खाध्य सुरक्षा, जलवायु परिवर्तन, प्रजातन्त्र र मानवाधिकार, बैदेशिक रोजगारी

प्रकाशनको भिडमा परदेशी किन आयो?

प्रकाशनको भिडमा ‘परदेशी’ किन आयो?

व्यक्तिगत शोखले विगत चार बर्षदेखि ब्लगिङ्ग गर्दै आउँदाको अनुभव राम्रो रह्यो। अहिले आएर हामीलाई अझै सशक्त शैलीमा ‘परदेशी‘ नै निकाल्न मन जागेर आयो। हामीले निम्न तीन कारणहरुले गर्दा आफ्नो लेखनलाई संगठित पार्दै माहुरीकै शैलीमा गोलबद्ध हुने निधो गरेका हौँ। कारणहरु:

१) विद्यमान राज्य प्रणालि र कार्यविधि

  • अर्थतन्त्र धान्न रेमिट्यान्स पठाउनेहरु कै शोषण र मृत्युको खबर
  • सडक दुर्घटनामा मरिरहेका प्रजातन्त्रका मतदाताहरु

२) जलवायु परिवर्तनसंगै खाध्य सुरक्षामा देखिएका जटिल समस्याहरु

३) नयाँ अर्थतन्त्रको बढदो लोकप्रियत   

माथिका २ वटा (१ देखि २) कारणहरुले कसै न कसैलाई पिडित बनाईरहेको छ, जसमा प्रत्यक्ष वा परोक्ष रुपमा राज्यको संलग्नता देखिन्छ। तेश्रो कारण (नयाँ अर्थतन्त्र) ले उक्त असमानजस्य राज्य प्रणालिको समाधान तर्फ हेर्ने दृष्टिकोणलाई आशावादी बनाउँछ। हाम्रो बुझाईमा यी तीन कारणहरु यस्ता छन:    

१) विद्यमान राज्य प्रणालि र कार्यविधि

  • रेमिट्यान्स पठाउनेहरु कै शोषण र मृत्युको खबर

स्वदेश भित्र अवसरको अभावमा विदेश गएका प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सबाट नेपालको वर्तमान गणतान्त्रिक अर्थतन्त्र धानिएको छ। विश्वमै अत्यधिक रेमिट्यान्स भित्र्याउने दशवटा मुलुक भित्र पर्दछ नेपाल। राष्ट्रिय आम्दानीको करिव ३४ प्रतिशत त रेमिट्यान्सबाट मात्रै आउने गरेको छ। त्यसैले अब नेपाल ‘रेमिट्यान्स प्रधान’ देश भएको छ। तर यही बैदेशिक रोजगारीको अवस्था सबैभन्दा दयनीय छ, प्रवासीहरु पिडित छन। मृत्यु, भ्रष्टाचार, दलाली, परिवार बिच्छेद र विभिन्न अपराधका घटना यहि क्षेत्रले भोग्दै आएको छ। यो यौटा प्रतिधिमुलक उदहारण हो जहाँ प्रजातान्त्रिक भनिने व्यवस्था भित्रै मानिसले मानिसलाई हदैसम्म निर्दयी व्यवहार प्रदर्शित गरिरहेको छ। तर राज्य त्यसलाई रोक्न असफल देखिन्छ। किनभने नेपालको सन्दर्भमा “५ वर्षमा ४ हजारभन्दा बढी नेपाली युवाले विदेशमा रोजगारी गर्न जाँदा ज्यान गुमाए, ५ सय ४५ अर्काको देशको जेलमा यातना भोगिरहेका छन्, तीमध्ये २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ, २५ कामदार विदेशकै अस्पतालको कोमामा मृत्युसँग लडिरहेका छन्, ३८८ कामदार कहाँ हराए कसैलाई पत्तो छैन, रेमिट्यान्सले देश चलाउन पल्केका राज्य सञ्चालकहरू युवालाई वैदेशिक रोजगारको भुंग्रोमा धकेलिरहेका छन्” भनेर २०७६ पौष ३ बिहीबारको नयाँ पत्रिकामा मुना कुँवरको रिपोर्टिङ्ग छ। त्यसैगरी आइएलओ का अनुसार विश्वमा करिव २१ मिलियन मानिसहरु ‘हुमेन ट्राफ़िकिङ्ग’ को शिकार भएका छन। यसमा अन्य शोषणको तथ्याङ्क समावेश छैन। विश्वमा सबै प्रकारका प्रवासीको संख्या झण्डै २.७ अर्ब रहेको छ। तिनिहरुबाट सन २०१८ मा विश्वभर ६८९ अर्ब अमेरिकन डलर रेमिट्यन्स परिचालित भएको थियो। यो क्षेत्रलाई हेर्दा न्याय कमजोर हुँदै अन्याय संगठित भएको अवस्था प्रष्ट देख्न सकिन्छ।   

रेमिट्यान्सले धानिएको अर्थतन्त्रमा परदेशिहरु सबैभन्दा धेरै मरिएका छन भने त्यही कृषि प्रधान देशमा किसानले उखुको मूल्य लिन सडकमा अमिलो मुख लगाएर नूनिलो आँशु पिउनु परेको छ; अनि प्रजातन्त्रका मतदाताहरु सडक दुर्घटनामा मरिएका छन।

-परदेशि

रेमिट्यान्सले धानिएको अर्थतन्त्रमा परदेशिहरु सबैभन्दा धेरै मरिएका छन भने त्यही कृषि प्रधान देशमा किसानले उखुको मूल्य लिन सडकमा अमिलो मुख लगाएर नूनिलो आँशु पिउनु परेको छ। अनि, अलिपरसम्म हेर्दा मासु पसल, सडकमा बेचिने तरकारी, सडकका भट्टीहरु, गाडिहरुको चेपमा हराउने ट्राफिक, मान्छे कोच्ने यातायात उस्तै छन। त्यसैगरी दुर्गन्धित शौचालय, झिंगा भन्केको चमेना गृह, माकुराको जालो, थोत्रा ढड्डा र सेवाग्राहीको नून खान पाए मात्रै ठाडिने जुका जस्ता कर्मचारी लिएर चलेको सबैभन्दा धेरै आम्दानि गर्ने माल-अड्डाको दिक्क लाग्दो अवस्थालाई इंगित गर्दै सम्वृद्धि कहाँ आएको छ भनेर सोधिने हो भने- उत्तर छैन मात्र होईन, झनै बिग्रेको छ भनेर दिनु पर्ने हुन्छ। जनताले परिवर्तनको महसुस गर्ने कुराहरु यिनै होईनन र !   

मान्छे वसारपसार गर्न खोलिएका दोकान र त्यसका माफियाहरु समातिएको, कारवाहीमा परेको वा निरुत्साही भएका घटनाहरु खासै सुन्न, पढन पाईन्न। बरु राज्य संचालनमा बसेकाहरु नै माफियाहरुको चंगुलमा फसेको सुनिन्छ। आधुनिक राज्य जसले प्रजातन्त्रको ब्यानर टाँगेको छ त्यहाँ यस्तो अमानवीय व्यवहार खुलेयाम गरिन्छ। यो दुर्दशा बारे सबैलाई थाहा छ तर थाहा पाउने जति सबै नबोलेको, बोलेपनि संगठित हुन नसकेको, थाह पाएको नापायै गरेको अवस्था छ। राष्ट्रलाई योगदान दिने जनशक्ति नै पिडित छ। जनशक्ति राष्ट्रको धन हो भन्ने कुरा वोध गरिएको अवस्था देखिन्न। अवसरका नाममा मानिसमाथि थपिएका यस्ता दुर्दशाहरुले केहि सोच्न वाध्य बनाईरहेको छ। यस बारेमा हाम्रो निरन्तर बिश्लेषण र खवरदारी जारि रहने छ। हेर्दै रहनु होला।

प्रवासीको पाठक बन्नका लागि

अन्य बिचार- बिश्लेषण

एनआरएनए नेपालको विकासमा यसरी सकृय हुँदै

तुलसी सुवेदी काठमाडौं : कोरोना भाइरस(कोभिड १९) ले धेरै नेपालीहरु चरम गरिबीको रेखामुनि धकेलिने खतरा देखिएको भन्दै त्यसबाट जोगाउन गैरआवासीय नेपालीहरुले सहकार्य गर्ने उद्घोष गरेका छन्। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आयोजनामा भर्चुअलरुपमा तीन दिनसम्म सञ्चालन भएको दोस्रो विश्वज्ञान सम्मेलनले नेपालले खाद्य सुरक्षाको क्षेत्रमा गम्भीर चुनौती व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ। उत्पादन बढाउनका लागि कृषि नीतिमा कृषकको आय श्रोतले… Continue reading एनआरएनए नेपालको विकासमा यसरी सकृय हुँदै

कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

सीता शर्मा कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । आइतबार अर्थात् ३० अगस्ट २०२० का दिन यी विषय समेटिएका दुई कानुनमा कतारका अमिरले हस्ताक्षर… Continue reading कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने

नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

सीता शर्मा काठमाडौँ, भदौ १५ गते । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैङ्कको उद्घाटन गर्नुभयो । मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण… Continue reading नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा

महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था

प्रेमलकुमार खनाल नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषण आप्रवाहको योगदान औसत २५ प्रतिशत रहेको आर्थिक सर्वेक्षण २०७६÷०७७ मा उल्लेख गरिएको छ । विप्रेषण रकम भनेको देशभित्र रोजगारीका अवसर नहुँदा कामको खोजीमा जाने नेपाली श्रमिकले विदेशमा श्रम गरेर बचत गरेको रकम हो । तर, अहिले कोरोनाका कारण विदेशमा काम गर्न गएका ती श्रमिक सबैभन्दा बढी समस्यामा परेका छन् । नेपालबाट… Continue reading महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था

दुबईबाट रित्तै जहाज फर्काउनेले क्षतिपूर्ती दिनु पर्छ

दुबईबाट नेपाल फर्कने भनेर विमानस्थलमा चेक-इन भइसकेका नेपाली श्रमिकलाई छाडेर नेपाल वायुसेव निगमको जहाज रित्तै आयो; गत भदौ, एक गते! साँझ ५ बजे विमानस्थल पुगेका यात्रुलाई राति १ बजे भनियो– उडान रद्द भयो। कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले ‘क्वारेन्टाइन बनाउन पहल गरिरहेको छ, अहिले क्वारेन्टाइन तयारी अवस्थामा छैनन्, त्यसैले कहीँबाट पनि यात्रु ल्याउने… Continue reading दुबईबाट रित्तै जहाज फर्काउनेले क्षतिपूर्ती दिनु पर्छ

बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि

त्रिभुवनचन्द्र वाग्ले ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ । एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिनुभयो कविजीले । अब भन्नुहुने छैन म ऋतम्भरा पूरा… Continue reading बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि

Loading…

Something went wrong. Please refresh the page and/or try again.


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s