साहित्य

परदेशी छोराको सन्देश | कथा


आदरणीय बाबा, आमा ! तपाईँहरुबाट म हराएको भोलि पैंतालिसौं दिन हुँदैछ । मलाई थाहा छ तपाईंहरु पुत्रको वियोगमा प्रत्येक निमेष छट्पटाइरहनु भएको छ । तपाईहरुलाई मैले दुःखमाथि दुःख थप्ने क्रम कमसे कम अब सकियो भनी ठानी दिनुहोला ।

पक्कै पनि यो खबर सुनेर मलाई नौ-नौ महिनासम्म गर्भमा हुर्काउनु भएकी मेरी प्यारी आमा भक्कानिएर मूर्छा पर्नुहुनेछ । आमा !, मसँग कुनै विकल्प थिएन । त्यसैले मैले यही नै निर्णय लिएको हुँ ।

भाइ, म र तपाईंहरु सपरिवार जिन्दगी बनाउने ठूलो सपना बुनेर दश सालअघि परदेश छिरेका थियौं । नयाँ ठाउँ, नयैँ समस्या । भाषाको समस्याको कारण कति पटक बिचरा आमा हराउनु भयो । एकपटक त पुलिसले कागजसमेत गराएर बुझाएको थियो । यहाँको कुनै पनि प्रबिधिसँग परिचित नभएकै कारण हामीले हजार हण्डरहरु खायौं । दुःखहरुको सामना गर्दा छोराहरुको भविष्य भनी चित्त बुझाउने गर्नुहुन्थ्यो । ती दुःखका दिनहरु कोट्याएर म तपाईंहरुको घाउमा झन् नुनचुक थप्न चाहन्नँ । तपाइहरुको सपना भताभुङ्ग नहोस् भनेरै मैले यो दुनिया छाड्ने निर्णय लिएको हुँ । पक्कै पनि यो खबर सुनेर मलाई नौ-नौ महिनासम्म गर्भमा हुर्काउनु भएकी मेरी प्यारी आमा भक्कानिएर मूर्छा पर्नुहुनेछ । आमा !, मसँग यो बाहेक कुनै विकल्प थिएन । त्यसैले मैले यही नै निर्णय लिएको हुँ ।

तपाईँहरुलाई थाहै छ, म पटक-पटक घरबाट बेपत्ता भएँ । धेरैपटक पुलिसको कोठरीमा पनि रात बिताएँ । उसको नजरमा म एन्टी सोसल एक्टिभिटीमा लागेको कुख्यात अपराधी भइसकेको थिएँ । मैले बाटो बिराएकै हो । किनभने म हराइरहेको बेला मलाई अशल भविष्यको बाटो देखाई दिने मानिस र संगत मैले पाउन सकिनँ । नजाँनिदो पाराले म साथिहरुको सम्पर्कमा आएँ । तब भने मलाई निकै सजिलो महशुस हुन थाल्यो । मैले आफ्नै समाज पाएँ । त्यो समाजमा मैले जे-जे गर्नु थियो, गरेँ । चुरोट खान सिकें, केटीहरुसँग हिडन र मस्किन पनि सिकें । हुँदा हुँदै एच. आई. भी. र एड्सलाई पनि परवाह गर्न छाडें । सिक्दा-सिक्दै गाँजाबाट सबै नशालु चिजहरुमा हात हालें । कता हिजो एक्लिएको लाइफ, कता आजको ग्यादर र साथी सर्कलको मज्जा । म हराउँदै गएँ, झुम्दै गएँ, र डुब्दै पनि गएँ । म खहरे भेल पुछारमा सुक्दै गएँ, तपाईंहरु तालिएको तलाउ चर्को घाम र तापमा सुकिरहनु भयो ।

यो कुरा न तपाईंहरुले बुझनुभयो, न मैले तपाइहरुलाई बुझाउन सकेँ । न त आफैले बुझें कि त्यहाँ असल र पढन्ते साथीहरुको पनि समाज छ भनेर । सजिलो जता थियो म पानी झैं त्यतै बग्दै रहें । तपाईहरु ऋण भनेपछि घीन लाग्ने नेपाली सोंचलाई चटक्कै त्यागेर मोर्गेजबाट मुक्ति पाउन तैरँदै हुनुहुन्थ्यो, अत्तालिंदै काममा दौडँदै हुनुहुन्थ्यो । भाइ कता हो कता अत्तो पत्तै थिएन । यसरी समाजले नै हामीलाई छिन्नभिन्न बनाउँदै लग्यो । समाजमा छिर्न पाउनु मात्र ठूलो कुरा होइन त्यसलाइ सदुपयोग गर्न सकिएन भने झनै सत्यानास पनि हुन सक्छ भन्ने कुरालाई हामीले परदेश छिरेपछि त लागू नै हुँदैन भन्ने ठानेछौं ।

घर, गाडी र स्वदेशमा पैसो पठाउने तपाईहरुको सपना थियो; पुरा गराउनु भएकै छ । जीवन बैङ्कलाई सुम्म्पिनु भएको छ । बैङ्कले हजूरहरुलाई सक्ने जति दलाएको छ । तपाईंहरु जिन्दगीलाइ पैसोको ऐनामा हेरिरहनु भएकोछ । हेर्नुहोस, पाउनुहोस र त्यसैमा रमाउनुहोस; म डिस्टर्व गर्न चाहन्न । तर, जीवन पैसो मात्र हो भन्ने नठान्नु होला । दिनको चौविस घण्टामा कमसेकम आफ्ना लागि सोच्न र गर्नका लागि प्रत्येक दिन एक घण्टा छुट्ट्याउनु होला । जीवन त बेलुन मात्र हो । हावा रहुन्जेल मजाले उँडछ ।

बाबा, आमा ! म अहिले नर्कमा छु । धरतीमा मैले गरेका कूकर्मको लागि दश वर्ष नर्कमा बिताउनु पर्दोरहेछ । त्यसपछि स्वर्ग छिर्ने मेरो बाटो क्लियर हुनेछ । त्यस पछिको पाँच वर्ष मैले स्वर्गमा परीक्षण भीसामा रहनु पर्छ । अनि बल्ल, मलाई स्वर्गमै स्थायी वसोवासको लागि कार्ड प्राप्त हुने छ । मैले यो अवधिमा कुनै पनि गलत काम गरेको पाइएमा मेरो चोला बदलेर सोझै त्यतै फर्काइने छ । त्यसैले म यतिखेर अशल यात्रामा छु । यो नर्कले मलाई अशल हुन घेराबन्दी गरिराखेको छ, मेरो स्वतन्त्रता त स्वर्गको ग्रीन कार्ड पाएपछि कसरी प्रयोग गर्ने, त्यो भने पछि नै विचार गरौंला । सुनेको छु, त्यहाँ त सबै कुरा गर्न पाइन्छ रे, हेरौं पछिको कुरा के हुन्छ । त्यस पछि मिल्यो भने तपाईंहरुलाई पनि यतै ल्याउने विचारमा छु ।

छोरासंग सपनामा भएको कुरा भनेर हल्का नलिनुहोला ! यो नै मेरो हजुरहरुसंग अन्तिम भेट हो । मलाई अब सम्झनामा बाहेक कह्ल्यै भेटनु हुने छैन । सबै सपना रहेछ भनेर मेरो बाटो कुरी नरहनु होला । जीवनमा मलाई धेरै पश्चाताप भयो । त्यसैले अचम्मको परिवेशमा मैले आत्महत्या गरिदिएँ । म मरिसकेको छु । काजक्रिया गरेर ढुक्क हुनका लागि मैले सपनामा मै आएर भए पनि तपाईहरुलाई जानकारी गराउन उपयुक्त ठानेँ । भाइलाई पनि मेरो बारेमा सुनाइदिनुहोला । परदेशमा बस्न मात्र होइन कि उसलाई अशल मान्छे बन्न पनि सिकाउनु होस् । हवस् त, हतार भइसक्यो…। फेरि चित्रगुप्तले सबै रेकर्ड गर्छन् । आमालाई ढोगेर बिदा हुन्छु है…….? – कथाकार जगदीश, साभार सिमान्तबाट यो कथा मेरो युकेमा पनि प्रकाशित भएको थियो ।


पढुनुहोस अरु साहित्य

बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि

त्रिभुवनचन्द्र वाग्ले ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ । एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिनुभयो कविजीले । अब भन्नुहुने छैन म ऋतम्भरा पूरा… Continue reading बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि

नारी | कविता

एसीड पोखिएको तिम्रो सन्तानको दागी अनुहार हेर्न भो आमा छोरी नजन्माऊ, वासनाको काखमा छुरा धसिएको तिम्री छोरीको पीडा रुन भो आमा छोरी नजन्माऊ, तिमीले नजन्माइदिएकी छोरीका कारण जनसंख्या विनाको संसार हेर्न भो आमा छोरी नजन्माऊ, त्यतिखेर अधर्मीहरू एक थान देवी पाउन मन्दिर धाउने छन् देवी पाउन अलाप विलाप गर्नेछन् त्यसैले आमा, आज छोरी जन्माउन एक… Continue reading नारी | कविता

तीन कविता

कला बराल एक – विपत र महामारी कोरोना कतै महामारी धनी गरिब कोही छाडेन त्यस्तै विपत कतिकति बाढि पहिरो कतै छुटेन दुख दिने दैव पिडामाथि पिडाले छाडेन दुखीलाई दुखैदुख दुख्न कहिल्यै छुटेन ! दुई – बचाउने पीडा बाहिरको खुसी, भित्र पिडा जलिरहेछ त्यही पीडामा आशाले जिन्दगी बाँचिरहेछ आँखामा छचल्किएको आँशु हाँस्न सिकिरहेछ बाँच्नुको निरर्थक अर्थले… Continue reading तीन कविता

सेरिनाको प्रयोगशाला | कथा

”ल यार यो तिमीलाइ”, रामले रेवन सनग्लास मलाई दियो र झोला खोल्दै स्विजरल्याण्डको आप्पेन्जेलरसान्ती ह्वीस्की निकाल्यो । भरेको नशा छोटै परिचयमा बाबेताले दिएकी सेतो टीशर्टमा प्रीण्ट गरेको सुन्दर मोन्तेरोजा हिमाल पनि देखाउन भ्यायो र, भन्यो – ‘‘कंचन हिमालकी परी त्यो बाबेताले मेरो मननै हल्लाउनेगरी मोहनी लगाइदिई । कति राम्रो मोरीको हाँसो पनि, टम्म मिलेका सेता… Continue reading सेरिनाको प्रयोगशाला | कथा

परदेशी छोराको सन्देश | कथा

बाबा, आमा !म अहिले नर्कमा छु । धरतीमा मैले गरेका कूकर्मको लागि दश वर्ष नर्कमा बिताउनु पर्दोरहेछ । त्यसपछि स्वर्ग छिर्ने मेरो बाटो क्लियर हुनेछ । त्यस पछिको पाँच वर्ष मैले स्वर्गमा परीक्षण भीसामा रहनु पर्छ । अनि बल्ल, मलाई स्वर्गको ग्रीन कार्ड प्राप्त हुने छ… …पुरा पढनुहोस


हालै प्रकाशित बिचार बिश्लेषण

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s