खाध्य सुरक्षा, जलवायु परिवर्तन

खाध्य वाली उत्पादनमा मौसमी जोखिमको क्यालेण्डर

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा, मार्चदेखि जुन महिनासम्म सुख्खा र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृतिक प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ...

बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

बैदेशिक रोजगारी : महसुस नै नगरिएका बिकराल समस्याहरु

बिदेशबाट श्रम गरेर पठाएको आम्दानीको अपचलन लगायत श्रीमान श्रीमती नै गुमाउनु परेको धेरै घटना छन । अदालतमा बढदै गएका छोडपत्रको चाङ्ग, अलपत्र बालबालिका र बुढाबुढि, मानसिक रोगी र आत्म हत्याका घटना पनि त्यति नै बिकराल छन् । देशभित्र कामगर्ने सक्रिय जनशक्तिको अभाव छ । बैदेशिक रोजगारीबाट उत्पन्न सामाजिक, आर्थिक र प्रसाशनिक समस्या यति बिकराल छ कि त्यसको समाधानमा अहिलेको कुनै पनि प्रयास पर्याप्त छैन, त्यस्ता चुनौती र अवसरका बारेमा निरन्तर भईरहनु पर्ने अध्ययन अनुसन्धान र सुधारका कार्यक्रम शुन्य छन । राज्यले रेमिट्य़ान्स गुमाउने दिन पनि आउन सक्छ । पैसामात्र सबैथोक होईन, खुशी र कल्याणका बिषय पनि संस्थागत हुँदै जानु पर्छ ...

दिगो विकास

भूमण्डलीकरण राम्रो हो, तर असान्दर्भिक सूचीहरु थपिएकोले परिणाम नराम्रा देखिए

अहिलेको व्यवस्थाबाट फाइदा लिईरहेको समुदाय बलियो छ र उसको हात र साथबाट बिकासको प्रतिफल गरिवको हातमा पुर्र्याउन लक्षित गरियो भने त्यो समुदाय – अदृश्य हात (Invisible hand) ले – राज्यलाई नै चुनौती दिन शुरु गर्दछ ।

खाध्य सुरक्षा

कृषि प्रधान देशमा गरिमा धानको कथाले बोकेको ब्यथा

प्राय: सबै ठाउँमा अनियमितताको जालो बुन्न र सुन्न पाईने नेपालमा यस बर्ष धान खेतीमा पनि त्यस्तै भएको छ। किसानलाई सिफारिस गरिए अनुसार गरिमा जातको हाइब्रिड धान भनेर चितवन, रौतहट, नवलपरासी, नुवाकोट, लम्जुङ, गोरखा र तनहुँमा लगाएको बिउ नक्कली मात्रै देखिएन किसानहरु प्रतिफल विहिन हुनुपर्ने अवस्था आयो। खासगरी, गरिमा जातको भनिएको उक्त  हाइब्रिड धान १ सय… Continue reading कृषि प्रधान देशमा गरिमा धानको कथाले बोकेको ब्यथा

खाध्य सुरक्षा, जलवायु परिवर्तन, प्रजातन्त्र र मानवाधिकार, बैदेशिक रोजगारी

प्रकाशनको भिडमा परदेशी किन आयो?

रेमिट्यान्सले धानिएको अर्थतन्त्रमा परदेशिहरु सबैभन्दा धेरै मरिएका छन भने कृषि प्रधान देशमा किसानले उखुको मूल्य लिन सडकमा अमिलो मुख लगाएर नूनिलो आँशु पिउनु परेको छ...

सम्पादकीय

माहुरी, किसान र परदेशी

हामीले यो डिजिटल म्यागाजिनको परिकल्पना प्रतिविम्वित हुने प्रेरणाको श्रोत माहुरी (Bee)लाई ठान्यौं। किनभने, सबैभन्दा कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको अनुपम यथार्थ हुन- माहुरीहरु र तिनको समाज! अनगिन्ति चुनौतिहरुको सामना गर्दै दूर-दुर पार गरेर घार (Hive) मा मह निकाल्ने माहुरीबाट विश्वभरका मानिसले सिक्न सक्ने धेरै कुराहरु छन। माहुरी आफ्ना ईमान्दार परिश्रमबाट आर्जित श्रोत घारमा भित्र्याएर… Continue reading माहुरी, किसान र परदेशी