दिगो विकास, सम्वृद्धि

सम्वृद्धि : समस्याहरुको निरन्तरता र निरासाको वादल

गणतन्त्र आए पश्चात कत्ति पनि सुधार हुन नसकेका र राज्यको ध्यानमा पनि नपरेका, तर जनजिवनसंग अत्यन्त निकट रहेर सरोकार राख्ने कुराहरुका बारेमा निरन्तर खवरदारी गर्दै आएको कुरा बिदितै छ। यस अघिको लेखमा हामीले तरकारी र मासुको व्यावसायको दयनिय अवस्था | सहरीकरण र फोहर, पानी र सूचना प्रविधि प्रति ध्यानाकृष्ट गराएका थियौं। यस लेखमा हामीले संस्थागत बिकासका रुपमा सरकारी कार्यालयको अवस्था, सार्वजनिक यातायात लगायतका बारेमा उल्लेख गर्ने जमर्को गर्दैछौं। त्यस दृश्यबाट गणतान्त्रिक राज्य कहाँ चुकिरहेको छ भनेर प्रष्ट देख्न सकिनेछ भने आगामी दिनमा सुधारका कार्यक्रम र जनचेतना जगाउन सघाउ पुग्नेछ।

संस्थागत बिकास

बिकास निर्माणमा संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। सरकारी वा निजी कार्यालयहरुले यसैको प्रतिनिधित्व गर्दछन । यसै क्रममा तनहुँ र काठमाण्डौका केहि सरकारी कार्यालयहरुको अवस्था हेर्ने अवसर जुट्यो । पुरानो संरचना, भाँचिए-टुटेफ़ुटेका फर्निचर, त्यसमाथि धुलो, प्रष्ट देखिने माकुराको जालो, दाग, झिंगा भन्केका खानेकुरा सहितका चमेना गृहहरु, डुङ्गडुङ्ग गन्हाउने दुर्गन्धित सौचालयहरु सरकारी कार्यालयको बिशेषता हुन । त्यस माथि नून खाने कुखुरा जस्ता कर्मचारी, च्यातिएका पुराना फ़ाइल र ढड्डाहरु, केहि कार्यालयहरुमा घुषको खुलेयाम बिगबिगी, सेवा ग्राहीहरुको कुनै सुबिधालाइ सम्बोधन नगरिएको अवस्था देख्न सकिन्छ ।

यदाकदा कुनै अफिसहरुलाई कम्पुटराइज्ड गर्न खोजिएको छ । तर ब्याकअप र प्राविधिज्ञको अभावले गर्दा स-साना काम पनि घन्टौं कुर्नुपर्छ । होटलमा २ रातसम्म विताउँदा पनि एक दिनमा सकिने काम नसकी काठमाण्डौ फर्किनु परेको तितो अनुभव यो पंक्तिकारसँग छ ।

संस्थागत उन्नती हेर्दा संब्रिद्धी ल्याउन गरिएका दलहरुको घोषणा पत्र र सरकारी कार्यक्रमले जनतालाई सिधै ढाँटेको देखिन्छ। जनताले चाहेको बिकास हो तर ढाँटिने क्रम यथावत छ। खरबौं सरकारी राजस्व उठने मालपोत कार्यालयको पुरानै स्वरुप र बिजोग देख्दा गणतन्त्र र प्रजातन्त्र प्रतिविम्वित भएको आभाष हुनै सकेन।


पाठक/सदस्य बन्नुहोस


मुलुकको एकमात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छिर्नै नसकिनेगरी छरिएका ट्रली छिचोल्दै लगेजका लागिमात्र २ घण्टा कुर्नु परेको तितो अनुभव रह्यो। त्यहाँको अस्तव्यस्तताले कसैको मन दुखिरहेको थिएन, यो क्रम आज पर्यन्त निरन्तर चलिरहेको छ। तत्काल आकस्मिक मिटिङ्ग बसेर नजिक कतै अस्थाई सेड बनाएर पनि लगेज संकलनको भद्रगोल तत्कालको लागि समाधान हुन्थ्यो।

केहि निजि कार्यालयहरुको अवस्था हेर्दा अलिक व्यवस्थित देखिन्थे तर तिनीहरुको सेवाशुल्क चर्को थियो; सर्वसाधारणहरुको पहुँचभन्दा बाहिर! कहाँ के शब्द प्रयोग गर्ने भनेर कैयौँ समय बितेका सिंहदरवारका मिटिङहरुमा सायदै यस्ता बिषयले ठाउँ पाएका होलान!

सार्वजनिक यातायात

सार्वजनिक यातायात गएगुज्रेको छ, असुरक्षित छ। एउटा प्रतिवेदन अनुसार औषतमा मावोवादी आन्दोलनमाभन्दा धेरै ज्यान लिने गरेको छ नेपालको सार्वजनिक यातायातले। गन्तब्य नपुग्दासम्म मर्ने बाँच्ने ठेगान हुँदैन । दिनहुँ सवारी दुर्घटनालॆ मानिस मरिरहेको समाचार छापिन्छन। ट्रफिक एकजनालाई जिम्मा दिएर कसरी यस्तो भयाभह समस्या रोकिन सक्छ!

सवारि दुर्घटनाका कारण समाजमा आईपर्ने अपाङ्गता, पारिवारिक बिग्रह, संरक्षक विहिन हुन पुगेका वालवालिका र बुढाबुढीहरुको अवस्था झन् दर्दनाक देखिन्छ। सरकारले समाधानको उपायसम्म पनि पहिल्याउन सकेको छैन। सिण्डिकेट हटाउन खोज्यो, भद्रगोल हटन सकेको छैन। नेपालको सार्वजनिक यातायातले निजी क्षेत्रको विश्वसनियतामा धावा बोलिरहेको छ। थोत्रा सवारीका साधन, मनलाग्दी भाडा, यात्रु कोच्ने रोग, खलासीले दिन भर चिच्याने चलन, पुरानै तौरतरिकामा घुमी रहेका ट्राफिक प्रहरी आदि देख्दा आफैलाई प्रश्न गर्न मन लाग्यो कि जनताको जनजीविकालाइ सहज पार्ने काममा प्रजातन्त्र र गणतन्त्रका मूल्य र आदर्शको प्रयोग भएको खै?

विविध

एउटा कार्यक्रममा विद्वान अमरत्य सेनको बिचार सुन्ने मौका मिलेको थियो, उनले भनेका थिए कि- प्रजातन्त्रले कमजोर बर्गको क्षमता बिस्तार गर्न सकेको हुनुपर्छ जसबाट उनिहरुले राज्यमा उपलब्ध सेवा सुविधाको उपभोग गर्न सकुन। ब्यक्तिगत क्षमताको वास्तविक विस्तारबाट मात्रै प्रजातन्त्र सार्थक हुन सक्छ र सुरक्षित रहन्छ ।

यी त भए केही नमुनाका लागि प्रस्तुत प्रतिनिधि क्षेत्र । यसरी अस्तब्यस्त भएका क्षेत्रहरु धेरै छन । नेपालको कुल गार्हस्थ उत्पादनको झन्डै ३२ प्रतिशत रेमिट्यान्सले ओगटी आएको छ । तर रोजगारिका लागि बाहिरिने युवाहरुले पाएको दु:ख देख्दा पिडाले मन पोलिरहन्छ । सरकार उदासिन छ, कर्मचारी घुष माग्छन, दलालहरु लुटछन- ठग्छन । ह्युमन ट्रफिकिङ्कको बिगबिगी छ । गरिवहरुको उठिवास लगाउने माफियातन्त्रको ब्यावसायका रुपमा बुझ्ने गरिएको छ- बैदेशिक रोजगारीलाई । प्रत्येक महिना औषत आठवटाका दरले बैदेशिक रोजगारीमा गएकाहरुको लास आउने गरेको कुरा खुलासा भएकोछ ।

अदालतमा संबन्ध बिच्छेदका मुद्धा ह्वात्तै बडेका छन । सामाजिक बिसंगति पनि सँगसङै थपिएको छ। खरबौँ मुनाफा गर्ने बैंकहरु रेमिट्यान्सलेबाटै चलेकाछन। मुलुकको अर्थतन्त्रले त्राण पाएको छ । हालै अष्ट्रेलियाका अबैधानिक कलेजहरुमा नेपाली विद्ध्यार्थिलाई एजेन्सिहरुले आफुलाई हित हुने गरी ठगेको समाचार आयो। अर्थतन्त्र धानिरहेका यस्ता ब्यवसायहरुलाई ब्यवस्थित, मर्यादित र सुरक्षित बनाउन असफल छ राज्य संयन्त्र ! नियम त होलान तर कार्यन्वयन छैन! एन्सेलले नेपालमा कारोवार गर्न पाउनु अर्थतन्त्रका लागि राम्रो हो। तर उसलाई संचालनको विधी, दायित्व र जिम्मेवारि प्रष्ट नपारिकन संचालनको अनुमती दिने र कानुन हातमा लिएर सार्वजनीक सम्पत्ती जलाउने काम हुँदा कसरी निजी क्षेत्रले लगानी गर्न सक्ला! एन्सेलका कारण नेपालमा जे अवस्था आएको छ त्यसमा सरकार र त्यसको उच्च ओहदामा रहनेहरुको संकास्पद भूमिकाका अक्षम्य छ।

यसरि सरसर्ती हेर्दा माथि उल्लेख गरिएका (यी कुराहरु गणतन्त्रमा पनि उस्तै छन, सम्वृद्धि त परै जावस | सम्वृद्धि : उम्लिएका समस्याहरु र पोखिन लागेको जनविश्वास) सेवाका क्षेत्रहरुमा कुनै पनि निकायको ध्यान नपुगेको देखिन्छ। सुधारका लागि लगानीको अभाव देखाएर निश्चित रुपमा उम्किन सकिएला तर माथि उल्लेख गरीए झैं मासु पसलेको सहयोग र योगदानमै सुधार ल्याउन सकिन्छ र त्यसका लागि स्थानियहरुको सहभागिता र सोच चाहिन्छ भन्ने कुराको वोध भएको छैन, गराउन कोशीस पनि भएको देखिन्न। वास्तवमा माथि उल्लेख गरिएका धेरैजसो कामहरु व्यक्तिको इमान्दार प्रयासबाटै समाधान हुने खालका छन। कार्यालय कक्षको धुलो, दुर्गन्धित शौचालय र खाजा खाने चमेना गृहको सुधार त्यहाँ कार्यरत कर्मचारीकै इमान्दार प्रयास काफी हुन सक्छ। बिद्ध्यार्थी नेताले रत्नपर्कमा देश बनाउने भाषण गर्नुभन्दा सरासर गएर ऊ पढने क्याम्पसको बिजोग सौचालय बनाउन थाल्नु पर्छ। व्यवस्था र परिवर्तनहरुले वास्तविक जनजिविकाको चासोलाई सम्बोधन गर्न सकेको छैन भने जनतामा आन्दोलित मानसिकताको अन्त भएको ठान्न सकिन्न। त्यस्तो आन्दोलित मानसिकतालाई कसैले पनि सहजै आफ्नो पक्षमा उपयोग गरिदिन सक्छ। यसबाट उत्पन्न हुने संभावित जोखिम प्रति नेतृत्वले जिम्मा लिनुपर्छ। आगामी दिनहरुमा स्थानिय तहमा समाचार र सूचनाको प्रवाह, स्थानिय बिकास कार्यक्रमको सार्वजनिकिकरण, बजेट, गुणस्तर, कामको अवधी, ठेकेदार, वास्तविक लाभान्वित बर्गबारे स्थानिय तहमै समन्वय हुनुपर्छ। त्यसका लागि नागरिक समाज सकृय र इमान्दार हुनुपर्छ। विगतमा देखिएका घुष र चन्दाको मनोव्रित्ती दोहोरिनु हुन्न। बिकास सबैका लागि सँधैका लागि हुन सक्नुपर्छ । original post on Simanta

लेखक : जगदीश वाग्ले


यसैसंग सम्बन्धित अन्य पोष्टहरु
================

एनआरएनए नेपालको विकासमा यसरी सकृय हुँदै

तुलसी सुवेदी काठमाडौं : कोरोना भाइरस(कोभिड १९) ले धेरै नेपालीहरु चरम गरिबीको रेखामुनि धकेलिने खतरा देखिएको भन्दै त्यसबाट जोगाउन गैरआवासीय नेपालीहरुले सहकार्य गर्ने उद्घोष गरेका छन्। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आयोजनामा भर्चुअलरुपमा तीन दिनसम्म सञ्चालन भएको दोस्रो विश्वज्ञान सम्मेलनले नेपालले खाद्य सुरक्षाको क्षेत्रमा गम्भीर चुनौती व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ। उत्पादन बढाउनका लागि कृषि नीतिमा कृषकको आय श्रोतले… Continue reading एनआरएनए नेपालको विकासमा यसरी सकृय हुँदै

कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

सीता शर्मा कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । आइतबार अर्थात् ३० अगस्ट २०२० का दिन यी विषय समेटिएका दुई कानुनमा कतारका अमिरले हस्ताक्षर… Continue reading कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

सीता शर्मा काठमाडौँ, भदौ १५ गते । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैङ्कको उद्घाटन गर्नुभयो । मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण… Continue reading नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s