परदेशीका कुरा

विभिन्न कारणले विदेश गएका परदेशीहरुको चुनौती, गतिविधि, योगदान, सम्मान र अधिकारका कुराहरुलाई महत्वपूर्ण सूचीमा राखेर प्रकाशित गर्न लागिएको परदेशी डिजिटल म्यागजिन (Beta . ब्लग ) मा यहाँहरुलाई हार्दिक स्वागत छ।

अर्थ: एक ठाउँबाट अर्को ठाउँमा बसाईं सरेर जानेहरुलाई प्रयोग गरिने शब्दहरु हुन- परदेशी, पराई, प्रवासी, आप्रवासी, यायावर आदि। अंग्रेजीमा migration, immigration, emigration, refugees जस्ता शब्दहरु प्रचलनमा छन। वास्तवमा आफ्नो बसोवासको स्थान छाडेर बाहिर जानेहरु प्रवासी (migrants) हुन। यस्तो कार्य स्वेच्छाले, दवावमा परेर, आन्तरिक वा वाह्य जुनसुकै तवरमा पनि हुनसक्छ। त्यसरी बाहिर गएकाहरु मध्ये सदाको लागि जानेहरु emigration र अस्थायी रुपमा गएकाहरु immigration अन्तरगत  पर्दछन। अत: बाह्य देशमा गएका तर स्थायी वसोवास वा emigrants हुनको लागि आधिकारिकता प्राप्त भई नसकेको अवस्था (जस्तै ग्रीन कार्ड, पीआर वा आईएलआर पाउनुभन्दा अगाडि) का समूहहरु immigrants हुन। अनि, जो करकाप, दवाव वा वाध्यताले बाहिरिएका हुन्छन तिनीहरु शरणार्थी refugees हुन। यिनै प्रवासीहरुको समूहलाई यायावर (diaspora) भनेर बुझ्न सकिन्छ। अहिले नेपाली परदेशीहरुको डायस्पोरा निकै ठूलो भएको छ र त्यो डायस्पोराले दुख, सुख, आशा, निराशाको आफ्नै कथा व्यथा बोकेके छ; ईतिहास बनाएको छ । जुन कुरा सुन्नुपर्छ; सुनाउनु पर्छ। ओरालो तिर मात्रै बग्ने पानिको स्वाभाव झैं मानिस पनि शहर तिर मात्रै सर्न खोज्दछ। तर शहर सोचे जस्तो नहुन पनि सक्छ।

परिभाषा: संयुक्त राष्ट्र संघले भने अनुसार “जुन मानिस आफु बसोवास गरि आएको स्थानबाट विभिन्न कारणले गर्दा अन्तराष्ट्रिय सीमाना बाहिर वा भित्र बसाईं सर्दछ” भने त्यो नै प्रवासी हो। यसरि सर्नुपर्ने कारणहरु आर्थिक (काम, माम र दामका लागि), सामाजिक (धार्मिक, आस्था वा विश्वास), राजनैतिक (द्वन्द्व, राजनैतिक आस्था, प्रतिशोध/पूर्वाग्रह) र  प्राकृतिक (भुकम्प, बाढि-पहिरो, सुख्खा खडेरी) जे पनि हुन सक्छन। आस्थाका आधारमा दवावमा परेर गरिने प्रवासलाई शरणार्थी Refugee भन्ने गरिन्छ- बाहिर जाने नेपालीहरुमा यी सबै बिशेषता भेटन सकिन्छ।

A migrant as any person who is moving or has moved across an international border or within a State away from his/her habitual place of residence, regardless of (1) the person’s legal status; (2) whether the movement is voluntary or involuntary; (3) what the causes for the movement are; or (4) what the length of the stay is.” – The UN Migration Agency (IOM)

प्रवासका बारेमा चित्रले अझ प्रष्ट पार्ने छ:

Image: author | Concept the UN

योगदान: विश्वको जनसंख्या ७.७ खर्ब रहेकोमा परदेशीहरुको संख्या नै २२ करोड ७० लाख (विश्व जनसंख्याको ३.५ प्रतिशत) रहेको छ। सन २०१८ मा विश्व भर ६८९ अर्ब अमेरिकन डलर रेमिट्यन्स परिचालित भएको थियो जसमध्ये निम्न र मध्यम आय भएका मुलुकले ५२९ अर्ब भित्र्याउन सफल भएका थिए। विश्वबाट गरिवी कम हुनुमा रेमिट्यन्सको सबैभन्दा ठूलो भुमिका रहेको छ। रेमिट्यान्स भनेकै परदेशीहरुको श्रम वापत प्राप्त भएको आम्दानि हो। धेरै रेमिट्यान्स भित्र्याउने देशहरुमा पर्दछ नेपाल। कुल राष्ट्रिय आयको झण्डै ३४ प्रतिशत त रेमिट्यान्सबाटै आर्जन गरेको नेपालले परदेशिहरुलाई गर्ने ब्यवहार कस्तो छ (सम्पादकीय पनि)? परदेशिहरुबाट श्रमको निर्यात र आयात गर्ने दुवै मुलुकले मनग्गे लाभ हासिल गरिरहेकै छन। तर यदाकदा जन्म भूमिमा ‘देश छाडेको’ र कर्म भूमिमा ‘विदेशी’ भनेर परदेशीहरुको योगदानलाई कम आंकलन गर्ने गरिएको मात्र होईन देश विहिनहरुको अर्थमा बुझ्ने गरेको पनि पाईञ्छ। त्यसैले होला परदेशीहरुलाई गैह्र नागरिक (Non-citizen) मानेर अधिकांश मुलुकमा त प्रजातान्त्रिक मताधिकारको हकबाट समेत बन्चित गरिँदै आएको छ


ईमेलमा परदेशीको पछिल्लो गतिविधि पाउनका लागि


विश्वको दिगो आर्थिक वृद्धिका लागि संयुक्त राष्ट्र संघले पनि परदेशीहरुको अपरिहार्यतालाई जोड दिएकोछ; परदेशीको हक अधिकारको कुरालाई व्यवस्थित गर्न सबैमा आह्वान गरेको छ; सुधार गर्नका लागि सबैले चासो लिनु राम्रो हो। संयुक्त राष्ट्र संघले ‘कसैलाई पनि पछाडि नछाडौँ’ (Leave no one behind) भन्ने मुल नाराका साथ सन २०३० सम्म विश्वबाटै गरिवी र भोकमरी हटाउन दिगो विकासको सत्रवटा लक्ष तय गरेको छ। यस कार्यक्रमले पहिलो पटक प्रवासीहरुको योगदानलाई दिगो विकासको लागि महत्वपूर्ण श्रोतका रुपमा पहिचान गरेको छ। सत्रवटा लक्ष रहेको दिगो बिकास कार्यक्रमको दशौँ लक्ष को लक्षित नम्बर सातमा यसबारे ऊल्लेख गरिएको छ। यो साझा अभियानमा नेपालले पनि प्रतिवद्धता जनाएको छ। उक्त अभियानमा परदेशीहरुको योगदानले महत्वपूर्ण भूमिका खेल्न सक्नेछ; खासगरी लगानीको क्षेत्रमा। यो भूमिकालाई प्रभावकारी बनाउन नेपाल सरकारको व्यवहारमा भरपर्दछ। यस अर्थमा परदेशीहरु राष्ट्रको धन हुन (सम्पादकीय पढनुहोस)। राष्ट्रको धनको उचित मूल्यांकनबाट मात्र सम्वृद्धिलाई चुम्न सकिन्छ। सम्वृद्धिको अवसरबाट कसैलाई काखा र पाखा नपारौं, धरती र प्रकृतिका उपहारहरु सबैका साझा हुन भन्ने विचारका साथ परदेशी प्रकाशित भएको छ।

‘परदेशी’को सामाग्री श्रोतको आधार अनुसन्धानलाई बनाइने छ। परदेशिमा प्रकाशित सामाग्रीहरु अनुसन्धान मुलक तथ्यमा आधारित सत्य हुने भएकोले अध्ययनमा प्रयोग भएका सामाग्री – श्रोतहरुको लिंक प्रदान गरिएको छ। यसबाट पाठकहरुलाई रोचक लागेको प्रसंगमा थप अनुसन्धान गर्न सघाउ पुग्ने कुरा विश्वास गरिएको छ। ‘परदेशी’ ले ‘फेक न्यूज’‘अल्ट्राक्रेपीडारियनीजम’ (Ultracrepidarianism- जानकारी नभएको बिषयमा बहस गर्ने काम)मा पनि विश्वास गर्दैन भनेर प्रिय पाठकलाई आश्वस्त पार्नु नै मुख्य लक्ष हुनेछ । अत: यसमा पोष्ट गरिने सामाग्रीहरु तथ्यमा आधारित सत्य हुनेछन; अनि संख्यामा भन्दा गुणात्मक पक्षमा जोड रहनेछ। त्यसैले ‘परदेशी’ पाठकको बुझाईमा फरक हुनसक्छ।

परदेशमा गएका नेपालीहरुको मिश्रित आवाज, पहिचान र अधिकारलाई ‘परदेशी’ले प्रतिनिधित्व गर्ने जमर्को गरेको छ। ‘परदेशी’ले तपाईको मनको कुरा बोल्दछ त्यसैले सुझाव, प्रतिक्रिया, लेख रचना पठाउन नभुल्नुहोला। आफ्नो ईमेल मार्फत परदेशीको सदस्यता लिनुहोस, यसरि तपाईले परदेशीमा प्रकाशित सामाग्रीलाई नियमित रुपमा ईमेल मार्फत पाउन सक्नुहुनेछ। परदेशी डिजिटल म्यागजिनलाई सामाजिक संजालबाट पनि फलो गर्न सकिने छ: ट्विट्टर फ़ेसबूक

हामीले गरेको खोज र तथ्य भन्दा फरक केहि पाउनु भएको छ भने हामीलाई तलको कमेन्ट बक्समा लेखि पठाई दिनुहोला। जसले गर्दा परदेशीलाई झन गुणस्तरिय बनाउन सहयोग पुग्नेछ। अथवा यो सामाग्री पढेपछि तपाईले प्रवासी बारे बुझ्न मद्धत मिल्यो कि मिलेन त्यसबारे पनि लेखि पठाउनु होला। धन्यवाद !

Logo: Paradeshi Digital Magazine_Blog

परदेशी निर्माणकै अवस्थामा रहेको छ।प्रस्तुत सामाग्री र डिजाईन नमुनाको लागि हो।ईमेल मार्फत सदस्यता लिएर हेर्दै रहनुहोला, छिट्टै प्रकाशित हुँदै छ, प्रतिक्षाको लागि धन्यवाद !

———————————-हालैका पोष्टहरु—————————————————


बैदेशिक रोजगारी बिशेष ———————————————————

एनआरएन यूके अध्यक्षद्वारा परदेशी को सफलताको लागि शुभकामना

प्रवासी तथा गैरआवासीय नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर निकाल्न लागिएको सूचना मुलक अनलाइन ‘परदेशी’ को खबरले आफु खुसि भएको कुरा एनआरएन यूके अध्यक्ष पुनम गुरुङले बताउनु भएको छ। समस्त ‘परदेशी’ टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष गुरुङले- ‘वर्तमान सुचनाको युगमा इन्टरनेटको विकास एवं बिस्तारले सिंगो संसार नै एउटा गाउँ जस्तै भएको… Continue reading एनआरएन यूके अध्यक्षद्वारा परदेशी को सफलताको लागि शुभकामना

एनआरएन अध्यक्षबाट सफलताको कामना

गैर आवासीय नेपाली संघ नेपाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले अर्थतन्त्रको मरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीका बिषयहरुलाई समेट्ने लक्ष लिएर प्रकाशित हुन लागेको “परदेशी” को खबरले आफु अत्यन्तै हर्षित भएको जानकारी दिंदै यसको सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको छ। वहाँले उक्त शुभकामना सन्देशमा व्यवस्थित, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी संघको उदेश्य रहेको व्यहोरा… Continue reading एनआरएन अध्यक्षबाट सफलताको कामना

नेपाली राजदूत महामहिम सुवेदीबाट सफलताको कामना

वेलायत | संयुक्त अधिराज्य (वेलायत)का लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीले परदेशी डिजिटल म्यागाजिन_ब्लगको सफलताको लागि शुभकामना सन्देश पठाउनु भएको छ। साथै वहाँले “नयाँ वर्ष २०२० को शुभ र सुखद उपलक्ष्यमा वेलायतमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, सुस्वास्थ्य, समृद्धि र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त” गर्नुभएको छ। यसै अवसरमा “परदेशी’… Continue reading नेपाली राजदूत महामहिम सुवेदीबाट सफलताको कामना

अष्ट्रेलियाको खेल मैदान नै रणभूमिमा परिणत

अष्ट्रेलिया, सिड्नी । अष्ट्रेलियाली नेपाली समाजबीच लोकप्रिय, सबैभन्दा पुरानो र पहिलो लिग भनेर दाबी गरिएको गोर्खा नेप्लिज कम्यूनिटीले आयोजना गर्दै आएको जीएनसी लिगको खेलमैदानमै दुईपक्ष आक्रमणमै उत्रिएका छन् । यो सिजनमा पनि गोर्खालीको कार्यक्रम रणभूमिमा परिणत भएको छ ।  आइतबार दिउँसो सञ्चालित लिग अन्तर्गत क्याम्सी फुटबल क्लब र गोर्खा स्पर्स नामका दुई नेपाली समूदायका क्लबबीचको… Continue reading अष्ट्रेलियाको खेल मैदान नै रणभूमिमा परिणत

Loading…

Something went wrong. Please refresh the page and/or try again.

———————————सम्पादकीय बिशेष ——————————————–


—————————बिचार बिश्लेषण वर्गिकरण ————————————-

‘परदेशी’को सदस्यताको लागि ———————————————————————————

Get new content delivered directly to your inbox.

फलो गर्नुहोस

प्रेरक वाणिहरु

आगामी अंकमा अपडेट गरिने छ

रेमिट्यान्सका कारण गरिवी घटेको देखाउँदा रेमिट्यान्सकै कारण समाजमा देखिएका नकारात्मक पक्षहरुलाई घटाऊने सोच र उपायको प्रयोग नभएसम्म त्यस्तो संमृद्दि समतामूलक हुन सक्दैन ।

सिमान्त . Marginal

बोल्ने कुराभन्दा पनि गरिबीको बन्धनबाट मुक्त हुन सक्ने अवसरलाई नै ‘स्वतन्त्रता’ को अर्थमा बुझ्नु पर्दछ। त्यसैगरी बिकासको लक्ष आर्थिक वृद्धि त हो, तर त्योभन्दा धेरै दीगो कल्याण र क्षमताको बिस्तार हो।

सिमान्त . MARGINAL

अहिलेसम्म जे जस्ता समस्या देखिएका छन ती सबै राज्यद्वारा विगतमा अवलम्बन गरिएका नीतिहरुको परिणाम हुन। त्यसैले समस्या समाधानका लागि त्यस्ता मान्यता नै परिवर्तन हुन आवश्यक छ।

सिमान्त . MARGINAL

आउनुहोस, केही गरौँ


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s