बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

बैदेशिक रोजगारी : महसुस नै नगरिएका बिकराल समस्याहरु

पछिल्लो समय, चितवनका सन्तोषले १३ वर्षसम्म ५५ डिग्री तापाक्रममा परिश्रम गरेर पठाएको सबै पैसो कुम्ल्याएर उनकी श्रीमती प्रमिला परपुरुषसंग गईन । उनी दुई सन्तानकी आमा हुन । त्यसैगरी तनहुँको बाईसजंगारे निवासी आर्को परिवारमा पनि यस्तै घटना घटेको छ । श्रीमती अनुपा पनि लोग्नेले कमाइ गरेर पठाएको पैसो सहित वेपत्ता छिन । यिनी पनि दुई सन्तानकी आमा हुन । बैदेशिक रोजगारीसंग जोडिएका यी दुई जोडिसँग सम्बन्धित चार परिवार र तिनीहरुका आश्रित लगायत परिवारजनमा यतिखेर ठुलै बज्रपात भएको छ । सबैमा मानसिक पिडा छ । आर्थिक क्षति भएको छ । बालबच्चाको भविष्य अन्धकारमा फसेको छ । परिवारको स्थायित्व गुमेको छ । आम्दानि र अवसरको खोजीमा परदेशिनु यी परिवारका युवाहरुको दोष हो र ? यदि मुलुक भित्रै अवसर पाएको भए अँगालो भरिका युवा युवतीलाई बिछोडिन किन मन लाग्दो हो ? नेपाली गरिव परिवार र समाजको खुसीलाई यतिखेर बैदेशिक रोजगारीको साङ्ग्लोले नराम्रोसंग बाँधेको छ । राज्यलाई रेमिट्य़ान्स त पठाएकै थिए तर राज्य कै तर्फबाट उनीहरु झन् पिडित छन । यी समस्याको समाधानमा रेमिट्य़ान्स बुझिरहेको राज्यसंग कुनै भरपर्दो संयन्त्र तयार छैन, साँचै भन्ने हो भने सरकार लाचार छ । यी परिवारले आफ्नो भागमा परेको प्रजातन्त्र, मानवाधिकार र गणतन्त्रको पुलिन्दा खोलेर हेर्यो भने खण्डित समाज र निराशा बाहेक केहि पाउने छैनन । त्यसोत, जनताको दुखमा सिंहदरवार सँधै उदासिन रहने गरेको अनुभव धेरै छ ! त्यसैगरी बैदेशिक रोजगारी मै रहेकाहरु समेत यस्तो परपिडामा सामेल हुनु अझ दुख लाग्दो देखिन्छ ।

मुलुकमा आय आर्जन र रोजगारीको अवसर नदेखेपछि अवसरको खोजीमा बिदेशिएका परदेशीहरु सोच्न वाध्य भएका छन कि कमाएको सबै पैसा आफ्नै परिवारका सदस्यको नाममा रहने गरि पठाउँ कि नपठाउँ ! सन्तोषले  स्थानिय युट्युब च्यानलमा भक्कानिदै सार्वजनिकरुपमा भनेका छन “म जस्तै साथीहरुलाई यसरि सबै पैसा श्रीमतीको नाममा नपठाउ भन्न चाहन्छु”। परिवार नजिकका सदस्यहरु प्रति चुलिँदै गएको यस्तो अविस्वास र धोकाले गर्दा समाजलाई विस्तारै द्वन्द्व र बिग्रहतर्फ़ धकेल्दै लागेको छ। तरल अवस्थामा रहेका श्रीमतीहरुको सोझोपनलाई जालमा फ़साउदै अप्ठ्यारो पारेर पैसो हत्याउने कुख्यातहरुको कारण पनि समाजमा यस्ता अपराध घटिरहेका छन । अदालतमा बढदै गएका छोडपत्रको चाङ्ग, मानसिक रोगी लगायत आत्म हत्याका घटनाले पनि त्यसको पुष्ठि हुन्छ। त्यतिमात्रै होइन, ‘कृषि प्रधान देश’ रेमिट्यान्स प्रधान हुँदै गर्दा बैदेशिक रोजगारी प्रति समाजमा उब्जिँदै गएको नकारात्मक सोचले कालन्तरमा रेमिट्यान्स अर्थतन्त्रलाई नै धक्का लाग्ने निश्चित देखिएको छ।

खासगरी बिदेशबाट श्रम गरेर पठाएको मासिक आम्दानी नेपालमा रहेका आफ्नै परिवारका सदस्यहरुबाट अपचलन मात्रै होईन श्रीमान श्रीमती नै गुमाउनु परेको घटनाले धेरै कुराहरुलाई उजागर गरेको छ । यहाँ त्यसरी जोडिएका व्यक्तिगत, पारिवारिक, सामाजिक र आर्थिक बिकराल चुनौती र विविध पक्षहरुका बिषयमा छोटकरीमा केलाउने कोशिस गरिएको छ।

“लोग्ने स्वास्नीको झगडा, परालको आगो” भन्ने उक्ति अब नेपाली समाजमा काम नलाग्ने भएको छ। जब झगडा हुन्छ तब मेलमिलापभन्दा पारपाचुके (छोडपत्र) नै गर्ने तर्फ़ लोग्ने स्वास्नी उद्दत हुने गरेको पाईएको छ। झगडाको केन्द्रिय कारणका रुपमा रहेको छ बित्तिय पक्ष । या त बैदेशिक रोजगारीबाट पठाएको पैसो अपचलन भएर होस् वा लघुवित्तबाट लिएको कर्जासम्बन्धि लफ़डाले होस यी दुवै कारणहरुले श्रीमान श्रीमतीको सम्बन्धलाई पारपाचुकेसम्म पुर्र्याउने गरेको पाईञ्छ। “वैदेशिक रोजगारीले धेरैको दाम्पत्य सम्बन्धलाई दुई चिरा बनाइदिएको छ।” त्यसैगरी “जब आर्थिक समस्या उत्पन्न हुन्छ, दम्पतीबीच कलह सुरु हुन्छ । अहिले यस्तै कलहको बिजारोपण गाउँ-गाउँमा पसेको लघुवित्तले पनि गरिदिएको छ।” त्यति मात्रै होईन “लघु वित्तकै कारण धेरैले आफ्नो गलामा पासो समेत लगाएका छन”। लघुवित्तबाट बैदेशिक रोजगारीमा जान, महिलाहरुले आफ्ना विभिन्न माग पुरा गराउन रिण लिने गरेका छन । यसरि लिएका पैसाको सदुपयोग गर्न नजानेर मनमुटाव आउने गरेका धेरै उदाहारण छन। त्यो नै सम्बन्ध विच्छेदको कारण बन्ने गरेको छ ।



सम्बन्ध विच्छेदलाई नेपालको कानुनले श्रीमान श्रीमतीको सहमतिमा हुने कुरा उल्लेख गरेको छ। कतिपय अवस्थामा श्रीमान वा श्रीमती एक्लैले पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्ने कुरा उल्लेख छ । यसै अन्तर्गत नेपालको मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद – ३ सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था गर्दै दफा ९३ मा भनिएको छ “पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन् भनिएको छ ।  श्रीमान श्रीमती बीचको सम्बन्ध  श्रीमतीले आफ्नो श्रीमानदेखि बाहेक अर्को पुरुषसँग शारीरिक सम्बन्ध राखको प्रामाणित भएमा वा परपुरुष संगै विवाह गरेमा वा  श्रीमतीले परपुरुषसंग शारीरिक सम्बन्ध राखेको साविती दिएमा उनीहरु बिचको सम्बन्ध स्वत: छोडपत्रमा परिणत हुने व्यवस्था छ।”

त्यसैगरि बैदेशिक रोजगारी संग जोडिएको अर्को भयानक समस्या आत्महत्या पनि हो। नेपालमा आत्महत्या सम्बन्धमा यथार्थ तथ्याङ्क पाईदैन, केवल पुलिसमा दर्ता भएको रेकर्ड हेर्दा मात्रै पनि बर्षमा ५००० हजारभन्दा धेरै संख्यामा रहेको छ । व्यवहारमा यो तथ्याङ्क अझै धेरै हुनसक्छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको तथ्याङ्कका आधारमा विश्वमा नेपाल सातौँ स्थानमा परेको छ, जुन अति नै डरलाग्दो सामाजिक समस्या हो । त्यस्तै, तिन हजारको हाराहारीमा बिदेशमा कार्यरत रहेकै अवस्थामा मृत्यु वरण गर्ने गरेको अलगै तथ्याङ्क पनि छ ।

बैदेशिक रोजगारीको अर्को समस्या भनेको सक्रिय जनशक्तिको अभाव पनि हो । नेपालका ग्रामिण क्षेत्रमा युवाहरु विदेश पलायन हुँदा कृषिमा काम गरेन श्रमिकको अभाव खडकिएको छ । यसबाट नावालक केटाकेटिमा परेको मानसिक असर, शिक्षा र स्वास्थ्य, बृद्ध बाबु आमाको पालन पोषण, अपराध पनि बैदेशिक रोजगारी संग जोडिने गरेको छ । यो समाज विग्रहको ज्वलन्त उदहारण हो ।

 यसरि आत्महत्या गर्ने प्रमुख कारणमा डिप्रेसन रहेको छ । आत्मा हत्या र सम्बन्ध बिछोड हुनुमा सामाजिक संजाल खासगरी फेसबुक, युट्युबमा हुने प्रतिस्पर्धा र देखासिकी महत्वपूर्ण कारण रहेका छन । मोवाईलका राम्रा सेट नपाएर, मोटरसाईकल नपाएर, परिक्षामा फेल भएर, श्रीमान श्रीमती बिचमा लामो समयदेखि शारीरिक सम्बन्ध कायम हुन नसकेर वा धेरै कामुक भएर पनि यस्ता समस्या आउने गरेका छन । वैदेशिक रोजगारमा गएका युवा युवतीहरु सामाजिक सञ्जालको प्रयोग मार्फत जोडिएर लोग्ने स्वास्नीको झगडा भुषको आगो जस्तै हुने गरेको छ, र अन्तमा सम्बन्ध बिच्छेद सम्म पुग्ने गरेको देखिन्छ । लामो समयसम्म अलगै रहने गरिएको र युवा युवतीहरुको उत्कट शारीरिक सम्बन्ध राख्ने चाहाना पुरा हुन नसक्दा अन्यत्रबाट त्यो चाहाना पुरा गराउन खोज्दा समस्या तिब्र भएको बिषयलाई पनि उपेक्षा गर्न मिल्दैन । 

नेपालमा प्रजातन्त्रदेखि गणतन्त्रसम्मको खुलापनले बैदेशिक रोजगारी फस्टाएको र बैदेशिक रोजगारी कै कारण अनगिन्ति सामाजिक, आर्थिक र राजनैतिक समस्याहरु   थपिएका छन । तर त्यस्ता चुनौतिहरुको अलग अलग ढंगबाट सामना गर्ने तर्फ़ राज्य संयन्त्र बेखबर देखिन्छ। उल्टै अनियमितताका धेरै सवालमा राज्य र त्यसका पधाधिकारीहरु मुछिएर आउने गरेका छन । पिडित परिवारलाई ऋणबाट उद्धार गर्ने, डिप्रेशन र मानसिक रोगको उपचार गराउने, टुहुरा वालवालिकाको पठनपाठनमा सहयोग प्र्र्याउने कल्याणकारी उपाय छैन । रेमिट्यान्सबाट गरिवी घटाएर नीति निर्माताहरुले आफुलाई सफल गराउन खोजेको देखिन्छ तर यथार्थमा गुमाएका कुराहरु त्यो भन्दा कयौं गुणा धेरै हुन सक्छ जसको लेखाजोखा गरिएको छैन र त्यसले लेखाजोखा गर्ने भरपर्दो विधि प्रविधि पनि देखिन्न । लागत लाभको अवधारणाबात यसलाई नाप्न नसकिने होईन तर त्यसको प्रयोग पनि गर्ने गरिन्न । नेपाल त्यसैको चपेटामा परेको छ । यदि यस्ता चुनौतिहरुलाई सम्बोधन गर्न राज्य असमर्थ भयो भने गुमाउने व्यक्ति र आश्रित परिवारले मात्रै हॊइन राज्यका सबै पक्षले समेत गुमाउने देखिन्छ। रोजगारीका लागि बिदेशमा रहेर कमाएको पैसा स्वदेशमा भित्रिएकै (कुल गार्हस्त उत्पादनको ३४ प्रतिशत सम्म) कारण बित्तिय संस्थाहरुका मालिकले “मोज” गर्न पाएका छन । त्यहि पैसा बित्तिय संस्थाले बचतका रुपमा संकलन गर्ने हो । त्यसैले बित्तिय क्षेत्र त झन् चनाखो र होशियार हुन जरुरि छ । परदेशिएका मानिसहरुले असंख्य चुनौतिको सामना गरिरहेका हुन्छन। आफ्नो समाजबाट नयाँ समाजमा प्रवेश लिनु नै सबैभन्दा ठूलो चुनौती हो।अनि रोजगारीका लागि बाहिर गएका नागरिकहरुले ज्यानै गुमाएका, बेपता भएका, सतित्व लुटिएका, सम्बन्ध बिच्छेद भएका जस्ता अथाह घटनाहरु आफैमा कहाली लाग्दो बिषय हो, त्यसमा पनि रेमिट्यान्सले अर्थतन्त्र धान्दै आएको मुलुकको लागि त अझै कालो दाग हो। युवाहरुले राष्ट्रनिर्माणमा उठाएको यो चुनौती प्रति राज्यको भूमिका अत्यन्त सहयोगी र पारदर्शी रहनु पर्नेमा नेपाल त्यो भूमिका निर्वाह गर्नमा चुकिरहेको छ ।

पैसा नै लक्ष होईन, साधनमात्र हो भन्ने कुरा अहिले आएर नपाली रेमिट्यान्स कमाउने युवाहरुमा पनि लागु भएको छ । त्यसैले कमाएको पैसोबाट कसरि परिवार र आफुलाई  खुसी राख्न सकिन्छ भनेर पनि नपाली युवाहरु अभ्यस्त हुन जरुरि छ । परिवार खासगरी श्रीमान र श्रीमती विचमा सौहार्द्र र शारीरिक सम्बन्ध कायम रहिरहने खालको वातावरण सिर्जना गर्न जरुरि छ । राज्यका तर्फबाट समाजिक संरचना र मर्यादा नै ध्वस्त हुँदै गएको सन्दर्भलाई ख्याल गरेर ठोस कदम चाल्न ढिला भईसकेको छ । अपराधको प्रकृति फराकिंदै गएको छ, प्रसासनिक खर्च बढेको छ, अनावश्यक झमेला थपिएका छन् । बैदेशिक रोजगारीबाट उत्पन्न सामाजिका समस्याका बारेमा सत्य तथ्य खोज मुलक संचार सामाग्रीको पनि अभाव छ । ठुला संचार गृहहरुले तथ्यलाई सतहमा ल्याएर राज्यलाई सुधार र कल्याणकालागि तयार पार्न सक्छन । नागरिक तहको पत्रकारिता (नागरिक पत्रकारिता) ले समाचारको प्रवाह गरिरहेका छन्; जुन पर्याप्त छैन । बैदेशिक रोजगारीबाट उत्पन्न सामाजिक, आर्थिक र प्रसाशनिक  समस्या यति बिकराल छ कि त्यसको समाधानमा अहिलेको कुनै पनि प्रयास पर्याप्त छैन, त्यस्ता चुनौती र अवसरका बारेमा निरन्तर भईरहनु पर्ने अध्ययन अनुसन्धान र त्यसका आधारमा सुधारका कार्यक्रमको पनि कमि छ, शुन्य नै छ ।

Feature photo by Kelly Sikkema on Unsplash



पढनै पर्ने बिचार बिश्लेषण

कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

सीता शर्मा कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । आइतबार अर्थात् ३० अगस्ट २०२० का दिन यी विषय समेटिएका दुई कानुनमा कतारका अमिरले हस्ताक्षर… Continue reading कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

सीता शर्मा काठमाडौँ, भदौ १५ गते । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैङ्कको उद्घाटन गर्नुभयो । मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण… Continue reading नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था

प्रेमलकुमार खनाल नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषण आप्रवाहको योगदान औसत २५ प्रतिशत रहेको आर्थिक सर्वेक्षण २०७६÷०७७ मा उल्लेख गरिएको छ । विप्रेषण रकम भनेको देशभित्र रोजगारीका अवसर नहुँदा कामको खोजीमा जाने नेपाली श्रमिकले विदेशमा श्रम गरेर बचत गरेको रकम हो । तर, अहिले कोरोनाका कारण विदेशमा काम गर्न गएका ती श्रमिक सबैभन्दा बढी समस्यामा परेका छन् । नेपालबाट… Continue reading महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था

Loading…

Something went wrong. Please refresh the page and/or try again.


1 thought on “बैदेशिक रोजगारी : महसुस नै नगरिएका बिकराल समस्याहरु”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s