सम्पादकीय

माहुरी, किसान र परदेशी

अत्यन्त सिमित श्रोत र साधनका वावजुद पनि असल कर्मको नियतिबाट ओतप्रोत हुँदै “परदेशी” डिजिटल म्यागाजिन अन्तत: प्रकाशित भएको छ। यतिखेर “परदेशी” तपाईको हात र साथमा छ। तपाईंले यस कार्यमा हामीलाई गर्नु भएको सहयोग प्रति हामी सँधै आभार रहने छौं, त्यसैले यहाँहरु धन्यवादको पात्र हुनुहुन्छ।

हामीले यो डिजिटल म्यागाजिनको परिकल्पना प्रतिविम्वित हुने प्रेरणाको श्रोत माहुरी (Bee)लाई ठान्यौं। त्यसका दुईवटा कारणहरु छन। सबैभन्दा कुशल संगठन, उत्पादकत्व, परिश्रम र मेलमिलापको अनुपम यथार्थ हुन- माहुरीहरु र तिनको समाज! अनगिन्ति चुनौतिहरुको सामना गर्दै दूर-दुर पार गरेर घार (Hive) मा मह निकाल्ने माहुरीबाट विश्वभरका मानिसले सिक्न सक्ने धेरै कुराहरु छन। माहुरी आफ्ना ईमान्दार परिश्रमबाट आर्जित श्रोत घारमा भित्र्याएर मीठो मह निकाल्ने प्रेरणादायी महान कर्मयोगी हो। दोश्रो, तर, आफैले उत्पादन गरेको महमा उसको तजविज चल्दैन।

अनि अर्को प्रेरणा पात्र किसान पनि हुन। विश्वकै आठ अरव मानिसलाई खानेकुराको उत्पादन गर्ने किसान सबैभन्दा निरिह र उपेक्षित छ; यिनको स्वामित्वमा जमिन छैन। किसानको उखुको रस खाने कुतकारीहरु समाजको सबैभन्दा निरिह भूमिपुत्र माथि नै ‘स्वतन्त्रता’ को प्रवचन दिने मठाधिस भएका छन। हेक्का रहोस, यौटा युद्ध प्रमुख हुन वा भौतिकशास्त्री वा अर्वपति नै किन नहुन, तिनीहरुको दुई छाक किसानले नजुटाई दिने हो भने ती शक्तिशालीहरुले सबैभन्दा पहिले अनुभूति गर्ने मनोविज्ञान भनेको अकाल मृत्यू नै हो। महान कृषि र किसानको अवमुल्यन न्यायिक समाजको कलङ्क हो। 

Image : ashraful-haque-akash-MuiC_cZL80Q-unsplash

किसान र माहुरीको कथाभन्दा खासै फरक छैन- परदेशबाट रेमिट्य़ान्स पठाउने परदेशीहरुको। मुलत: हामीले कर्मयोगी आवाज विहिन प्रवासीहरुको अवाज र योगदानलाई कदर गर्ने जमर्को स्वरुप यो प्रयासको थालनी गरेका हौँ। आज राज्यकै कारण विश्वमा लाखौँ मानिसहरु घरवार विहिन पारिएका छन; परिवार विहिन पारिएको छ, अवसरबाट बन्चित गरिएको छ र त्यतिमात्र होईन तिनै माथि चर्को दमन र शोषण पनि थोपरिएको छ। मानिसले मानिसलाई मानिसको व्यवहार नगरेर जात, धर्म, आस्था र क्षमताको आधारमा पक्षपातपूर्ण अमानाविता थोपरिका छन। दवावले शरणार्थी भएको होस वा अवसरको खोजीमा परदेशिएको किन नहोस, यसमा राज्यको नियति निर्णायक छैन र! अहिले विश्वमा देखिएको मानविय संकट चाहे त्यो पर्यावरणको माध्यमबाट देखिएको होस वा गरिवी र असमानताको पराकाष्टाबाट देखिएको नै किन नहोस, यो सम्पूर्ण नियति र परिणाममा राज्य पक्षको निर्णय नै मुख्य कारण होईन र! यदि त्यसो नहुँदो हो भने स्कुले वालवालिकाहरुको मानव सागरले आफ्नो भविष्य जोगाई दिन विश्वका नेताहरुलाई एकै थलोमा “तिमीहरुको यत्रो हिम्मत (how dare you)” भन्दै भौतिक संसार होईन, मानाविताको रक्षा गर, भनेर ललकार्नु पर्ने थिएन।

जिर्ण सडकमा कुर्लन सिकाएर गरिवीको भोको पेटमा अन्नले वास गर्दैन। गरिविको बन्धनबाट मुक्त हुन पाएको क्षण नै वास्तविक स्वतन्त्रता हो।”

त्यसैले अब नाफा होईन खुसी अगाडि आउनु पर्छ। नाफा निर्दयी र अन्धो हुन्छ। त्यहि भएर होला आज प्रेमको सागरमा पनि नाफै खोज्ने काम भएको छ। आजको उपलब्धि जोगाउन पनि सकारात्मक सोचको आवश्यकता भएको छ; अन्यथा हामी माझ देखिएको मानव सहयोगी यी प्रविधि र उन्नतिले मानिसलाई नै सिद्ध्याएर जाने निश्चित छ। आज गरिएका कर्मको दुस्परिणाबाट भोलिको सन्ततिलाई विनासको त्रासमा धकेल्ने अधिकार कसैलाई छैन। हामीले प्रयोग गरेको आजको विश्व भोलिको पुस्ताबाट सापट लिईएको ठान्दै त्यसलाई बिगारेर होइन सपारेर तिनै अधिकारवाला पुस्तालाई फिर्ता दिनुपर्छ भन्ने मान्यता प्रवल हुन जरुरि छ। बिकासको नाममा पानीका मुहानहरु सुकाउने अधिकार अब कसैको हुनुहुन्न। जल, जमिन र पर्यावरण माथिको निर्मम प्रहार बिकास होईन; मानव सभ्यताको बिनास हो।

प्रकृतिको त्यहि नि:शुल्क उपहारको निर्मम दोहन गरेर सिमित ठाउँमा थुपारिएको असिमित पूँजी आम मानिसको अधिकार र स्वतन्त्रताको बन्धनको कारण पनि हुनुहुँदैन। कल्याणकारी दर्शनका ज्ञाता अमरत्य सेनले भने झैँ – गरिविको बन्धनबाट मुक्त हुन पाएको क्षण नै वास्तविक स्वतन्त्रता हो। यसपछि जिन्दगि र समाजको हरेक बन्धनबाट मानव जातिले आफु स्वतन्त्र रहेको महसुस गर्न सक्ने छ। त्यसैले एक बटुको खानाको जोहो नगरी खालि पेटमा समाजका निरिह प्राणीहरुलाई आगोको चिराग बोकाएर जिर्ण सडकमा कुर्लन लगाउनु झन अन्याय हो। अनि, टी. एम. स्क्यानलनले भनेका छन- आर्थिक असमानताका कारण सिमित कुतखोरीहरुले आम मानिसको जीवनमा नियन्त्रण गर्न सक्ने असिमित स्वेच्छाचारीता पाउनेछन। अझै अगाडि बढेर उनले के भनेका छन भने- आर्थिक असमानताले राजनैतिक पद्धति र आर्थिक संस्थाहरुको स्वतन्त्रताको अस्तित्वलाई पनि उपेक्षा गर्न थाल्दछ।  

बिकासको नाममा पानीका मुहानहरु सुकाउने अधिकार अब कसैको हुनुहुन्न। जल, जमिन र पर्यावरण माथिको निर्मम प्रहार बिकास होईन; मानव सभ्यताको बिनास हो।

त्यसोत, समाज नै असमान छ। कर्मै नगरिकन जन्मने वित्तिकै असमान आर्थिक हैषियतमा समाजको सदस्य बन्नु पर्ने जुन कारण र नियति छ त्यो रहुन्जेल समानताको कुरा गर्नु वेकार छ। त्यसैले भौतिक शरीरको अन्त पस्चात पनि सुन्दर प्रेरणादायी जीवन जिउन सकिन्छ भनेर मानिसलाई ज्ञान हुने हो भने शायद दुनियालाई हेर्ने दृष्टिकोणमा भौतिकभन्दा कल्याणको मात्रा धेरै हुनेछ। यो विधि नै समाज निर्माणको शास्त्र हुन आवश्यक छ। किनभने आजका समस्याको कारण नै मानिसको अमानविय क्रियाकलाप हो, जुन नियन्त्रण भित्र रहन आवश्यक छ।

केहिछिन रोकिएको कर्मयोगी माहुरि कै कुरामा जाउँ। अनि, पोलिनेटर (Pollinators) को रुपमा क्रियाशील भएर माहुरीले खाध्य सुरक्षा (Food Security) र पर्यावरणीय सन्तुलनको क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्दै आएको छ। त्यसैले मे महिनाको २० तारिखका दिनलाई विश्वभर माहुरी दिवस (Bee Day) का रुपमा मनाउने गरिएको छ। हाम्रो अध्ययनको रुचिको बिषय समावेशी समतामूलक आर्थिक वृद्धि, मानव कल्याण, क्षमताको अभिवृद्धि, पर्यावरण र खाध्य सुरक्षाको सवालमा जोडन सकिने माहुरीको प्रसङ्ग अझ प्रेरणादायी हुन जानेछ। खाध्य सुरक्षाको सवालमा एउटा प्रसङ्ग पनि जोडौं; नेपालले धान निर्यात गर्थ्यो तर आर्थिक उदारिकरणसंगै खाधान्न आयात गर्न थालेको छ। विश्वमा खाध्य सुरक्षाका हिसावले नेपाल निकै जोखिम युक्त मुलुकको कोटिमा पर्दछ। त्यसैले परदेशी, किसान र माहुरी हाम्रा लागि प्रेरणाका श्रोत हुन भन्ने लागेको छ।

दिगो विकासको लक्ष (Sustainabl Development Goal) ले पहिलो पटक प्रवासीहरुको योगदानलाई महत्वपूर्ण श्रोतका रुपमा पहिचान गरेको छ। यसै सन्दर्भमा हामीलाई लाग्यो- अब मह खोज्न निस्केका माहुरिहरुको गाथा लेखिनु पर्छ र संदेश सुन्नु पर्छ। “परदेशी” डिजिटल म्यागाजिन (हाललाई ब्लग) त्यसैको प्रयास हो।

हामीलाई मनमा आएको थियो कि- प्रकाशन पूर्व प्रस्ताव गरिएको नाम “परदेशी” लाई प्रतिस्थापित गर्दै सन्देश मूलक प्रतिनिधि शब्द “माहुरी” को चयनबाट यो डिजिटल म्यागाजिनको शुरुवात गर्ने हो कि! त्यस्तै “परदेशी” को सट्टा ‘परदेश’ पनि ठिकै हुने सुझाव छ। जे होस, समयको पावन्दी र पत्राचार भईसकेको अवस्थालाई मध्ये नजर गर्दै हाम्रो जन्म “परदेशी” बाटै भएको छ तर यसको न्वारान गराउने वेलामा नाम परिवर्तन गराउन नसकिने भने होईन। त्यसैगरी, म्यागाजिनको प्रस्तावित लोगोको क्रस एरोको बिचमा माहुरीको प्रतिकात्मक चित्र रहने छ। “परदेशी” डिजिटल म्यागाजिनको परिचय र जानकारी यिनै कुराहरुबाट हुनेछ भन्ने हाम्रो विश्वास छ।

प्रकाशनको सफलताको कामना गरेर हामीलाई हौसला प्रदान गरिदिनु हुने वेलायतका लागि नेपाली महामहिम रादूत लगायत सबैमा हार्दिक नमन गर्दछौं। राय सुझाव दिएर साथ दिनुहुने सम्पूर्ण आत्मनहरू प्रति धन्यवाद ज्ञापन गर्दछौं।

साथै परदेशीको पहिलो अंक पढे पछि तपाईंले के महसुस गर्नु भयो? कृपया हामीलाई तलको कमेण्ट बक्समा सुझाव दिनुहोला। तपाईंको सुझावले यो डिजिटल म्यागाजिनको सुधारमा योगदान पुग्नेछ। 

सम्पर्क गर्न नभुल्नुहोला। 

सामाजिक संजालमा पनि आवद्ध हुनुहोस: ट्विटर || फेसबुक ||

धन्यवाद

१४ जनवरी २०२० 

परदेशिहरु राष्ट्रको धन हुन। धनको सम्मान गरौँ, दुरुपयोग हुन नदिऊँ!   

परदेशीले तपाईको मनको कुरा बोल्दछ त्यसैले सुझाव, प्रतिक्रिया, लेख रचना पठाउन नभुल्नुहोला।

आफ्नो ईमेल मार्फत परदेशीको सदस्यता लिएर प्रकाशित सामाग्रीहरु नियमित रुपमा पाउन सकिने छ। सामाजिक संजालबाट पनि फलो गर्न सकिने छ।

Feature Image: Photo by Andrew Neel on Unsplash

लिंकहरु

मनन योग्य सार

“समाज नै असमान छ। कर्मै नगरिकन जन्मने वित्तिकै असमान आर्थिक हैषियतमा समाजको सदस्य बन्नुपर्ने जुन कारण र नियति छ त्यो रहुन्जेल समानताको कुरा गर्नु वेकार छ। त्यसैले अब मानिसले आफ्नो मृत्युको बारेमा जान्न जरुरि छ।

“गरिविको बन्धनबाट मुक्त हुन पाएको क्षण नै वास्तविक स्वतन्त्रता हो। यसपछि जिन्दगि र समाजको हरेक बन्धनबाट मानव जातिले आफु स्वतन्त्र रहेको महसुस गर्न सक्ने छ। त्यसैले एक बटुको खानाको जोहो नगरी खालि पेटमा समाजका निरिह प्राणीहरुलाई आगोको चिराग बोकाएर जिर्ण सडकमा कुर्लन लगाउनु झन अन्याय हो।

“हेक्का रहोस, यौटा युद्ध प्रमुख हुन वा भौतिकशास्त्री वा अर्वपति नै किन नहुन, तिनीहरुको दुई छाक किसानले नजुटाई दिने हो भने ती शक्तिशालीहरुले सबैभन्दा पहिले अनुभूति गर्ने मनोविज्ञान भनेको अकाल मृत्यू नै हो। महान कृषि र किसानको अवमुल्यन न्यायिक समाजको कलङ्क हो। 


आउनुहोस, आपसमा मिलेर केहि गरौँ



आगामी आकर्षण


परदेश मानिसको ईच्छाले हुनुपर्ने हो, न कि वाध्यताले

वातावरणमा देखिएको संकटले प्रवासीहरुको अवस्थामा पर्न सक्ने प्रभाव

आप्रवासिहरुमा खाध्य सुरक्षा (Food security) को अवस्था

के हो गैह्र नागरिक (non-citizen) भनेको? प्रजातन्त्र र मानवाधिकारका अन्तराष्ट्रिय मान्यताहरुले गैह्र नागरिकको हक अधिकार स्थापित गर्न सकेको छ?

नेपालले बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र दीगो बनाउन के गर्नु पर्छ ?

प्रवास (माईग्रेसन- migration) बारेको जानकारी सहित परदेशमा नेपालीहरुको अवस्था

लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको शुभकामना मन्तब्य

आदि बिषय समेटेर ‘परदेश’को पहिलो परिचयात्मक अंक छिट्टै प्रकाशित हुँदैछ।

ईमेल मार्फत यस म्यागाजिनको सदस्यता लिन नभुल्नुहोला; यस म्यागाजिनको प्रकाशित हुनेबित्तिकै तपाईं (सदस्यहरु) को इमेलमा पठाईने छ । तपाईको सहयोग, सुझाव र प्रतिक्रियाले यस म्यागाजिनलाई स्तरिय सूचनामुलक बनाउन
सहयोग मिल्नेछ । धन्यवाद



सदस्यता लिनका लागि

Get new content delivered directly to your inbox.

हालै प्रकाशित अन्य बिचार बिश्लेषण


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s