कुराको चुरो

घिसिङको सक्रियता

बिद्ध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीय बासिन्दाले निर्माणमा गरेको अवरोध हटाउन छलफलमा जुटेका छन्। आगामी वैशाखभित्र प्रसारण लाइनको निर्माण सक्ने लक्ष्य रहेको छ। स्मरण छ कि- काठमाण्डौँमा बिध्युताका तारहरु जमिनमुनि गाढने राम्रो कामको थालनी भईसकेको छ। #कुलमानघिसिङ पाठक/सदस्य बन्नुहोस

कुराको चुरो

जो चोर उसकै ठुलो स्वर

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफुविरुद्ध झुटो आरोप लगाएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्ज्ती मुद्दा दायर गराएका छन्। अचम्म त के छ भने बाँस्कोटाले "आफ्नो आवाज" अनुमति बिना रेकर्ड गरेको भन्दै आएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो… Continue reading जो चोर उसकै ठुलो स्वर

कुराको चुरो

ओलीलाई आफ्नै बोलीको गोलि

प्रधानमन्त्री के पी ओली यतिखेर संकटको घेरामा चेपिन पुगेका छन्। खासगरी पछिल्लो समय संचारमन्त्रि गोकुल बास्कोटाको घुस प्रकरणमा प्रधानमन्त्रि स्वयंले चोख्याउन खोजेको बोली, बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संबिधान संशोधन गर्न चालिएको सुनियोजित चाल र ओलीको जन्मदिनमा नेपालको नक्सारुपी केकलाई काटेर खाएको नमिठो सामन्ती तामझामले उनी झन् अलोकप्रिय बनेका हुन्। त्यसो त पार्टिका बरिष्ट नेता एवं पूर्व… Continue reading ओलीलाई आफ्नै बोलीको गोलि

कुराको चुरो

देउवाको समिति : मर्ने वेलामा कमिलाको पुच्छर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल यहि फाल्गुन १९ गते सकिदै छ तर उनी विभागहरु गठन गर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्भावित सदस्यहरुको नाम दिन भनेका छन् । तर पौडेलले अधिवेशन गर्न दवाव दिंदै नाम नदिने बताएका छन्। हराएको प्रतिपक्ष झैँ आवाजहीन पारिएको कांग्रेसका संगठनहरु अहिलेसम्म पूर्ण गरिएका छैनन्। कार्यकाल सकिनु अघि हतारोमा समितिहरु गठन… Continue reading देउवाको समिति : मर्ने वेलामा कमिलाको पुच्छर

कुराको चुरो, स्वास्थ्य

नेपालमा पनि कोरोनाको करुणा

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ। डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ। यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् । डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा… Continue reading नेपालमा पनि कोरोनाको करुणा

कुराको चुरो

नेपाल आमालाई केक बनाएर नाखाउ

नेकपाकि केन्द्रिय सदस्य अष्टलक्ष्मी शाक्यले सार्वजनिक रुपमा प्रधानमन्त्रि केपी वलीको भडकिलो जन्मोत्सव प्रति कटाक्ष गर्दै भनेकी छन - जन्मोत्सवमा केक नकाटनुस, त्यसमा पनि नेपालको नक्साको केक काटेर खानु आमालाई खानु बरावर हो। बरु बत्ति बाल्नुस, ननिभाउनुस ताकि भविष्यका लागि उज्यालो खोजिएको मानियोस। शाक्यले यसो भन्दैगर्दा ठुलो संख्यामा उपस्थित कार्यकर्ताले उफ्रीउफ्री ताली लगाएका थिए भने कार्यक्रममा… Continue reading नेपाल आमालाई केक बनाएर नाखाउ

अनुदान-सहयोग, कुराको चुरो

श्रीलंकाले एमसीसी लागु नगर्ने

अमेरिकासंग गरिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पुनरावलोकन गर्न गठित समितिको सिफारिस अनुसार श्रीलंकाको मन्त्रि परिषदले हालकै अवस्थामा सो सम्झौता लागु नगर्ने निर्णय गरेपछि विवाद टु‌ंगोमा पुगेको छ। श्रीलंकाको पुनरावलोकन समितिले भनेको छ: 'सम्झौताका केहि परिच्छेदहरुले श्रीलंकाको संविधान र कानूनको उल्लंघन गर्छन्। राष्ट्रिय सुरक्षा तथा आर्थिक र सामाजिक क्रियाकलापमा खलल पुग्छ । अनि देशको स्वतन्त्रता… Continue reading श्रीलंकाले एमसीसी लागु नगर्ने