दिगो विकास, सम्वृद्धि

सम्वृद्धि : उम्लिएका समस्याहरु र पोखिन लागेको जनविश्वास


गणतन्त्र आए पश्चात कत्ति पनि सुधार हुन नसकेका र राज्यको ध्यानमा पनि नपरेका, तर जनजिवनसंग अत्यन्त निकट रहेर सरोकार राख्ने कुराहरुका बारेमा निरन्तर खवरदारी गर्दै आएको कुरा बिदितै छ। यस अघिको लेखमा हामीले तरकारी र मासुको व्यावसायको दयनिय अवस्था प्रति ध्यानाकृष्ट गराएका थियौं। यस लेखमा हामीले पानी, सूचना प्रविधि, सहरीकरण र फोहरका बारेमा उल्लेख गर्ने जमर्को गर्दैछौं। त्यस दृश्यबाट गणतान्त्रिक राज्यको अकर्मण्यतालाइ प्रष्ट देख्न सकिने छ भने आगामी दिनमा सुधारका कार्यक्रम र जनचेतना जगाउन सकिने कुरा विश्वास गर्न सकिन्छ।

सहरीकरण र फोहर

केवल जनसंख्यालाई मात्र आधार बनाउंदै गाविसहरुलाई गाभेर सरकारले नगरपालिकाहरुको घोषणा गरिरहेको छ। पूर्वाधार थपिएका छैनन् । सन् २०१४ मा जम्मा ५८ वटा नगरपालिका थिए तर २०१५ मा २१९ वटा बनाइयो । राज्यले संचालन गरेकै कार्यक्रमका कारण समस्याहरु थपिएका छन् । परिणाम स्वरुप सन् २०१९ मा आइपुग्दा काठमाण्डौ उपत्यकाको आवास क्षेत्र बढेर २६.०६ प्रतिशत र कृषि क्षेत्र घटेर ५५.३० प्रतिशत मात्रै बाँकी रहेको छ जबकी सन १९८९ मा ५.१० प्रतिशत जमिन मात्र आवास क्षेत्रले ढाकेको र ८०.५४ प्रतिशत जमिनमा कृषि व्यवसाय संचालित थियो । अझै पनि राम्रो ब्यवस्था हुने हो भने ५५.३० प्रतिशत जमिनमा खाद्ध्य बस्तु उत्पादन गरेर काठमाण्डौ उपत्यकालाई खाध्य असुरक्षाको लिष्टबाट हटाउन रआत्मनिर्भर हुन सकिन्छ; चाँडो गर्नु पर्छ । तर दुर्भाग्य नै मान्नु पर्छ कि यही गती र मतिका बिचमा बाँकी रहेको जमिनलाई अतिक्रमण गरेर काठमाण्डौमा अझै २० लाख मानिस थप्ने योजना रहेको छ । हतारमा गरिएको सहरिकरणबाट भविष्यमा आउन सक्ने संकटबारे गम्भीर हुन जरुरि छ ।

सहरीकरणको योजनासंगै नगरी नहुने काम फोहर व्यवस्थापन पनि हो । बन्दै गरेका नयाँ सहरहरूले फोहरको व्यवस्था कसरि गर्ने भनेर स्पष्ट योजना बनाएको हुनुपर्छ । तर संघिय राज्यहरुले फोहर व्यवस्था कसरि गर्ने भन्ने कुरा पनि निराकार देखिन्छ । उदाहरणका लागि हिजोको दिनमा काठमाण्डौँको टेकुमा फोहर फ्यालिन्थ्यो, अहिले ओखरपौवालाइ डम्पिङ्ग साइट बनाइएको छ । त्यहाँ कुनै स्थायित्व र जनस्वास्थ्य बारेको सुरक्षित योजना यकिन छैन । जनताको स्वास्थ्यका बारेमा कुनै चासो देखिन्न। अस्पतालमा थप्ने खर्चभन्दा स्वच्छ पिउने पानि र फोहर ब्यवस्थापनमा थपिएको खर्च देश र दुनियाका लागि धेरै हितकर हुन्छ भन्ने कुरा कार्यान्वयन गर्न जरुरि छ ।


पाठक/सदस्य बन्नुहोस


काठमाण्डौ चेतनाहिन नब कुबेरहरुले शोख गर्ने दुर्गन्धित सहरजस्तै भएको छ । मास्क लगाएर हिंडने चलन छ; मास्कको ठुलो कारोवार छ । तर मास्कको मसिनो छिद्रहरुबाट काफी मात्रामा धुलो छिर्छ । त्यसको कुनै अर्थ रहन्न । यसै क्रममा काठमाण्डौ बाहेक तनहुँको ब्यास नगरपालिका र लमजुङ्गको मध्यपुर नगरपालिका पनि हेर्ने मौका मिल्यो । यिनिहरु पनि पूर्वाधार बिना हतारमै घोषणा गरिएका नगरपालिका हुन। ती बिकासोन्मुख शहरहरुमा पार्किङ्गको व्यवस्था छैनन, जताततै गाडि, मानिस र जनावरको चाप छ। घरहरुको बिचमा एम्बुलेन्स, दमकल हिडने निकास छैन। आपतकालीन समयमा उद्धार गर्नका लागि चाहिने चोक-चौका कतै केहि छैन। धुलो बिशेषता नै हो।

नगरपालिकामा बसेको बहानामा गरिव जनतालाई विना पूर्वाधार राज्यले कर असुल गरेर प्रशासनिक खर्चमा लगाउनु अपराध हो

अहिलेदेखि नै शहरी व्यवस्थापनमा कठोर नियम लागु भएको हुनुपर्ने; तर त्यस्तो देखिन्न । यीनीहरुले संचालन गरेको डम्पिङ्ग साइटको न स्थायित्व छ नत सुरक्षित ब्यवस्था नै ! तर जमिनमाथि तिब्र अतिक्रमण गरेर घडेरी बेच्ने, प्राकृतिक बिनास र खाद्ध्य असुरक्षा भने बढदै गएको छ । महाभुकम्पको असर र काठमाण्डौँको गल्तिबाट कसैले पाठ सिकेको पाईएन । व्यवस्था परिवर्तनसंगै सहरिकरणको ढांचा, मूल्य-मान्यता र पूर्वाधार विस्तारमा कुनै भरपर्दो विधि अपनाइएको छैन, जसबाट सहर र गाउँको सम्पर्क बिस्तार होस । आन्तरिक आप्रवास कम होस, सहरी गरिवी कम हुन सकोस, खाद्यान्न लगायत इन्धनमा आत्म निर्भर हुन सकोस; त्यस्तो केहि देख्न सकिन्न । मुख्य कुरा त सहरको बिस्तृत योजना हुनु पर्छ । त्यो नै छैन । हचुवाको भरमा सडक बिस्तार गरेर जग्गाको भाउ बढाउने गरिएको छ; यत्तिमै रमाइलो छ सबैलाई!

पानी

काठमाण्डौ अहिले काकाकुलको वस्ति जस्तै भएको छ । वागमती, विष्णुमति लगायतका नदीनालाहरु सुकिसकेका छन । खेतबारीको कुरै छाडौँ; पिउने पानीकै अभाव छ। मेलाम्चिको सपना बाँढेको पनि ३० बर्ष भैसक्यो । काठमाण्डौका लागि १० बर्ष भित्र पुरा हुने योजनासहित झन्डै ३० बर्ष अघि लागुभएको मेलाम्ची खानेपानी योजनाले अहिलेको आवश्यकतालाई धान्न सक्ने देखिन्न । त्यसैले स्थानिय श्रोत र बैकल्पिक योजनाको पनि व्यवस्था हुन आवश्यक छ । जमिन खोतलेर बनाइएका इनारको पानीले कति थेग्ने! बालाजु, मनोहरा, बुढानिलकण्ठ, गोदावरी, सुन्दरिजल, चोभार र मातातिर्थमा बगेर खेर गएको स्थानिय पानीका श्रोतालाई परिचालन गर्न सकिन्छ ।

नदि किनार वा सार्वजनिक क्षेत्रमा रुख रोपेर पानीको श्रोत थप गर्न सकिन्छ । नजिकैका ठुला नदीहरु, हिउँतालको पानी सस्तोमा उत्पादन गरेर सहरमा आपूर्ति गर्न नसकिने होइन । उदाहरणका लागि मर्स्याङ्गदिकै पानिलाइ पनि ब्यवस्थित कार्यक्रम मार्फत सहर तिर ओसार्न सकिन्छ । अर्थात माग पूर्ति गर्ने विभिन्न उपायहरु हुन्छन त्यसतर्फ़ योजना र कार्यक्रम समन्वयात्मक ढंगमा अगाडि बढेको देखिनुपर्छ । रातभर जागा बसेर पानीको जोहो गर्नुपर्ने, ट्याङ्करको पानि किन्नु पर्ने, दिनभर सार्वजनिक धाराहरुमा पानि लाइन बस्नुपर्ने गृहणीहरुको वाध्यतालाई हाम्रो प्रजातन्त्रले सम्बोधन गरेकै छैन । तर नारी अधिकाकारका नारा, भाषण र आन्दोलन भने भईनै रहेका छन । त्यहाँ पनि यस्ता समस्या उठने गरेको पाइँदैन । सम्वृद्धिको खाका शब्दमा होइन व्यवहारमा देखिन जरुरि छ ।

सूचना प्रविधि

सूचना प्रविधिमा उपभोक्ताले ब्यक्तिगत प्रयोग बढाउँदै लागेको हिसावले बुझ्नु पर्दा अलिकति आशा गर्ने ठाउँ छ । तर त्यसको आयत, कर राजस्व, सेवा उपलब्ध गराउने छिटो छरिता कार्यक्रमको नजरबाट अवलोकन गर्दा खुसि हुने ठाउँ छैन । एन्सेलको कर ठगि, इन्टरनेटको सुस्त गति, गुणस्तर परिक्षण बिना छिरेका मोवाइलका ह्याण्डसेटहरु, यसका उदाहरण हुन । विजुलीको अभावमा धेरै काम हुन सकिरहेका थिएनन । धेरै लामो समय बिजुलीले सरकारको दक्षतालाई पर्खि रह्यो । तर अहिलेको व्यवस्थापनको कारणले मात्रै पनि काठमाण्डौवासिहरु अन्धकार मुक्त हुन पाएका छन । दिनमा १८ घण्टासम्म अन्धकारमा राखिएका जनतालाई अहिले विजुलीको अभाव टरेको छ । प्रविधिलाई मानविय जीवनको हरेक अंगसम्म पुर्याउने योजना र कार्यक्रम तयार छैनन । सूचनाको प्रत्येक तहमा जनजिविकालाई महत्व दिने बिषय गौँढ छ । समाचार राजनीति केन्द्रित छन भने राजनीती असफल पात्र र प्रव्र्त्तिमा केन्द्रित रहेको देखिन्छ । गरिवको समाचारभन्दा धनी र झकिझकाउका समाचार पढने पाठकको आदत बनेको छ ।

नेपालमा समस्याहरुको आयाम निकै फराकिलो हुँदै गएको छ। समस्या उम्लिदै गएका छन। त्यसले गणतन्त्र प्रतिको जनविश्वास पोखिंदै गएको कुरा असन्तुष्टिका आवाजले बोलिरहेकै छन। हतारमा गरिएको सहरिकरणबाट भविष्यमा आउन सक्ने संकटबारे गम्भीर हुन जरुरि छ। केवल जनसंख्यालाई मात्र आधार बनाउंदै गाविसहरुलाई गाभेर सरकारले नगरपालिकाहरुको घोषणा गरिरहेको छ। पूर्वाधार थपिएका छैनन्। शहरिकरणकै कारण काठमाण्डौ अहिले काकाकुलको वस्ति जस्तै भएको छ। वागमती, विष्णुमति लगायतका नदीनालाहरु सुकिसकेका छन। सूचना प्रविधिमा अलिकति आशा गर्ने ठाउँ छ। तर त्यसको आयत, कर राजस्व, सेवा उपलब्ध गराउने छिटो छरिता कार्यक्रमको नजरबाट अवलोकन गर्दा खुसि हुने ठाउँ छैन। एन्सेलको कर प्रकरणले राज्यले कर गुमाएको छ भने कम्पनिले प्रतिष्ठा गुमाएको छ। विजुलीको आपूर्तिमा सुधार आएको भए पनि कुनै पनि समय बिद्ध्युत व्यवस्थापनमा राज्यले हस्तक्षेप गरेर सरकारले जनतालाई फेरी अँधेरो तर्फ़ धकेल्ने हो कि भन्ने शंका जारि छ। नगरपालिकामा बसेको बहानामा गरिव जनतालाई विना पूर्वाधार राज्यले कर असुल गरेर प्रशासनिक खर्चमा लगाउनु अपराध हो; यसमा राज्य र त्यसका संचालकहरु जिम्मेवार हुनै पर्छ। क्रमश आर्को लेखमा

लेखक : जगदीश वाग्ले

हालै प्रकाशित
—————

एनआरएनए नेपालको विकासमा यसरी सकृय हुँदै

तुलसी सुवेदी काठमाडौं : कोरोना भाइरस(कोभिड १९) ले धेरै नेपालीहरु चरम गरिबीको रेखामुनि धकेलिने खतरा देखिएको भन्दै त्यसबाट जोगाउन गैरआवासीय नेपालीहरुले सहकार्य गर्ने उद्घोष गरेका छन्। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आयोजनामा भर्चुअलरुपमा तीन दिनसम्म सञ्चालन भएको दोस्रो विश्वज्ञान सम्मेलनले नेपालले खाद्य सुरक्षाको क्षेत्रमा गम्भीर चुनौती व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ। उत्पादन बढाउनका लागि कृषि नीतिमा कृषकको आय श्रोतले… Continue reading एनआरएनए नेपालको विकासमा यसरी सकृय हुँदै

कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

सीता शर्मा कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । आइतबार अर्थात् ३० अगस्ट २०२० का दिन यी विषय समेटिएका दुई कानुनमा कतारका अमिरले हस्ताक्षर… Continue reading कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

सीता शर्मा काठमाडौँ, भदौ १५ गते । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैङ्कको उद्घाटन गर्नुभयो । मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण… Continue reading नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था

प्रेमलकुमार खनाल नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषण आप्रवाहको योगदान औसत २५ प्रतिशत रहेको आर्थिक सर्वेक्षण २०७६÷०७७ मा उल्लेख गरिएको छ । विप्रेषण रकम भनेको देशभित्र रोजगारीका अवसर नहुँदा कामको खोजीमा जाने नेपाली श्रमिकले विदेशमा श्रम गरेर बचत गरेको रकम हो । तर, अहिले कोरोनाका कारण विदेशमा काम गर्न गएका ती श्रमिक सबैभन्दा बढी समस्यामा परेका छन् । नेपालबाट… Continue reading महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था

दुबईबाट रित्तै जहाज फर्काउनेले क्षतिपूर्ती दिनु पर्छ

दुबईबाट नेपाल फर्कने भनेर विमानस्थलमा चेक-इन भइसकेका नेपाली श्रमिकलाई छाडेर नेपाल वायुसेव निगमको जहाज रित्तै आयो; गत भदौ, एक गते! साँझ ५ बजे विमानस्थल पुगेका यात्रुलाई राति १ बजे भनियो– उडान रद्द भयो। कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले ‘क्वारेन्टाइन बनाउन पहल गरिरहेको छ, अहिले क्वारेन्टाइन तयारी अवस्थामा छैनन्, त्यसैले कहीँबाट पनि यात्रु ल्याउने… Continue reading दुबईबाट रित्तै जहाज फर्काउनेले क्षतिपूर्ती दिनु पर्छ

बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि

त्रिभुवनचन्द्र वाग्ले ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ । एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिनुभयो कविजीले । अब भन्नुहुने छैन म ऋतम्भरा पूरा… Continue reading बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि

Loading…

Something went wrong. Please refresh the page and/or try again.

1 thought on “सम्वृद्धि : उम्लिएका समस्याहरु र पोखिन लागेको जनविश्वास”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s