ब्रेक्जीट

ब्रेक्जिटको सकस: डिल वा नोडिल !

वेलायतमा यहाँको ६५० संसदका लागि मिति १२ डीसेम्वर २०१९ का दिन भएको आम निर्वाचनमा कन्जरभेटीव अर्थात टोरी पार्टीले ३६५ सिट जितेर अत्यधिक बहुमत कायम गर्न सफल भएको छ। पार्टीलाई प्राप्त यस स्पष्ट जनादेशले अब प्रधानमन्त्रि ब्रेक्जिटमा जान बाटो खुलेको छ। यस पटकको निर्वाचन ब्रेक्जिटको सकसकै कारण पाँच बर्षमा तेश्रो पटक भएको थियो। अब जनवरीको निर्धारित समय भित्रै बाहिरिने कुरा विश्वास गर्न सकिन्छ। ब्रेक्जिट वेलायत युरोपियन संघको सदस्यबाट बाहिरिने भनेर गरिएको निर्णय हो। ब्रिटेन एक्जिट (Britain Exit) बाट छोटकरीमा ब्रेक्जिट (Brexit) भनेर बुझ्ने गरिन्छ।

तर, निर्वाचनको परिणामले ब्रेक्जिट हुने पक्का देखिए पछि आफुहरु युरोपिय संघमै रहने दृढता दोहोर्र्याउँदै स्कटल्याण्डकि मुख्यमन्त्रि निकोला स्टर्जनले “वोरिस जोन्सनले निस्कने भनेर निर्णय गर्न सक्छन भने हामि पनि युरोपिय संघमै रहने भनेर निर्णय लिन स्वतन्त्र छौं” भनेर सार्वजनिक प्रतिक्रिया दिए पछि ‘संयुक्त’ अधिराज्यको भविष्य माथि आशंका शुरु भएको प्रतिक्रियाहरु आईरहेका छन। यता उत्तरी आयरल्याण्डमा पनि इङ्ग्ल्याण्डसंगभन्दा दक्षिणी आयरल्याण्डसंग मिल्नु पर्छ भन्ने पार्टीले बहुमत हासिल गरेको छ। त्यसैले प्रधानमन्त्रि वोरिस जोन्सनलाई ब्रेक्जिट पछिको ध्रुविकरणलाई सामना गर्नुपर्ने जटिलता देखिएको छ।

वेलायतका प्रधानमन्त्रि वोरिस जोन्सन (वायाँ) र स्कटल्याण्डकि मुख्यमन्त्रि निकोला स्टर्जन (दायाँ) | फोटो: Reuters

स्क्टल्याण्ड स्वतन्त्र हुने वा नहुने भनेर सन २०१४ मा भएको जनमत संग्रहमा ४५ प्रतिशत मतका विरुद्ध ५५ मत खसालेर वेलायती जनताले संगैबस्ने निर्णय गरेका हुन्।

उक्त चुनावमा टोरी पार्टिले ६६ सिट थप्न सफल भएको छ (सरकार बनाउन चाहिने आवश्यक संख्या ३२६ मा ३६५ ल्याएको) भने लेवोर पार्टीले ४२ सिट गुमाएर २०३ सिटमा थन्किएको छ। लेवोर पार्टी भित्र ब्रेक्जिटको पक्षमा रहेका मतदाताहरुले पनि टोरिपार्टीलाई मतदान गरिदिएको बिश्लेषण छ। यता लिबरल डेमोक्राटिक पार्टीले पनि १० स्थान गुमाएको छ भने स्क्टल्याण्डको एस एन पी ले १३ स्थान बढाउन सफल भएको छ। यसरि संसदमा टोरी पार्टिका ३६५, लेवोर पार्टीका २०३, एस एन पी ४८, लिबरल डेमोक्राटिक पार्टी १०, ग्रीन पार्टि १ र स्वतन्त्र २२ प्रतिनिधि रहने छन।

Join 2,181 other followers

तत्कालिन प्रधानमन्त्रि (टोरी पार्टी) मार्गारेट थ्याचर पछि सबैभन्दा शानदार बहुमत ल्याएर प्रधानमन्त्रीमा पुनरागमन भएका जोन्सनले सबैलाई मिलाएर लैजाने कुरा बताउदै स्क्टल्याण्डले पुन: स्वतन्त्रताको लागि जनमत संग्रह माग्न सक्ने कुरालाई ठाडै अस्विकार गरेका छन। किनभने, स्क्टल्याण्ड स्वतन्त्र हुने वा नहुने भनेर सन २०१४ मा भएको जनमत संग्रहमा ४५ प्रतिशत मतका विरुद्ध ५५ मत खसालेर वेलायती जनताले संगैबस्ने निर्णय गरेका हुन्। तर अहिले स्क्टल्याण्डले पुन: स्वतन्त्रताका लागि कुरा उठाउनुमा ‘आफुहरुले २०१६ मा युरोपबाट बाहिर निस्कने कि ननिस्कने भनेर भएको जनमत संग्रहमा ननिस्कने भनेर मतदान गरेको’ नजिर पेश गरिरहेका छन र स्क्टल्याण्डले आफुहरु कुनै पनि हालतमा युरोपिय संघमा रहने प्रतिवद्धता जनाउदै आईरहेको छ। यसबाट मुठभेडको स्थिति पैदा हुनेसम्मको स्थिति देखिएको छ। किनकि स्क्टल्याण्ड राज्यको ५९ जनाको साँसदमा स्कटिस नेशनल पार्टि (एस एन पी) ले ४८ स्थान हासिल गरेकोले ‘वेस्ट्मिनिस्टरले त्यो अधिकार नदिए आफुहरु त्यस्तो निर्णय गर्न स्वतन्त्र रहेको’ कुरा स्टर्जनले बताएकी छन।

यता, एकताको पक्षमा आवाज उठाउदै आएको लेवोर पार्टि र युरोपमै रहनु पर्छ भन्ने लिबरल डेमोक्र्याटिक पार्टिले शर्मनाक पराजय भोगेका छन। लेवोर पार्टिको घोषणा पत्रले रेल, हुलाक र इन्धन सेवा राष्ट्रियकरण गर्ने, उच्च शिक्षा पनि नि:शुल्क गर्ने, तलब बढाउने, लखपतिहरुलाई करको भार थप्ने र अर्थतन्त्रलाई सहकारिकरण गर्ने जस्ता ‘समाजवादी’ कार्यक्रम प्रस्तुत गरेको भए पनि जनताबाट त्यो अस्वीकृत भएको छ। तर यसलाई लेवोर पार्टिका नेता जेरेमी कोर्विनले ब्रेक्जिटको अतिवादले आफ्ना राम्रा कार्यक्रमहरु ओझेलमा परेको बताएका छन। यसरि गएको चार बर्षदेखि चौविसै घण्टा सुन्दा-सुन्दा वाक्क भएका जनता भने ब्रेक्जिटले छिटो निकास लिओस भन्नेमा प्रतिवद्ध देखिएका छन। अबको बल प्रधानमन्त्रीको हातमा रहेकोले उनको नेतृत्वको क्षमता हेर्ने काम सुरुभएको छ। प्रधानमन्त्रि वोरिस जोन्सनलाई ब्रेक्जिट गराउने र सबैलाई मिलाएर लैजान सफलताको शुभकामना र विजयको लागि हार्दिक वधाई छ।

  • जगदीश वाग्ले
  • इमेल: incomesco@outlook.com
  • थप जानकारीको लागि वेबसाईट

यो लेखलाई हामीले सिमान्तबाट साभार गरेका हौँ

1 thought on “ब्रेक्जिटको सकस: डिल वा नोडिल !”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s