नेपाल-भारत सम्बन्ध

नेपालीले भारतमा स्वाधिनता दिएका थिए

भारतले नेपालको प्रजातन्त्र स्थापनामा सघाएको हो भने नेपालीले भारतमा राजनितीक र सैनिक सहयोग गरेर स्वाधिनता दिएका थिए

  • रामनारायण देव

भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) हरूले करिब दुईसय वर्षसम्म राज गरे । सन् १८५६ ई मा सिपाही विद्रोहदेखि सशक्तरूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो । भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीहरूले गरेको व्रिद्रोहलाई सिपाही विद्रोह भनी चिनिन्छ । यसलाई दबाउन अङ्गे्रज सरकारले नेपाली शासकसित सहयोग मागे । सोही बमोजिम तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको नेतृत्वमा नेपाली फौज लड्न गए । दुवैतर्फका धेरै सिपाहीका साथै आमजनता भिडन्तमा मारिए । दुवै पक्षबीच महिनौँसम्म भिडन्त हुँदा पनि अङ्गे्रज शासक पराजित भएनन् ।

त्यसपछि पनि भारतीय जनता अङ्गे्रज शासकविरुद्ध आन्दोलनरत थिए । सन् १९२१ मा अफ्रिकाबाट महात्मा गान्धी फर्किएपछि आन्दोलनले तीव्ररूप लियो । उहाँको नेतृत्वमा ‘नमक सत्याग्रह’, विदेशी वस्त्र बहिष्कार आन्दोलन भए तर पञ्जाबको अमृतसरनजिकै जालियानावाला बागमा अङ्गे्रज फौजले निर्दोष भारतीय जनतामाथि अन्धाधुन्ध गोली चलाई मारे । त्यहाँ रगतको आहाल देखेर महात्मा गान्धी विरक्त भए । त्यसको केही महिनापछि १९४२ अगस्त ८ मा बम्बईमा भारतीय राष्ट्रिय काँग्रेसको सम्मेलन बोलाई त्यसमा अङ्ग्रेज शासकविरुद्ध कडारूपमा आन्दोलन गर्ने निर्णय गरे । त्यसलाई भारत छोडो आन्दोलनको नाम दिई “गर या मर” भन्ने नारा अघि सारे । त्यही महिनाको १५ तारिखदेखि सम्पूर्ण भारतमा अङ्गे्रजविरुद्ध सशक्त आन्दोलन सुरु भयो । सरकारी कार्यालय, संस्थानहरू, रेल कम्पनी तथा सम्पूर्ण यातायात क्षेत्र ठप्प पारियो । रेलका लाइन सडक तोडफोड गरी अवरुद्ध पु¥याइयो । अङ्ग्रेजका सिपाहीमाथि अन्धाधुन्ध आक्रमण गरियो । भारतभर आन्दोलनले उग्ररूप लियो ।

त्यसपछि अङ्गे्रज शासकले आन्दोलनकारी नेता र कार्यकर्तालाई धमाधम गिरफ्तार गर्न थाले । महात्मा गान्धी, जवाहरलाल नेहरू, डा. राजेन्द्रप्रसाद, जयप्रकाश नारायण, डा. राममनोहर लोहियालगायत उच्च तहका नेता गिरफ्तारीमा परे । तिनीहरूलाई पटना, हजारीबाग, छपरा, लखनउ, दिल्ली, कानपुर जस्ता जेलमा राखे । भारतमा अध्ययनरत नेपालीहरू जो भारतीय स्वतन्त्रता आन्दोलनमा लागेका थिए, तिनीहरू पनि गिरफ्तार भए ।

त्यस सिलसिलमा बी.पी. कोइराला, मनमोहन अधिकारी, सूर्यप्रसाद उपाध्याय, सुन्दरराज चालिसे, भद्रकाली मिश्र, श्यामानन्द मिश्र, कुशेश्वर पाठक, कृष्णप्रसाद भट्टराई, देवीप्रसाद सापकोटालाई गिरफ्तार गरी विभिन्न जेलमा राखियो । बी.पी. कोइरालालाई हजारीबाग जेलमा नै राखे । त्यहीँ डा. राजेन्द्रप्रसाद, राम अनुग्रह सिंह जस्ता ठूला नेता पनि बन्दी बनाइएका थिए । सूर्यप्रसाद उपाध्यायलाई चाहिँ लखनउ जेलमा बन्दी बनाइएको थियो, जहाँ जवाहरलाल नेहरू र किदबई भन्ने नेतालाई पनि सँगै राखिएको थियो । यसरी भारतमा अध्ययन र कामको सिलसिलामा बस्ने सयौँ नेपालीका साथै दार्जिलिङ्, आसाम र देहरादुनका प्रवासी नेपाली पनि भारतीय स्वतन्त्रता आन्दोलनमा लागेका थिए । भारत छोडो आन्दोलनले उग्ररूप लिन थालेपछि अङ्गे्रज शासक कडारूपमा प्रस्तुत भई ठाउँ–ठाउँमा कफ्र्यु लगाउन थाले । यसैबीच भारतीय समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया तथा सुरजनारायण सिंहहरू हजारीबाग जेलमा बन्दी अवस्थामा रहेकाले तिनीहरूलाई जेलबाट छुटाउन केही आन्दोलनकारीले योजना बनाउन थाले । त्यही योजना अनुसार जेलरहरूलाई झुक्याई सर्वप्रथम सुरजनारायण सिंहलाई निकाल्न सफल भए ।

उहाँ निस्किसकेपछि नेपालको सप्तरी जिल्लाको कोइलाडी बरसाइन गाउँस्थित रामेश्वरप्रसाद सिंहको घरमा आई जयप्रकाश नारायण र डा. लोहियाहरूलाई जेलबाट भगाएर भूमिगतरूपमा नेपाल ल्याउने योजना सुनाउनुभयो । यसमा रामेश्वरले जोखिम मोलेर भए पनि स्वीकृति दिनुभयो । तदनुसार सुरज सिंहले बडो मुश्किलले हजारीबाग जेलबाट ती नेतालाई निकाली कैयौँ दिनको कष्टकर जङ्गलको बाटो भएर रामेश्वरको घरमा ल्याई भूमिगत रूपमा राख्नुभयो । यसमा सूर्य सिंहलाई सप्तरी सीमावर्ती भारतीय गाउँ नियोर निवासी क्रान्तिकारी अवध सिंहले सहयोग पु¥याउनुभएको थियो । सन् १९४२ को आन्दोलन सुरु हुनेबित्तिकै पक्राउ पर्ने डरले भारतीय सीमाक्षेत्रका नेता कार्तिकप्रसाद सिंह, नित्यानन्द सिंहलगायत दर्जनौँ नेता कार्यकर्ता सप्तरी, बरसाइनस्थित रामेश्वरको घरमा आएर आश्रय लिइबसेका थिए । तिनीहरूलाई रामेश्वरले बडो आतिथ्य प्रदान गर्नुभएको थियो । सरकारी कर्मचारीले थाहा नपाउन् भनेर सुरक्षा पनि प्रदान गर्नुभएको थियो ।

केही महिना त्यहाँ बसेपछि सुरक्षालाई ख्याल गर्दै रामेश्वरले कोशीपारि आफ्नो मौजा (जिमिदारी) मा फुसको घर बनाई तिनीहरूलाई त्यहीँ सार्नुभयो । त्यहाँ बस्दै जाँदा राणाशासकका स्थानीय बडाहाकिमले आफ्नो सुराकीबाट थाहा पाए । त्यसपछि सेनालाई पठाएर गिरफ्तार गरी हनुमाननगर जेलमा बन्दी बनाए । भारतीय नेताहरूलाई पक्रिएको थाहा पाएपछि सप्तरीवासी जुर्मुराउन थाले । अब तिनीहरूलाई जेलबाट कसरी निकाल्ने भनी आपसमा विमर्श गर्न थाले । उता सप्तरीकै पश्चिम भेग कुशहादेखि माथि चुरे–पहाड फेद सुरुङ्गा जङ्गलमा भारतीय नेताहरूकै एउटा समूहले भूमिगत रूपमा बेतार (आकाशवाणी) जडान गरी लडाकुहरूलाई तालिम दिन थालेका थिए । तिनीहरूले जयप्रकाश नारायण र डा. लोहियाकै निर्देशनमा तालिम शिविर सञ्चालन गरेका थिए जसलाई राशन पानीको आपूर्ति स्थानीय सम्पन्न धनी, जमिन्दारहरूले गरेका थिए । तिनीहरूलाई पनि खबर पठाइयो । करिब ५० जनाको समूहमा रहेका आजाद दस्ताका लडाकुहरू रातारात बरसाइनस्थित रामेश्वरको घरमा आइपुगे । त्यहाँ आपत्कालीन बैठक बोलाइयो । सयौँ सङ्ख्यामा रहेका कार्यकर्ताले हनुमाननगर जेलमा थुनिएका भारतीय नेतालाई छुटाउन जेलमा नै आक्रमण गर्नुपर्दछ भनी एकमत भए । स्थानीय जमिन्दारको घरमा रहेका बन्दुक ल्याए । जेलमाथि कसरी आक्रमण गर्ने, कुन बाटो जाने, जेलको वरिपरि सेनाको पहरालाई कसरी सामना गर्ने ? जेल परिसर क्षेत्रको नक्सा बनाइयो ।

यसरी भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेका तथा मृत्यु भएका र लडेकाहरूलाई सम्मान गर्नु साथै निवृत्तिभरण भत्ता दिइनु राजनीतिक इमान हुन्थ्यो । विगतमा पनि यी कुरा पटक–पटक उठेका छन् । यसतर्फ नेपालस्थित भारतीय दूतावासले पहल गर्ला कि नगर्ला ? भारतीय स्वतन्त्रता आन्दोलनका लागि शहीद भएका तथा लडेका नेपाली सेनानीहरूको उच्च मूल्याङ्कन गर्नुपर्दछ ।

रातारात त्यहाँबाट आक्रमणकारीहरू हनुमाननगर जेलनिर आइपुगे । पथप्रदर्शकका रूपमा रामेश्वरका भतिजा तारिणीप्रसाद सिंह हुनुहुन्थ्यो । उहाँकै निर्देशनमा आक्रमणकारीहरूले पहिला बडाहाकिमको निवासमा बलिरहेको पेट्रोम्याक्समा गोली हानेर चकनाचुर पारे र धमाधम गोली बर्साउन थाले । बडाहाकिम सोमशमशेर खाटमुनि लुक्न गए । उता आक्रमणकारीको अर्को समूहले त्यहाँस्थित फुसको घरमा आगो लगाएदिए । सबै प्रहरी आगो निभाउनतिर लागे ।
यसैबीच मौका छोपेर आक्रमणकारीले जेलको मुख्यद्वारमा उभिई पहरा दिइरहेको सन्तरीमाथि गोली हाने, ऊ घटनास्थलमै ठहरै भयो । त्यसपछि जेलको ढोका तोडी आक्रमणकारीहरू भित्र पसेर जयप्रकाश नारायण, डा. राममनोहर लोहियालगायतका नेतालाई निकाली कोशीको नाउमा चढाएर सीमा कटाए । यसरी सप्तरीका युवाले भारतीय स्वतन्त्रता आन्दोलनका नेताहरूलाई जेलबाट निकाल्न सफल भए । यस घटनामा राणाशासकले सप्तरीका करिब ५० जनामाथि आरोप लगाई केन्द्रीय कारागार काठमाडौँ चलान गरे । मुख्य आरोपितहरूमा रामेश्वरप्रसाद सिंह, चतुरानन्द सिंह, जयमङ्गल सिंह, तारिणीप्रसाद सिंह, अब्दुल मियाँ, कृष्णवीर कामी, सीताराम अर्याल, जयनारायण कानूनगो कामानन्द मिश्र, यमुनाप्रसाद सिंह, दलबहादुर प्रजापति आदि थिए । तीमध्ये कृष्णवीर कामीको जेलभित्रै मृत्यु भयो भने तारिणीप्रसाद सिंह सिकिस्त बिरामी भई जेलबाट निस्किनेबित्तिकै दिवंगत भए ।

यसरी भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेका तथा मृत्यु भएका र लडेकाहरूलाई सम्मान गर्नु साथै निवृत्तिभरण भत्ता दिइनु राजनीतिक इमान हुन्थ्यो । विगतमा पनि यी कुरा पटक–पटक उठेका छन् । यसतर्फ नेपालस्थित भारतीय दूतावासले पहल गर्ला कि नगर्ला ? भारतीय स्वतन्त्रता आन्दोलनका लागि शहीद भएका तथा लडेका नेपाली सेनानीहरूको उच्च मूल्याङ्कन गर्नुपर्दछ । हनुमाननगर काण्डदेखि विभिन्न काण्डमा लागेका व्यक्तिहरूको नामावली सङ्कलन गरी उचित राहत प्रदान गरिनु राम्रो हुनेछ ।
(लेखक कानुन व्यवसायी हुनुहुन्छ ।)  

साभार गोरखापत्र (श्रावण ३२, २०७७ आईतवार)

फीचर इमेजः Pexels free photos

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s