खाध्य सुरक्षा, बिशेष रिपोर्ट, सम्वृद्धि

यसरि कसरि धानिन्छ देश ?

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको रोकथामका लागि लकडाउन जेठ २० गतेसम्मका लागि थपेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो सम्बन्धि निर्णय गरेको हो। नेपालमा चैत्र ११ गतेदेखि लक डाउन गरिंदै आएको छ । लकडाउन थप्ने सरकारी निर्णयसंगै आधारभूत सेवा सुविधालाई कसरी निरन्तर राख्न सकिन्छ  भनेर रणनिति अवलम्वन गर्न जरुरि थियो तर 'लकडाउन… Continue reading यसरि कसरि धानिन्छ देश ?

खाध्य सुरक्षा, जलवायु परिवर्तन

खाध्य वाली उत्पादनमा मौसमी जोखिमको क्यालेण्डर

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा, मार्चदेखि जुन महिनासम्म सुख्खा र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृतिक प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ...

खाध्य सुरक्षा, जलवायु परिवर्तन, प्रजातन्त्र र मानवाधिकार, बैदेशिक रोजगारी

प्रकाशनको भिडमा परदेशी किन आयो?

रेमिट्यान्सले धानिएको अर्थतन्त्रमा परदेशिहरु सबैभन्दा धेरै मरिएका छन भने कृषि प्रधान देशमा किसानले उखुको मूल्य लिन सडकमा अमिलो मुख लगाएर नूनिलो आँशु पिउनु परेको छ...

सम्पादकीय

माहुरी, किसान र परदेशी

हामीले यो डिजिटल म्यागाजिनको परिकल्पना प्रतिविम्वित हुने प्रेरणाको श्रोत माहुरी (Bee)लाई ठान्यौं। किनभने, सबैभन्दा कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको अनुपम यथार्थ हुन- माहुरीहरु र तिनको समाज! अनगिन्ति चुनौतिहरुको सामना गर्दै दूर-दुर पार गरेर घार (Hive) मा मह निकाल्ने माहुरीबाट विश्वभरका मानिसले सिक्न सक्ने धेरै कुराहरु छन। माहुरी आफ्ना ईमान्दार परिश्रमबाट आर्जित श्रोत घारमा भित्र्याएर… Continue reading माहुरी, किसान र परदेशी

सम्पादकीय

प्रवासिएको अर्थतन्त्र : महत्व र चुनौती

व्यक्तिका लागि परदेशको अनुभव आँफैमा अविस्मरणीय प्रेरणादायी हुन्छ र त्यो कुरा नीति निर्माताहरुको नजरमा पनि महत्वपूर्ण हुनुपर्दछ। परदेशमा गएकाहरुको रोजगारी र तिनीहरुले पठाएको आम्दानिबाट सम्बन्धित मुलुकले आर्थिक संवृद्धिको सुनौले अवसर पाएको हुन्छ भने विदेशका मानिसहरुलाई आफ्नो श्रम बजारमा भित्र्याउने मुलुकले सस्तो मूल्यमा श्रम किन्ने अवसर पाएको हुन्छ जसले गर्दा स्थानिय बजारमा बस्तुभाउको मूल्य बढन पाउँदैन।… Continue reading प्रवासिएको अर्थतन्त्र : महत्व र चुनौती