हिसाबले मासिक ९ हजारका दरले २ वर्षमा २ लाख १६ हजार रुपैयाँझन्दा बढी खाना र व्यक्तिगत खर्चमा सकिन्छ । २ वर्षमा कमाएको जम्मा आम्दानीमा खाना र व्यक्तिगत खर्च कटाउँदा करिब २ लाख ८८ हजार रुपैयाँ बचत हुने देखिन्छ । त्यसमा पनि विदेश जानुभन्दा पहिला गरेको खर्च थप कटाउनुपर्ने रकम हुन्छ । राहदानी बनाउँदा, म्यानपावर कम्पनीलाई तिर्ने रकमदेखि उडानका लागि अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्दा औसतमा १ लाख ५० हजार रुपैयाँ खर्च मानेर त्यसलाई पुर्ताल गर्दा २ वर्षमा १ लाख ३८ हजार रुपैयाँ बचत हुन्छ । अझ १ लाख ५० हजारको ब्याजै जोडिएको छैन । कतारको भन्दा डरलाग्दो तस्बिर देखिन्छ, मलेसियाको कमाइमा । मलेसियाको सन्दर्भमा आम्दानी र खर्चको हिसाबकिताब गर्दा २३ हजार ९ सय ९० रुपैयाँ घाटामा हुन्छन्, कामदार । मलेसियासँग जोडिएको मन कुँडिने यो तथ्यांकप्रति झट्ट सुन्दा विश्वास नलाग्न सक्छ । तर तत्कालीन रोजगार प्रवर्द्धन आयोगको अध्ययनले घाटाको रेमिट्यान्स हिसाब निकालेको थियो, भलै त्यो अध्ययन औपचारिक रूपमा बाहिर आएन र बहस पनि गरिएन । आयोगले जतिबेला अध्ययन गर्‍यो, त्यसबेला मलेसियामा कामदारले औसतमा ४ सय ७८ रिंगिट तलब बुझ्थे । त्यही तलबमानको हिसाबमा २ वर्षमा करिब ११ हजार ६ सय ८८ अर्थात् २ लाख ३३ हजार ७६० रुपैयाँ आम्दानी हुन्थ्यो । सरकारी लेबी मासिक १ सय र खाना तथा व्यक्तिगत खर्च करिब १ सय ६० रिंगिट आधार मान्दा २ वर्षमा १ लाख ४४ हजार रुपैयाँ सकिन्थ्यो । मलेसियाको आम्दानी र त्यहाँ हुने खर्चको हिसाबकिताबमा जम्माजम्मी ८९ हजार ७ सय ६० रुपैयाँ बच्थ्यो । त्यस अध्ययनमा मलेसिया जान करिब १ लाख १३ हजार ७ सय ५० लाग्ने हिसाब निस्केको थियो । यही हिसाब हेर्दा मात्रै पनि २३ हजार ९ सय ९० रुपैयाँ घाटामा आउँछ । अध्ययनमा संलग्न कोइरालाको भनाइमा मलेसिया जाने युवाले ओभरटाइम कामको रकम मात्रै बचत गर्न सक्ने अवस्था थियो । “झन्डै ६ वर्ष पहिलाको त्यो अवस्थामा अहिले पनि फरक आएको छैन,” कोइराला भन्छन्, “ओभरटाइम काम नपाउने हो भने मलेसियाबाट ऋण बोकेर आउनुपर्ने अवस्था छ ।” सगोलमा देख्ने धेरै रकमभित्र वास्तविक कमाइको दुरुस्त बहिखाता व्यक्ति त के, राज्यसँग पनि छैन । अझ मलेसियामा एक वर्षअघिसम्म स्वास्थ्य परीक्षणलगायतको शीर्षकमा कामदारका लागि थप १८ हजार रुपैयाँ लागत लाग्थ्यो । मलेसियामा वृद्धि भएको तलबमानसँग स्वास्थ्य परीक्षण शीर्षकमा बढेको लागतले बचतमा फरक नपरेको विज्ञहरूको भनाइ छ । गत वर्ष नेपाल–मलेसिया सरकारबीच सम्पन्न श्रम सम्झौता कार्यान्वयनमा आए शून्य लागतमा कामदार मलेसिया जान सक्नेछन् । तर त्यो सम्झौता कार्यान्वयनमा आउनै सकेको छैन, नेपालस्थित मलेसियाली दूतावासले पनि तदारुकता देखाएको बुझिन्न । उल्लिखित उदाहरण र विभिन्न अध्ययनको तथ्यले रेमिट्यान्स चर्चा गरिएभन्दा महँगो मात्र होइन, उल्टै घाटाको व्यापार भइरहेछ । अर्थात्, २ वर्षका लागि वैदेशिक रोजगारमा गएका एक कामदारले कम्तीमा एक वर्ष बराबरको कमाइ रोजगारीमा जान लागेको रकम पुर्ताल गर्न खर्चिनुपर्ने देखिन्छ । यो विडम्बनापूर्ण तथ्यमाथि अर्थशास्त्री र श्रमविज्ञहरूको कुरा त परै जाओस्, सरकारले समेत ध्यान दिएको छैन । अधिकांश अर्थशास्त्रीले रेमिट्यान्सलाई ‘ग्ल्यामराइज’ मात्रै गरे । थोरै आम्दानीका लागि गर्नु परेको महँगो लगानीमाथि बहस नहुँदा शून्य लागतमा केन्द्रित हुन सकेको छैन । मलेसिया र खाडी मुलुकबाट आउने रेमिट्यान्स निकै महँगो पर्छ । हुन पनि विश्वमै रेमिट्यान्स भित्र्याउन महँगो लगानी गर्ने क्षेत्रमा नेपालसहित दक्षिण एसिया क्षेत्र पर्छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माको भनाइमा रेमिट्यान्सका लागि गरिने महँगो लगानीका कारण अपेक्षित आम्दानी वैदेशिक रोजगारबाट भइरहेको छैन । “दक्षिण एसिया महँगोमा रेमिट्यान्स भित्र्याउने क्षेत्रमा पर्छ, त्यसभित्र नेपाल झन् अगाडि देखिन्छ,” शर्मा भन्छन्, “नेपालले रोजगारदाता देशसँगको श्रम सम्झौता कडा नहुँदा महँगो भएको हो ।” अझ नेपाली दूतावासले रोजगारदाता कम्पनीसँग डिल गर्नै सक्दैनन् । अध्ययनअनुसार नागरिकता, राहदानी बनाउने तथा अन्य खर्चमा करिब १० हजार, प्रस्थान गर्नुअघिको करिब ३ महिने अवधिमा काठमाडौँ आउजाउ गर्दाको यातायात, खाना र बसाइ, लत्ताकपडा, टेलिफोन र आवश्यक कागजातको खर्च करिब ५० हजार हाराहारी हुन्छ । दुई वर्षपहिले श्रमविज्ञ गणेश गुरुङ टोलीको एक अनौपचारिक अध्ययनअनुसार ती मुलुकमा जाने कामदारले एक वर्षको कमाइ बराबरको रकम यस्तै खर्चमा सकेका हुन्छन् । गुरुङ भन्छन्, “७० हजारदेखि २ लाखसम्म त म्यानपावर कम्पनीले नै रकम लिएका हुन्छन्, यी सबै खर्च हिसाब गर्दा खाडी र मलेसिया गएका कामदारले एक वर्षको कमाइ विदेश जाँदा लिएको ऋण तिर्दैमा सकिन्छ ।” त्यसरी हेर्दा, खाडी तथा मलेसियामा जाने कामदारको खास आम्दानी ओभरटाइममै भर पर्ने गरेको छ । वैदेशिक रोजगारमा जाने युवाले नागरिकता र राहदानी बनाउनदेखि सुरु भएको खर्च भिसा हात पर्दासम्म लाखभन्दा बढी भइसकेको हुन्छ । भिसाका लागि काठमाडौँ आउजाउ, स्थानीय एजेन्ट र म्यानपावर कम्पनीलाई बुझाउने शुल्कलगायतको खर्चले रेमिट्यान्सलाई महँगो बनाएको हुन्छ । म्यानपावर कम्पनीलाई ७० हजारदेखि २ लाखसम्म बुझाउने गर्छन् । बर्सेनि करिब ३ लाख ५० हजार कामदार खाडी तथा मलेसियामा कामका लागि जाने गरेका छन् । एक कामदारले रोजगारीमा जान गरेको खर्च १ लाख ५० हजार रुपैयाँ मान्दा करिब ५२ अर्ब ५० करोड रुपैयाँ हुन्छ । त्यसमा कामदारले लिएको रकमको ब्याज जोड्दा झनै महँगो पर्छ । श्रमविज्ञ सरु जोशीको भनाइमा वैदेशिक रोजगारीमा जानेहरूले साहूसँग महँगो दरमा रकम ब्याजमा लिनुपर्दा पनि लागत महँगो पर्छ । “कतिपय अवस्थामा त ६० प्रतिशतसम्म ब्याजदर लिएको देखिएको छ,” जोशी भन्छिन्, “त्यही दरमा हिसाब गर्ने हो भने खर्च रकम झनै बढ्छ ।” महँगो रेमिट्यान्सको हिसाबसँगै जोडिएर आउँछ, म्यानपावरबाट बाहिरिने रकमको हिस्सा । तत्कालीन रोजगार प्रवर्द्धन आयोगको अध्ययन मात्र होइन, व्यवसायी तथा विज्ञहरूको भनाइमा ‘डिमान्ड लेटर’ का लागि म्यानपावर कम्पनीले कमिसनबापत खर्चिने रकमको हिस्सा पनि महँगो छ । कतारका लागि पूर्वराजदूत कोइरालाको विश्लेषणमा म्यानपावर कम्पनीले ‘डिमान्ड लेटर’ का लागि ४/५ सय अमेरिकी डलरसम्म कमिसन दिन्छन्, जुन रकम हुन्डीमार्फत जाने गरेको श्रमविज्ञ गुरुङको भनाइ छ । यसरी हेर्दा पनि कामदार कोटाका लागिसमेत रोजगारदाता देशका म्यानपावर एजेन्टलाई तिर्नुपर्ने पैसाको रूपमा रेमिट्यान्स विभिन्न बाटोबाट उतै फर्किन्छ । म्यानपावर कम्पनीले विदेशी एजेन्टलाई दिने कमिसनको हिस्सा पनि निकै ठूलो हुन्छ ।अहिले पनि एउटा भिसाका लागि कम्तीमा ४ सय ५० डलर कमिसनको हिसाबमा म्यानपावर कम्पनीबाट विदेश गएका करिब ३ लाख कामदारको डिमान्ड लेटरका लागि १३ करोड ५० लाख डलर अर्थात् करिब १४ अर्ब ८५ करोड रुपैयाँ कमिसनबापत रकम विदेशिन्छ । यति मात्रै पीडादायी तथ्यांक छैन नेपालसँग । गत वर्ष मात्रै विदेशका काम गर्दा मृत्यु भएका र अलपत्र परेका कामदारका लागि करिब ६२ करोड ३६ लाख रुपैयाँभन्दा बढी रकम खर्चिनु परेको छ । यस्तो खर्च निरन्तर बढ्दो छ । ठाँटबाँट चर्को… Continue reading नेपालीको रेमिट्यान्स : आधा कमाइ दलाललाई, बाँकी साहूलाई | नेपाल

स्वास्थ्य

कोरोना महामारी व्यवस्थापन क्षमता कसको कति ?

कोरोनाको संख्या बढिरहेका वेला स्पेन सरकारले सबै प्राईवेट अस्पताल र स्वास्थ्य सेवासंग सम्बन्धित सबै सेवालाई राष्ट्रियकरण गरेर उपचारलाई सहज पारेको थियो ।

खाध्य सुरक्षा, स्वास्थ्य

कोरोनाको कहर : खाना र स्वास्थ्य विकासमा लाग्न कठोर संदेश

अन्य उधोगधन्दा नभए पनि खासै फरक नपर्ने तर खाना र उपचारको विकल्प नहुँदा मानिसले तत्काल मृत्यू वरण गर्नुपर्दोरहेछ भनेर जानियो ।

सम्पादकीय

अब हामी माहुरी भएका छौं

अब हामी माहुरी भएका छौं | किनभने महको खोजीमा निस्केका माहुरी र रेमिट्यान्स भित्र्याउने परदेशीको बिचमा हामीले धेरै समानता पाएका छौं । प्रकाशनको समयमै हामी दोधारमा थियौं कि परदेशी वा माहुरी; कुन नाम ठिक होला! त्यहि भएर नै परदेशीको प्रतिक चिन्हमा शुरुदेखि नै माहुरी अंकित रहेको छ। वास्तवमा सबैभन्दा कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको… Continue reading अब हामी माहुरी भएका छौं

दिगो विकास, सम्वृद्धि

सम्वृद्धि : समस्याहरुको निरन्तरता र निरासाको वादल

कार्यालय कक्षको धुलो, दुर्गन्धित शौचालय र खाजा खाने चमेना गृहको सुधार त्यहाँ कार्यरत कर्मचारीकै इमान्दार प्रयास काफी हुन सक्छ। बिद्ध्यार्थी नेताले रत्नपर्कमा देश बनाउने भाषण गर्नुभन्दा सरासर गएर ऊ पढने क्याम्पसको बिजोग सौचालय बनाउन थाल्नु पर्छ।

दिगो विकास, सम्वृद्धि

सम्वृद्धि : उम्लिएका समस्याहरु र पोखिन लागेको जनविश्वास

नगरपालिकामा बसेको बहानामा गरिव जनतालाई विना पूर्वाधार राज्यले कर असुल गरेर प्रशासनिक खर्चमा लगाउनु अपराध हो

दिगो विकास, सम्वृद्धि

यी कुराहरु गणतन्त्रमा पनि उस्तै छन, सम्वृद्धि त परै जावस !

काठमाण्डौंको ब्यस्त सडकमा ट्राफिक प्रहरी तिरस्कृत पंचायती शासनदेखि नै टिर्रर्रर्र टिर्रर्रर्र सिट्ठि फुक्दै गणतन्त्रसम्म आईपुगेका छन। उनीहरुको दिनचर्या नियमित झैं धुलो र ट्राफिकको भिडसँग सिंगौरी खेल्नु थियो। आजभन्दा करिव २५-३० बर्ष अघि निकृष्ट भनिेएको निर्दलीय पंचायती व्यवस्थाले ट्राफिक प्रहरीलाई सडकमा बटुवा र सवारी नियन्त्रयण गर्न खटाउँथ्यो। नेपालमा धेरै परिवर्तनको कुरा भए! संघिय गणतन्त्रसम्म आइसक्दा पनि… Continue reading यी कुराहरु गणतन्त्रमा पनि उस्तै छन, सम्वृद्धि त परै जावस !

बैदेशिक रोजगारी, ब्रेक्जीट

थ्री डी कामको वास्तविकता र दक्षताको टालो

विश्वमा रहेका कुनै पनि विज्ञले तोकिएका विभिन्न क्षेत्रहरु मध्येबाट सत्तरी अंक आर्जन गर्न सकेको खण्डमा दक्ष जनशक्तिका रुपमा वेलायत भित्रन पाउने भएका छन। उक्त कुरा यहाँ स्थित होम अफिसद्वारा हालै जारि गरिएको सूचनामा जनाईएको छ। दक्ष जनशक्ति भित्र्याउने भनेर सन २००२ देखि २००८ सम्म वेलायतले यस्तै खाले अंकमा आधारित आप्रवासी नीति संचालनमा ल्याएको थियो। तर… Continue reading थ्री डी कामको वास्तविकता र दक्षताको टालो

बिशेष रिपोर्ट, ब्रेक्जीट

ब्रेक्जिट : वेलायत र युरोपियन युनियन बिच सहयात्राको डिभोर्स

वेलायत युरोपियन युनियनसंगको करिव सतचालीस बर्षको सहयात्राबाट अलगिंदै छ । ब्रेक्जिट त्यसैको परिणाम हो । ब्रेक्जिट मुलत: आप्रवासी नियन्त्रण गर्ने नारा र अठोटको उत्कर्षमा पुगेको थियो तर निस्कने दिन नजिकिंदै जाँदा आप्रवासी भित्र्याउने पक्ष सहित निष्कर्षको नजिक आईपुगेको छ । पटक पटक सर्दै आएको ब्रेक्जिटको तिथि यसपटक भने ३१ जनवरी २०२० मै हुने गरी वेलायत… Continue reading ब्रेक्जिट : वेलायत र युरोपियन युनियन बिच सहयात्राको डिभोर्स

अनुदान-सहयोग

नेपालमा एमसीसी र बिआरआईको भिडन्त हुने !

यतिखेर नेपाल एमसीसीको बहसमा विभाजित छ। खासगरी  एमसीसी कार्यक्रम लागु भएमा अमेरिकी सरकारले नेपाललाई प्रदान गर्ने अनुदान पचास अर्ब रुपैयाँ गुमाउने कि नगुमाउने भन्ने कुरा र अमेरिकी इण्डोप्यासिफ़िक रणनीतिमा विस्तारै नेपाल फस्ने, अमेरिकी र चाईनिज स्वार्थको भिडन्तमा नेपाल पिडित बन्न पुग्ने जस्ता कुराहरु उठाएर एमसीसीको बहसलाई निकै तताईएको छ। सम्झौतामा उल्लेख भए अनुसार एमसीसीको कार्यक्रम… Continue reading नेपालमा एमसीसी र बिआरआईको भिडन्त हुने !

बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

बैदेशिक रोजगारी : महसुस नै नगरिएका बिकराल समस्याहरु

बिदेशबाट श्रम गरेर पठाएको आम्दानीको अपचलन लगायत श्रीमान श्रीमती नै गुमाउनु परेको धेरै घटना छन । अदालतमा बढदै गएका छोडपत्रको चाङ्ग, अलपत्र बालबालिका र बुढाबुढि, मानसिक रोगी र आत्म हत्याका घटना पनि त्यति नै बिकराल छन् । देशभित्र कामगर्ने सक्रिय जनशक्तिको अभाव छ । बैदेशिक रोजगारीबाट उत्पन्न सामाजिक, आर्थिक र प्रसाशनिक समस्या यति बिकराल छ कि त्यसको समाधानमा अहिलेको कुनै पनि प्रयास पर्याप्त छैन, त्यस्ता चुनौती र अवसरका बारेमा निरन्तर भईरहनु पर्ने अध्ययन अनुसन्धान र सुधारका कार्यक्रम शुन्य छन । राज्यले रेमिट्य़ान्स गुमाउने दिन पनि आउन सक्छ । पैसामात्र सबैथोक होईन, खुशी र कल्याणका बिषय पनि संस्थागत हुँदै जानु पर्छ ...

दिगो विकास

भूमण्डलीकरण राम्रो हो, तर असान्दर्भिक सूचीहरु थपिएकोले परिणाम नराम्रा देखिए

अहिलेको व्यवस्थाबाट फाइदा लिईरहेको समुदाय बलियो छ र उसको हात र साथबाट बिकासको प्रतिफल गरिवको हातमा पुर्र्याउन लक्षित गरियो भने त्यो समुदाय – अदृश्य हात (Invisible hand) ले – राज्यलाई नै चुनौती दिन शुरु गर्दछ ।

बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

मृत्युसम्मको त्रासदीमा रेमिट्यान्स खेति: यस्ता छन तीन प्रसंग

प्रसङ्ग एक हाम्रो थप जिज्ञासामा उनले थपेका थिए- सबैभन्दा पहिले मरिन्छ कि बाँचिन्छ भन्ने मनमा आयो, त्यसपछि यसरि नै परदेशिएकाहरुको घरवार बिछोड भएको, पठाएका पैसो हिनामिना हुनुको साथै लिएको ऋण फर्काउन नसकेको, बाबु- आमा र वालबच्चाले दुख पाएका कुराहरु सम्झेर आङमा जिरिङ्ग जिरिङ्ग काँडा उम्रन्थ्यो र सोच्थ्यें- यदि त्यस्तै अवस्था ममाथि पनि आईपर्र्यो भने म… Continue reading मृत्युसम्मको त्रासदीमा रेमिट्यान्स खेति: यस्ता छन तीन प्रसंग

शुभकामना

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीको शुभकामना सन्देश

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्री | फोटो सौजन्य : नेपाली रादूतावास राजदूतावासबाट हामीलाई प्राप्त PDF पत्रको सक्कल massage-ambassadorDownload Link : https://nepalimigrantshome.files.wordpress.com/2020/01/massage-ambassador.pdf शुभकामना सन्देशको पूर्णपाठ सर्वप्रथम नयाँ वर्ष २०२० को शुभ र सुखद उपलक्ष्यमा वेलायतमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, सुस्वास्थ्य, समृद्धि र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त… Continue reading संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीको शुभकामना सन्देश

शुभकामना

सफलताको लागि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको शुभकामना संदेश

कुमार पन्त (अध्यक्ष) अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघ । फोटो : गैरआवासीय नेपाली संघको वेव्साईट सक्कल प्रति, यो लिंकमा हेर्नुहोस nrn-president-kumar-panta-paradeshi-message-Download शुभकामना संदेशको पूर्ण पाठ श्री जगदिश वाग्लेज्यू, सम्पादक, परदेशी विधुतिय पत्रिका । मितिः २० पौष, २०७६ । बिषयः शुभकामना । महोदय, नेपालको अर्थतन्त्रको मरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीका बिषयहरुलाई समेट्नेगरि विधुतिय पत्रिका “परदेशी”… Continue reading सफलताको लागि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको शुभकामना संदेश

शुभकामना

एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष पुनम गुरुङ | फोटो सौजन्य : वहाँ स्वयम् शुभकामना ! सबभन्दा पहिला त प्रवासी तथा गैरआवासीय नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर सुचनामुलक अनलाइन पोर्टल परदेशी वी ब्लग (नेपाली माइग्रेन्ट्स) सञ्चालनमा आउन लागेको थाहा पाउँदा मलाई निकै खुशी लागेको छ । यस अनलाइनमा आबद्ध श्री जगदिश वाग्लेसहित सिंगो टिमलाई हार्दिक… Continue reading एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश

बैदेशिक रोजगारी, Uncategorized

बैदेशिक रोजगारीलाई यसरि व्यवस्थित गराउन सकिन्छ

के नेपाल सरकार बैदेशिक रोजगारीलाई यसरि व्यवस्थित गराउन तत्पर छ? नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको कुरा तथ्यांकहरुले देखाएकै छन। विश्वमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने दशवटा देश भित्र नेपाल पर्दछ। अहिलेको कुल गार्हस्थ उत्पादनको झन्डै ३४ प्रतिशत राष्ट्रिय आम्दानीको श्रोत बैदेशिक रोजगारी अर्थात रेमिट्यान्स नै हो। सम्बृद्ध नेपाल बनाउनका लागि चाहिने आम्दानीका भरपर्दा श्रोत पनि बैदेशिक रोजगारी… Continue reading बैदेशिक रोजगारीलाई यसरि व्यवस्थित गराउन सकिन्छ

खाध्य सुरक्षा, जलवायु परिवर्तन, प्रजातन्त्र र मानवाधिकार, बैदेशिक रोजगारी

प्रकाशनको भिडमा परदेशी किन आयो?

रेमिट्यान्सले धानिएको अर्थतन्त्रमा परदेशिहरु सबैभन्दा धेरै मरिएका छन भने कृषि प्रधान देशमा किसानले उखुको मूल्य लिन सडकमा अमिलो मुख लगाएर नूनिलो आँशु पिउनु परेको छ...

खाध्य सुरक्षा

प्रवासिहरुमा खाध्य सुरक्षाको दयनीय अवस्था

आफ्नो वासस्थान छाडेर अन्यत्र सर्नुको मुख्य कारणहरुमा गरिवी, अवसरको खोजी र सुरक्षा पर्दछन। गरिवी नै खाध्य असुरक्षाको कारण पनि हो। स्थानान्तरण भईसके पछिको अवस्थामा सिर्जना हुने समस्याहरु जस्तै नयाँ समाज, चालचलन, पैसाको अभाव, आउँदा ल्याएको ऋण चुक्ता गर्नुपर्ने समस्या आदि कारणहरुले गर्दा परदेशीले पर्याप्त मात्रामा आफ्नो खाने कुरामा ध्यान दिन सकिरहेका हुँदैनन। सकेसम्म त खाना… Continue reading प्रवासिहरुमा खाध्य सुरक्षाको दयनीय अवस्था

बैदेशिक रोजगारी

ब्रेक्जीट : परदेशिहरुलाई पर्न सक्ने असर

वेलायतमा हालै सम्पन्न आम निर्वाचन-२०१९ को परिणामले सरकारलाई ब्रेक्जीटमा जाने बाटो सहज गरिदिएको छ। अत्यधिक बहुमत ल्याएर कन्जरभेटिभ (टोरी) पार्टिले सरकार बनाउन सफल भयो। त्यसोत, तल्लो सदनमा आफ्नो बहुमत रहेको सरकारले युरोपियन युनियनबाट बाहिर निस्कने (Withdrawal bill) विल बहुमतले पारित गरिसकेको छ र अब अनुमोदित त्यस विललाई सरकारले माथिल्लो सदन कमन्समा पेश गर्नेछ। साथसाथै जनवरीको… Continue reading ब्रेक्जीट : परदेशिहरुलाई पर्न सक्ने असर

खाध्य सुरक्षा, जलवायु परिवर्तन, बैदेशिक रोजगारी

जलवायु परिवर्तन : पानीको खोजीमा बसाईँ सर्नु पर्ने वाध्यता

प्रवासिनु पर्ने अबको कारण जलवायु परिवर्तन हुनेछ, जलवायु परिवर्तनकै कारण बैदेशिक रोजगारी र खाध्य सुरक्षाका क्षेत्रले समेत प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ने अवस्था आउँदैछ । गएको जुन महिनामा राजस्थान, दिल्लीको तापाक्रम एक्कासी ४८ देखि ५० डिग्रिसम्म पुग्यो। खेतीपाती सुके, चौपाया मर्न थाले, मानिसलाई पिउने पानी कै अभाव भयो। यहि कारणले कैयौं गाउँवासिहरुलाई आफ्नो वासस्थान छाडेर सुरक्षित… Continue reading जलवायु परिवर्तन : पानीको खोजीमा बसाईँ सर्नु पर्ने वाध्यता

सम्पादकीय

माहुरी, किसान र परदेशी

हामीले यो डिजिटल म्यागाजिनको परिकल्पना प्रतिविम्वित हुने प्रेरणाको श्रोत माहुरी (Bee)लाई ठान्यौं। किनभने, सबैभन्दा कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको अनुपम यथार्थ हुन- माहुरीहरु र तिनको समाज! अनगिन्ति चुनौतिहरुको सामना गर्दै दूर-दुर पार गरेर घार (Hive) मा मह निकाल्ने माहुरीबाट विश्वभरका मानिसले सिक्न सक्ने धेरै कुराहरु छन। माहुरी आफ्ना ईमान्दार परिश्रमबाट आर्जित श्रोत घारमा भित्र्याएर… Continue reading माहुरी, किसान र परदेशी

प्रजातन्त्र र मानवाधिकार

के हो गैह्र नागरिक भनेको?

प्रजातन्त्र र मानवाधिकारका अन्तराष्ट्रिय मान्यताहरुले गैह्र नागरिकको हक अधिकार स्थापित गर्न सकेको छ? स्वदेशमा रहँदा नागरिकका हैशियत रहेको ब्यक्ति भौगोलिक सिमाना छाडेर अर्को देशमा जाने वित्तिकै उसको हैशियत गैह्र-नागरिक हुने गरेको छ। गैह्र-नागरिक त्यस्तो अवस्था हो जसका अधिकारहरु सिमित हुन्छन। नागरिकसंग राजनैतिक अधिकार रहन्छ भने गैह्र-नागरिकसँग त्यस्तो अधिकार रहदैन भनिएको छ। ती अधिकारहरुमा मताधिकारको अधिकार, श्रम… Continue reading के हो गैह्र नागरिक भनेको?

सम्पादकीय

प्रवासिएको अर्थतन्त्र : महत्व र चुनौती

व्यक्तिका लागि परदेशको अनुभव आँफैमा अविस्मरणीय प्रेरणादायी हुन्छ र त्यो कुरा नीति निर्माताहरुको नजरमा पनि महत्वपूर्ण हुनुपर्दछ। परदेशमा गएकाहरुको रोजगारी र तिनीहरुले पठाएको आम्दानिबाट सम्बन्धित मुलुकले आर्थिक संवृद्धिको सुनौले अवसर पाएको हुन्छ भने विदेशका मानिसहरुलाई आफ्नो श्रम बजारमा भित्र्याउने मुलुकले सस्तो मूल्यमा श्रम किन्ने अवसर पाएको हुन्छ जसले गर्दा स्थानिय बजारमा बस्तुभाउको मूल्य बढन पाउँदैन।… Continue reading प्रवासिएको अर्थतन्त्र : महत्व र चुनौती

नेपाल भ्रमण बर्ष

नेपाल भ्रमण बर्ष २०२० : खै पर्यटक भित्र्याउने पूर्वाधार

थोरैको संख्यामा भित्रिएका पर्यटकहरुले पनि राम्रो अनुभव लिएर फर्कन सके भने त्यहि अनुभवले नेपालको पर्यटन ब्यावसायको बिकास र स्थायित्वमा निकै ठूलो भूमिका खेल्न सक्छ। तर भ्रमणमा आएकाहरूमा नराम्रो अनुभव रह्यो भने त्यसको असर के हुन्छ? विश्वका राम्रा, सुन्दर र मितव्ययी ठाउँ छाडेर पर्यटकहरु किन नेपाल आउने? नेपाल सरकारको कार्यक्रम भएकोले आउनु पर्ने हो वा सुन्दरता,… Continue reading नेपाल भ्रमण बर्ष २०२० : खै पर्यटक भित्र्याउने पूर्वाधार