खाध्य सुरक्षा, दिगो विकास

दिगो बिकास लक्ष : विपनामा नभेटिने सपनाको स्वर्ग

आज यो लेख लेख्दासम्म नोभेम्बरको एक महिनामा बिभिन्न अनलाईन संचार माध्यममा पढिएका ९१० वटा बिचार-विश्लेषण र समाचारका शिर्षकहरुमध्ये दिगो बिकासको बिषयमा लेखिएका सामाग्रीहरु मुस्किलले पाँचवटा मात्रै थिए । यो अनुभवबाट दिगो बिकास (दीबि) का बिषयमा कत्तिको जागरुकता र प्रचार-प्रसार भएको छ भन्ने देखाउँछ । त्यसैगरि लगानीको चुनौतीका बिषयमा अध्ययन गर्दै जाँदा स्वमं संयुक्त राष्ट्र संघको रिपोर्टले के देखाएको छ भने- दिगो बिकासका १७ वटा लक्षहरुले लक्षित गरेको प्रतिफल पाउनका लागि कुल ५ देखि ७ ट्रिलियन अमेरिकन डलर  प्रति बर्ष लगानी गर्न बान्छनीय छ । हालसम्म पतिवद्धता गरिएको रकम जम्मा ३ ट्रिलियन अमेरिकन डलर मात्रै छ । नपुग करिव ४ ट्रिलियन अमेरिकन डलर देखाईएको छ । यता केहि समय अघि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले ‘फायर साईड’ मा बताउदै थिए कि नेपालले दिगो आर्थिक विकासका लक्षहरुमा लक्षित गरेको प्रतिफल पाउनका लागि कुल २ खरव रुपैयाँ प्रति बर्ष थप लगानी गर्नु पर्छ, जबकि नेपालको बार्षिक बजेट नै जम्मा १० खर्वको हाराहारीमा छ । त्यस्तै अन्तराष्ट्रिय सहयोगको अवस्था हेर्दा,  नेपालले अमेरिकाबाट परिवार नियोजन कार्यक्रमका लागि पाउदै आएको सहायोग वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तराष्ट्रिय सहयोग कम गर्ने नीति लिएपछी एकाएक कम भयो र अहिले परिवार नियोजन संघ बन्द हुने अवस्थामा छ; यसै अन्तर्गत् १५० जनाको जागिर गईसकेको छ । त्यस्तै अमेरिकाले सन २०१५ मा विश्वका १०० भन्दा धेरै राष्ट्रहरुले धरतीको तापाक्रमा १.५ सि.मा सिमित गर्न सहमति गरेर जारि गरिएको पेरिस सम्झौताबाट हालै आफ्नो सहमती फिर्ता लिएको छ । यसबाट विश्वका साझा कार्यक्रमहरु ओझेलमा पर्ने देखिन्छ । यस्तो अवस्थामा सन् २०१५ देखि २०३० सम्मको १५ बर्षभित्र सम्पन्न गर्ने उद्देस्य सहित निर्धारित दिगो बिकासको लक्ष हासिल गर्न सकिएला, प्रश्न सोचनीय छ । 



विश्वबाट गरिवी र भोकमरीलाई सदाकालागि अन्त्य गर्ने उद्देश्य सहित संयुक्त राष्ट्र संघले सन् २००० देखि २०१५ का लागि मिलेनियम बिकासको लक्ष निर्देशित गर्र्यो, जसमा ८ वटा लक्षहरु थिए । कार्यक्रमको अवधि सकिँदासम्म अफ्रिकी देशहरुले खासै लक्षित लक्ष हासिल गर्न नसकेको प्रतिवेदन आयो । पर्यावरणिय चुनौतीलाई सम्बोधन गर्ने खासै कार्यक्रम मिलेनियम बिकासको लक्षमा नभएको भनेर आलोचित पनि भयो । यिनै कुराहरुलाई समेटेर सन् २०१५ देखि २०३० सम्मको अर्को १५ बर्षमा “कसैलाई पनि पछाडि नछोडौ” भन्ने मूल नाराका साथ दीगो बिकास लक्ष सुरु गरियो । यसमा मुख्य १७ वटा लक्ष, हासिल गरिने १६९ वटा टार्गेट र प्रतिफल हेर्नका लागि २१२ वाट इण्डिकेटरहरु (सूचक) निर्दिष्ट छन् । तर सम्पन्न गर्नका लागि यसमा धेरै चुनौतिहरु देखिएका छन् । मुलत: लगानीको भरपर्दो श्रोत र कार्यक्रम प्रतिको अनविज्ञता सबैभन्दा ठूला चुनौती हुन । त्यसलाई प्रत्यक्ष र परोक्ष रुपमा विश्व राजनीति र बदलिंदै गएको शक्ति सन्तुलनले पनि असर पार्ने देखिएको छ ।

निर्धारित १७ वटा मुख्य लक्षलाई ट्रेड-अफ र सिनर्जिका आधारमा हासिल गरिने १६९ वटा टार्गेट तय गरिने छ । ट्रेड-अफ र सिनर्जिका आधारमा लक्षहरुलाई दुरुस्त राख्न सक्ने क्षमता, शिप र ज्ञान निम्न आय भएका मुलुकहरुले कसरि जुटाउलान भन्ने कुरा संधिग्ध छ । गरिवी निवारण (दीबि लक्ष – एक) प्राप्त गर्न संचालित सडकको कार्यक्रमबाट कृषिलाई सकारात्मक असर पर्ने कुराहरु जस्तै कृषिको औद्धोगिकिकरण सडकको सिनर्जी हो । अर्को शब्दमा, एउटा लक्ष वा बस्तु प्राप्त गर्न अर्को गुमाउनु पर्ने अवस्था ट्रेड-अफ हो भने एउटा लक्ष वा बस्तु प्राप्त गर्दा अर्को बस्तु वा अवस्था पनि अतिरिक्त लाभका रुपमा प्राप्त गर्न सकिन्छ, त्यसलाई सिनर्जी भनिन्छ । त्यसैले नीति निर्माताहरु ट्रेड-अफ र सिनर्जीका बारेमा पूर्ण रुपले अभ्यस्त हुनुपर्छ । कृषिको विस्तारबाट भोकमरी हटाउन लक्षित दीबि लक्ष – दुई हासिल गर्न पनि प्रत्यक्ष सहयोग पुग्छ । सडकको कार्यक्रमबाट धुलो, धुवाँ, प्रदुषित वातावरण र जंगलको विनासका कारण सुक्ने पानीको मुहान ट्रेड-अफ हो । यसले कृषिमा नकारात्मक असर पर्छ, स्वास्थ्य (दीबि लक्ष- तीन, छ, तेह्र आदि) मा नकारात्मक असर पर्दछ । कृषिमा कति नकारात्मक र कति सकारात्मक असर पर्छ भन्ने कुरा समेत केलाउन सकिन्छ । यस्तो बिश्लेषणबाट मात्र दीबिको सफलता नजिक पुग्न सकिनेछ । कुन हदसम्म, कहाँ-कहाँ र कतिसम्म भन्ने कुरा शुक्ष्म रुपमा विश्लेषण हुनु पर्नेछ । यसरि शुक्ष्म रुपमा प्रतेक लक्ष र कार्यक्रमका बिच संभावित ट्रेड-अफ र सिनर्जि केलाउने कुरा, त्यसलाई कार्यान्वयन गर्ने र सुशासनको संयन्त्र र संरचनालाई अनुकुल बनाउन सकिने कुरा आफैमा चुनौतिपूर्ण छ । नेपालले आवधिक विकासका योजनालाई दीगो बिकास लक्ष अनुरुप समायोजन गरिसकेको भन्दै आएको छ तर त्यसरी ट्रेड-अफ र सिनर्जि केलाएरै गरेको होला भनेर बिश्वास गर्ने अवस्था भने ज्यादै कम छ । हचुवामा चलेको छ भन्दा फरक पर्दैन । जब कार्यक्रमको निर्धारित मापदण्ड नै पुरा गरिएको हुँदैन भने सफलता कसरि पाउन सकिएला !  

दीगो बिकास लक्षको सफलता पाउन मुलत: लगानीको भरपर्दो श्रोत र कार्यक्रम प्रतिको अनविज्ञता सबैभन्दा ठूला चुनौती हुन । त्यसलाई प्रत्यक्ष र परोक्ष रुपमा विश्व राजनीति र बदलिंदै गएको शक्ति सन्तुलनले पनि असर पार्ने देखिएको छ ।  

विभिन्न चुनौतीहरूले गर्दा दिगो विकास लक्ष हासिल गर्न सजिलो छैन । कम लगानी र त्यसलाई पूर्ति गर्ने कुरा चार बर्ष बितिसक्दा पनि अनिश्चित छ । यसलाई चर्को रुपमा उठाउनु पर्ने, लबिङ्ग गर्नु पर्ने, तालिम शिक्षा र जनजागरणका कार्यक्रमहरु ब्यापक रुपमा संचालन हुनु पर्ने हो ।  तर, त्यति धेरै समाचार र बिश्लेषणको भिडमा पनि दिगो विकासको लक्ष (२०१५-३०) ले असाध्यै कम महत्व पाएको छ । यसबाट के भन्न सकिन्छ भने, यदि व्यापक सशोधन नहुने हो भने दिगो विकासको लक्ष पुरा हुन सक्ने देखिन्न । सम्पन्न मुलुकहरु वातावरण र आर्थिक असमानताको बिषयमा बाहेक अरु सबै अवस्थामा दिगो विकास लक्षले तोकेको अवस्थाभन्दा माथि रहेकाले गर्दा पनि होला त्यति महत्व पाउन सकेको छैन । समाचार बिश्लेषणमा सबैभन्दा धेरै छापिएका सामाग्रीहरु पर्यावरणिय संकट र अमेरिका र चीन बिचको ब्यापार युद्धमा केन्द्रित थिए । गरिवी निवारण र अनिकाल मुक्त गर्ने समाचारले छापाहरुमा खासै महत्व पाएका छैनन ।

  • जगदीश वाग्ले
  • इमेल: incomesco@outlook.com
  • थप जानकारीको लागि वेबसाईट

पढनै पर्ने बिचार बिश्लेषण


तलको वर्गिकरणबाट मनपरेको बिचार छान्नुहोस

अमेरिका आर्थिक उदारिकरण एनआरएन कविता कानुन किसान कुतखोरी कृषि कृषिमा आधारित अर्थतन्त्र कोभिड-१९ कोरोना कोरोनाभाइरस कोरोना महामारी गरिवी र बसाईं-सराई चीन जगदीश वाग्ले जलवायु परिवर्तन जोखिममा परेका समुदाय दिगो विकासको लक्ष नयाँ राष्ट्रवाद नाफा नेपाल नेपाल भ्रमण बर्ष २०२० नेपाली राजदूत नेपाली विद्यार्थी परदेशी परदेशीको प्रजातान्त्रिक मानव अधिकार परदेशी डिजिटल म्यागाजिन ब्लग पानीको अभाव प्रजातन्त्र प्रवासी नेपाली बैदेशिक रोजगारी मानव अधिकार माहुरी युरोपियन युनियन रेमिट्यान्स वेलायत वेलायतका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी क्षेत्री वेलायती नागरिकता वैदेशिक रोजगारी संयुक्त राष्ट्र संघ समृद्ध नेपाल र सुखी नेपाली सम्वृद्ध नेपाल सुखी नेपाली सम्वृद्धि स्थायी बसोवास

1 thought on “दिगो बिकास लक्ष : विपनामा नभेटिने सपनाको स्वर्ग”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s