बैदेशिक रोजगारी

कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

सीता शर्मा कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । आइतबार अर्थात् ३० अगस्ट २०२० का दिन यी विषय समेटिएका दुई कानुनमा कतारका अमिरले हस्ताक्षर… Continue reading कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

एनआरएन, बैदेशिक रोजगारी

नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

सीता शर्मा काठमाडौँ, भदौ १५ गते । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैङ्कको उद्घाटन गर्नुभयो । मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण… Continue reading नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

बैदेशिक रोजगारी, सम्वृद्धि

महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था

प्रेमलकुमार खनाल नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषण आप्रवाहको योगदान औसत २५ प्रतिशत रहेको आर्थिक सर्वेक्षण २०७६÷०७७ मा उल्लेख गरिएको छ । विप्रेषण रकम भनेको देशभित्र रोजगारीका अवसर नहुँदा कामको खोजीमा जाने नेपाली श्रमिकले विदेशमा श्रम गरेर बचत गरेको रकम हो । तर, अहिले कोरोनाका कारण विदेशमा काम गर्न गएका ती श्रमिक सबैभन्दा बढी समस्यामा परेका छन् । नेपालबाट… Continue reading महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था

सम्पादकीय

अब हामी माहुरी भएका छौं

अब हामी माहुरी भएका छौं | किनभने महको खोजीमा निस्केका माहुरी र रेमिट्यान्स भित्र्याउने परदेशीको बिचमा हामीले धेरै समानता पाएका छौं । प्रकाशनको समयमै हामी दोधारमा थियौं कि परदेशी वा माहुरी; कुन नाम ठिक होला! त्यहि भएर नै परदेशीको प्रतिक चिन्हमा शुरुदेखि नै माहुरी अंकित रहेको छ। वास्तवमा सबैभन्दा कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको… Continue reading अब हामी माहुरी भएका छौं

साहित्य

परदेशी छोराको सन्देश | कथा

बाबा, आमा !म अहिले नर्कमा छु । धरतीमा मैले गरेका कूकर्मको लागि दश वर्ष नर्कमा बिताउनु पर्दोरहेछ । त्यसपछि स्वर्ग छिर्ने मेरो बाटो क्लियर हुनेछ । त्यस पछिको पाँच वर्ष मैले स्वर्गमा परीक्षण भीसामा रहनु पर्छ । अनि बल्ल, मलाई स्वर्गको ग्रीन कार्ड प्राप्त हुने छ... ...पुरा पढनुहोस

शुभकामना

एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष पुनम गुरुङ | फोटो सौजन्य : वहाँ स्वयम् शुभकामना ! सबभन्दा पहिला त प्रवासी तथा गैरआवासीय नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर सुचनामुलक अनलाइन पोर्टल परदेशी वी ब्लग (नेपाली माइग्रेन्ट्स) सञ्चालनमा आउन लागेको थाहा पाउँदा मलाई निकै खुशी लागेको छ । यस अनलाइनमा आबद्ध श्री जगदिश वाग्लेसहित सिंगो टिमलाई हार्दिक… Continue reading एनआरएन युकेका अध्यक्ष पुनम गुरुङद्वारा परदेशीको सफलताको लागि शुभ कामना संदेश

समाचार

एनआरएन यूके अध्यक्षद्वारा परदेशी को सफलताको लागि शुभकामना

अध्यक्ष पुनम गुरुङ प्रवासी तथा गैरआवासीय नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर निकाल्न लागिएको सूचना मुलक अनलाइन 'परदेशी' को खबरले आफु खुसि भएको कुरा एनआरएन यूके अध्यक्ष पुनम गुरुङले बताउनु भएको छ। समस्त 'परदेशी' टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष गुरुङले- 'वर्तमान सुचनाको युगमा इन्टरनेटको विकास एवं बिस्तारले सिंगो संसार नै एउटा… Continue reading एनआरएन यूके अध्यक्षद्वारा परदेशी को सफलताको लागि शुभकामना

खाध्य सुरक्षा, जलवायु परिवर्तन, प्रजातन्त्र र मानवाधिकार, बैदेशिक रोजगारी

प्रकाशनको भिडमा परदेशी किन आयो?

रेमिट्यान्सले धानिएको अर्थतन्त्रमा परदेशिहरु सबैभन्दा धेरै मरिएका छन भने कृषि प्रधान देशमा किसानले उखुको मूल्य लिन सडकमा अमिलो मुख लगाएर नूनिलो आँशु पिउनु परेको छ...

सम्पादकीय

माहुरी, किसान र परदेशी

हामीले यो डिजिटल म्यागाजिनको परिकल्पना प्रतिविम्वित हुने प्रेरणाको श्रोत माहुरी (Bee)लाई ठान्यौं। किनभने, सबैभन्दा कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको अनुपम यथार्थ हुन- माहुरीहरु र तिनको समाज! अनगिन्ति चुनौतिहरुको सामना गर्दै दूर-दुर पार गरेर घार (Hive) मा मह निकाल्ने माहुरीबाट विश्वभरका मानिसले सिक्न सक्ने धेरै कुराहरु छन। माहुरी आफ्ना ईमान्दार परिश्रमबाट आर्जित श्रोत घारमा भित्र्याएर… Continue reading माहुरी, किसान र परदेशी

शुभकामना, समाचार

नेपाली राजदूत महामहिम सुवेदीबाट सफलताको कामना

वेलायतका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्री | फोटो सौजन्य : नेपाली राजदूतावास, वेलायत वेलायत | संयुक्त अधिराज्य (वेलायत)का लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीले परदेशी डिजिटल म्यागाजिन_ब्लगको सफलताको लागि शुभकामना सन्देश पठाउनु भएको छ। साथै वहाँले "नयाँ वर्ष २०२० को शुभ र सुखद उपलक्ष्यमा वेलायतमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा… Continue reading नेपाली राजदूत महामहिम सुवेदीबाट सफलताको कामना

सम्पादकीय

प्रवासिएको अर्थतन्त्र : महत्व र चुनौती

व्यक्तिका लागि परदेशको अनुभव आँफैमा अविस्मरणीय प्रेरणादायी हुन्छ र त्यो कुरा नीति निर्माताहरुको नजरमा पनि महत्वपूर्ण हुनुपर्दछ। परदेशमा गएकाहरुको रोजगारी र तिनीहरुले पठाएको आम्दानिबाट सम्बन्धित मुलुकले आर्थिक संवृद्धिको सुनौले अवसर पाएको हुन्छ भने विदेशका मानिसहरुलाई आफ्नो श्रम बजारमा भित्र्याउने मुलुकले सस्तो मूल्यमा श्रम किन्ने अवसर पाएको हुन्छ जसले गर्दा स्थानिय बजारमा बस्तुभाउको मूल्य बढन पाउँदैन।… Continue reading प्रवासिएको अर्थतन्त्र : महत्व र चुनौती