खाध्य सुरक्षा

प्रवासिहरुमा खाध्य सुरक्षाको दयनीय अवस्था

आफ्नो वासस्थान छाडेर अन्यत्र सर्नुको मुख्य कारणहरुमा गरिवी, अवसरको खोजी र सुरक्षा पर्दछन। गरिवी नै खाध्य असुरक्षाको कारण पनि हो। स्थानान्तरण भईसके पछिको अवस्थामा सिर्जना हुने समस्याहरु जस्तै नयाँ समाज, चालचलन, पैसाको अभाव, आउँदा ल्याएको ऋण चुक्ता गर्नुपर्ने समस्या आदि कारणहरुले गर्दा परदेशीले पर्याप्त मात्रामा आफ्नो खाने कुरामा ध्यान दिन सकिरहेका हुँदैनन। सकेसम्म त खाना खर्च नै कम गर्न खोज्दछ किनभने अरु खर्चहरु त्यस्ता हुन्छन जुन चाहेर पनि यताउता गर्न सकिन्न। बाहिरका (host country- होस्ट देश) मुद्राको परिवर्त्य दर (currency rate- करेंसी रेट) आफ्नो देशको मुद्रासंग तुलना गरेर खर्च गर्न हच्किने मनोबैज्ञानिक समस्या पनि प्रवासीहरुमा देखिन्छ। जस्तै वेलायतमा एक पाउण्ड खर्च गर्नु भनेको नेपाली १५० रुपैंया खर्च हुनु हो। एक छाक खानाको १० पाउण्ड तिर्नु पर्र्यो भने उसले कल्पना गर्न थाल्छ कि १५०० तिर्नु र! साथसाथै समाजिक समस्याले पनि उसलाई खुम्च्याएको हुन्छ- घरमा केटाकेटी भोकै होलान, म एक्लै त्यत्रो खर्च गरेर खानु! यिनै आर्थिक, मानसिक र सामाजिक कारणहरुले गर्दा प्रवासीहरुमा खाध्य असुरक्षाको ठुलो समस्या देखिएको छ।

मेक्सिकोमा १० प्रतिशतले मकैजन्य आम्दानीमा कम हुँदा करिव २ प्रतिशतको अंकले मेक्सिकनहरु अमेरिका तर्फ बसाई सरेका थिए। यस्तै भारतमा धानको आम्दानी १ प्रतिशतले कमि हुँदा २ प्रतिशले आन्तरिक बसाइ सराइ भएको थियो भने १ प्रतिशतले गहुँजन्य आम्दानीमा कमि हुँदा १ प्रतिशतले नै बसाइसराई भएको देखियो।

दोश्रो विश्व युद्ध पश्चात अर्थात सन २०५० यता पृथ्वीको वातावरणीय विशेषतामा क्रमिक रुपमा परिवर्तन हुँदै गएको छ। खासगरी १९८० पछिको समयमा जलवायु परिवर्तनका स्वरुपहरु जस्तै समुद्रको सतह माथि आउनु, समुद्री आंधी (स्ट्रोम) समुद्री तुफान/भुमरी (साइक्लोन) का धेरै प्रहारहरू देखिनु, बर्षाको स्वभावमा परिवर्तन देखिनु, खडेरी, बाढी र तापाक्रम काफी मात्रामा बढदै गएको देखिनुले समस्यालाई तिब्र पारेको देखिन्छ। जलवायूमा आएको परिवर्तनले बसाइ सराईमा के कस्तो असर पारेको छ र वसाई सरेर जाने प्रवासीहरुको खाध्य सुरक्षाको अवस्था कस्तो हुन्छ भनेर खोज्ने जमर्को गरिएको थियो। त्यसको जवाफमा, जलवायुको परिवर्तनले बसाइ-सराई र खाध्य सुरक्षाको स्थितिमा नकारात्मक प्रभाव छाडने गरेको कुरा संयुक्त राष्ट्र संघको  खाध्य तथा कृषि संगठन ( एफ ए ओ) को एक प्रतिवेदनले जनाएको छ। त्यहि प्रतिवेदनमा आधारित रहेर कसरि त्यस्तो नकारात्मक प्रभाव पारेको हुन्छ भनी तथ्यहरु केलाउने कोशिस गरिएको छ।

जलवायु परिवर्तनले मानिसको जिवन निर्वाहका आधारहरुलाई अहुआयामिक ढंगबाट प्रहार गरिरहेको हुन्छ। बढदो तापाक्र्मका कारण लामो खडेरी पर्न जान्छ र खाध्य बस्तुको उत्पादनमा काफी नकारात्मक असर पर्दछ। कृषि पेशा संकटमा पर्दछ। मासुजन्य उत्पादन जस्तै पशु-चौपाया र पंक्षीहरु मर्न थाल्दछन। त्यसले जलसंग सम्बन्धित माछा, गँगटा, अक्टोपस, सिविड लगायतका खानेकुराको उत्पादनमा पनि नकारात्मक असर पार्दछ। यसरि जलवायु परिवर्तनले उत्पादनको क्षेत्रमा पर्न जाने नकारात्मक असरका कारण उत्पादकत्व घटदछ। उत्पादकत्व घटेको कारणले गर्दा गरिवी मौलाउँछ र बसाइ सराई फैलन थाल्दछ। जब गरिवी मौलाएको हुन्छ तब मानिसमा खानेकुराको अभाव देखिन्छ। खानेकुराको अभाव हुनु भनेको  खाध्य असुरक्षाको अवस्था हो। बसाइ सराईमा जानेहरु तुलनात्मक रुपले राम्रो ठाउँमा पुगेको भए पनि उनीहरुको आम्दानीले आधारभूत आवश्यकता पुरा हुन सक्दैन। परिणाम स्वरुप स्वभाविक रुपमा खानेकुरामा खर्च कटौति गर्नु पर्न अवस्था आउँछ। यस्तो अवस्थामा मानिसले पोक्षणयुक्त खानेकुरा पाउँदैन र खाध्य असुरक्षाको दुस्चक्रमा फस्दछ। गरिवी बसाई सराई हुने र नहुने दुवै कारण हो। बसाई सर्न पनि केहि खर्चको आवश्यकता पर्दछ। जोसंग कत्तिपनि खर्च गर्न सक्ने क्षमता छैन तिनीहरु अवसरको खोजीमा आफ्नो बसोवास छाडेर अन्यत्र निस्कन पनि सक्दैनन।

गरिवी र बसाईं-सराईबिच सकारात्मक सम्बन्ध

अफ्रिकी उप महादिपको सन १९६० देखि २००० सम्मको तथ्यलाई हेर्दा ५० प्रतिशतभन्दा धेरै (अनुमानित रुपमा पचास लाख मानिस) बसाइ सराइको कारणमा पृथ्वीको तापाक्रम, बाढी-पहिरो, झरी-बर्षा देखियो; जसले कृषिलाई प्रहार गर्र्यो। घटदो कृषिले उनीहरुको ज्याला मजदूरी, आम्दानि र खाध्य भण्डारण पनि घटन गयो। त्यस पछि मानिसहरु गाउँबाट शहर तिर सर्ने क्रम तिब्र भयो। त्यसैगरि, पछिल्लो समयमा गरिएको एक अध्ययनले के देखाएको छ भने- कृषिमा आधारित अर्थतन्त्रका मानिसहरु प्रत्येक १ डिग्रि सेल्सियस तापाक्रम बढदा ५ प्रतिशतले अन्तराष्ट्रिय बसाई सरेका थिए। तर, त्यतिनै तापाक्रम हुँदाको अवस्थामा कृषिमा आश्रित नभएका अर्थतन्त्रबाट जम्मा ०.४ (शुन्य दशमलव चार) मानिसले मात्र बसाई सरेका थिए।

जलबायु परिवर्तन, कृषि र बसाई-सराईको अन्तर सम्बन्ध केलाउन गरिएको अर्को तथ्यले के देखाएको छ भने मेक्सिकोमा १० प्रतिशतले मकैजन्य आम्दानीमा कम हुँदा करिव २ प्रतिशतको अंकले मेक्सिकनहरु अमेरिका तर्फ बसाई सरेका थिए। यस्तै भारतको अर्को अध्ययनमा धानको आम्दानीमा १ प्रतिशतले कमि हुँदा २ प्रतिशले आन्तरिक बसाइसराइ (भारतकै एक राज्यबाट आर्को राज्यमा) भएको थियो भने १ प्रतिशतले गहुँजन्य आम्दानीमा कमि हुँदा १ प्रतिशतले नै बसाइसराई भएको देखियो।

गरिवी र बसाईं-सराईबिच नकारात्मक सम्बन्ध     

अर्कोतर्फ़, ब्यापक सुख्खा र खडेरीका कारण सन १९८३-८५ सम्म मालीको गरिवी बढेको थियो तर बसाइ-सराई भने घटेको थियो। गरिवीका कारण घटेको मालीको बसाइ-सराईले के पुष्ठी गरेको छ भने मानिसमा आम्दानीको श्रोत नै कम भएकोले बसाइ-सराईका लागि लगानी गर्न सक्ने क्षमता थिएन। उनीहरु गरिवीको चक्रमा फसे। जलबायु परिवर्तनले कृषिलाई नकारात्मक असर गरि गरिवी विस्तार हुदाँ बसाइ सराइ घटने वा बढने दुवै अवस्था देखियो। यदि उनिहरुसंग गरिबीकै कारण अन्यत्र सरेर बाँच्नका लागि अवसरको खोजि गर्ने सामर्थ्य पनि नरहेको अवस्थामा बसाइ सराइ घटन गएको देखिन्छ भने मानिसहरु वित्तिय तरलताको अभावमा गरिवीको चंगुलमा फसेको कारण झन् गरिवी बढन जाने र आम विनास हुने खतरा पनि रहन्छ।

मौसममा आएको परिवर्तन र मानव सभ्यताको विनासको अर्को मार्मिक उदहारण पनि छ। अत्यन्त सम्पन्न मेसो अमिरिकन मायान सभ्यताको विनासले यहि कुरालाई बुझाउँछ; जो मानिसहरु त्यहाँबाट भाग्न सके तिनीहरु जीवित रहे, भाग्न नसक्नेहरुको बिनासै भयो। त्यहाँ सुखा खडेरीका कारण यस्तो विपत्ति आएको थियो।  खानेकुराको अभावमा भोकले छ्टपटाएका मानिसहरुले मानिसको लाश समेत खाएका थिए भनिन्छ।  

feature image : Photo by rashid khreiss on Unsplash



sources————————————————–

Click to access DP212-Food-Nutrition-Security-Migration-May-2017.pdf

https://docs.wfp.org/api/documents/WFP-0000022124/download/?_ga=2.174705636.794709133.1570137044-813346235.1570137044

Click to access migration-and-rural-development-fao.pdf

Click to access a-i7896e.pdf

https://link.springer.com/article/10.1007/s12571-019-00927-w

Click to access ToR%2012_Report%20Final.pdf

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s