बैदेशिक रोजगारी

ब्रेक्जीट : परदेशिहरुलाई पर्न सक्ने असर

वेलायतमा हालै सम्पन्न आम निर्वाचन-२०१९ को परिणामले सरकारलाई ब्रेक्जीटमा जाने बाटो सहज गरिदिएको छ। अत्यधिक बहुमत ल्याएर कन्जरभेटिभ (टोरी) पार्टिले सरकार बनाउन सफल भयो। त्यसोत, तल्लो सदनमा आफ्नो बहुमत रहेको सरकारले युरोपियन युनियनबाट बाहिर निस्कने (Withdrawal bill) विल बहुमतले पारित गरिसकेको छ र अब अनुमोदित त्यस विललाई सरकारले माथिल्लो सदन कमन्समा पेश गर्नेछ। साथसाथै जनवरीको ३१ तारिखसम्म युरोपबाट निस्कनका लागि तयारि तिब्र पारिएको छ। वेलायत ब्रेक्जीटमा जाने बित्तिकै युरोपियन मुलुकका नागरिकहरुले पनि अन्य मुलुकका आप्रवासी (ईमिग्राण्टस) सरह नियम पालना गर्नुपर्ने हुन्छ। यसबाट श्रम बजारमा पर्न सक्ने असर र त्यसको पूर्ति कसरि होला भन्ने यौटा बहस जारि छ भने आप्रवासीहरु प्रति अलिक अनुदार भनेर चिनिएका वर्तमान प्रधानमन्त्रि बोरिस जोन्सनले यस सम्बन्धमा के गर्लान भन्ने कौतुहलता पनि जागेको छ।

जेहोस, चुनावपछिको अवस्था भने फरक कुरा हुन। खासगरि, कृषि, निर्माण, स्वास्थ्य सेवा र तल्लो तहको श्रम बजारमा श्रमिकको दिगो पूर्ति हुन जरुरि छ। यौटा प्रतिवेदनमा उल्लेख भए अनुसार– युकेका लागि फलफूल र तरकारीजन्य उत्पादनका लागि ८० हजार सिजनल कामदारहरु आवश्यक पर्दछ; तिनीहरु सबै नै पूर्वी युरोपबाट पूर्ति हुँदै आएका छन। तर ब्रेक्जिटको चर्चासंगै तिनीहरुको संख्या क्रमश: कम हुँदै गएको छ; तिनीहरु तुलनात्मक हिसावले सुरक्षित स्थानतिर स्थानान्तरण भए होलान। त्यसैले २०१७ को सेप्टेम्बरमा २९ प्रतिशतले फलफूलमा कामगर्ने सिजनल कामदारहरु कम भएको भन्दै किसान संगठनको दावीलाई उक्त प्रतिवेदनले उल्लेख गरेको छ।  

वास्तवमा, युरोपियन संघको सदस्य भएको नाताले वेलायतले विगतमा अपनाएको आप्रवासी नीति विभेदकारी थियो भन्न सकिन्छ। किनभने युरोपियन संघका नागरिकहरुले भाषा, शिप र दक्षताको परिक्षण विना सहजै श्रम बजारमा प्रवेश पाउने व्यवस्था थियो। तर अब यो नियम, तोकिएका समुहका लागि अन्यथा भएमा बाहेक, सबैका लागि समान हुने छ। यसले गर्दा बिगतमा गैह्र युरोपियन नागरिक भएकै नाताले तुलनात्मक रुपमा दक्ष भएर पनि प्रतिस्पर्धामा पछाडि रहनु पर्ने अवस्थाको अन्त हुन सक्ने देखिन्छ।

त्यस्तै वेलायतमा रहेका झन्डै १३० वटा विश्वविद्यालयमा अध्ययनका लागि बाहिरबाट बिद्यार्थी आउने गरेका छन। २०१७/१८ को आंकडा अनुसार अन्तराष्ट्रिय विद्यार्थीको एक बर्षमा दर्ता संख्या ४५८,५२० थियो। त्यस्तै यसरि अध्ययनका लागि आएका अन्तराष्ट्रिय विद्यार्थीहरुबाट वेलायतले बार्षिक सरदर २५ विलियन स्टर्लिङ्ग पाउण्ड आम्दानि गर्ने गरेको थियो। यस सन्दर्भमा प्रवासिहरुसँग सम्बन्धित यो क्षेत्र झनै महत्वपूर्ण हुने देखिन्छ। यसबाट के देखिन्छ भने अन्तराष्ट्रिय विद्यार्थीहरु वेलायत आउने अवसर केहि खुकुलो हुने देखिन्छ भने श्रम बजारको तल्लो तहको रोजगारीमा तिनै अन्तराष्ट्रिय विद्यार्थीहरुले मौका पाउन सक्ने पनि देखिन्छ। विगतमा वेलायतले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई काम गर्न पाउने व्यवस्थामा प्रतिवन्ध लगाएको थियो।

सरकारले एन एच एस भिसा जारि गरेर राष्ट्रिय स्वास्थ्य सेवामा अभाव हुनजाने डाक्टर नर्स सिधै ल्याउने कुराको पुष्ठी गरि सकेको छ। त्यसरी आईसकेकाहरुले प्ल्याव परिक्षा पास गर्नुपर्ने  (डाक्टरहरुका लागि) र नर्सहरु समेतले आई ई एल टी एस (अंग्रेजी भाषा परिक्षा) मा कम्तिमा साँडे सात अंक ल्याउनै पर्ने व्यवस्थामा के कस्तो परिवर्तन होला भन्ने कुरा त भविष्यले नै बताउला। मुलत: नम्बरका आधारमा  (point based migration system ) बाहिरबाट दक्ष नागरिक भित्राउने कुरा गरिएको छ। यस्तो प्रणालीबाट नपुग हुने जनशक्ति पूर्ति गरिने कुरा विश्वास गर्न सकिन्छ।

यसरि, आप्रवासी भित्र्याउने मुलुकहरुले सस्तोमा श्रम कजाउन पाईरहेका छन, जसले गर्दा ज्याला दर बढाउन कम दवाव पर्दछ भने उत्पादित बस्तु-भाउको मूल्य कम हुन गई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढन जानेछ। वेलायतमा न्युनतम ज्यालादर (National Living Wage) प्रति घण्टा ८.२१ पाउण्ड छ यो ज्याला दर पच्चिस बर्ष माथिकाको हकमा र लण्डन बाहिरको अवस्थामा लागु हुने भनेर तय गरिएको छ। लण्डनभित्र त्योभन्दा धेरै र पच्चिस बर्ष मुनिकाहरुको हकमा अलि कम ज्याला दर तोकिएको छ। अमेरिकामा न्युनतम ज्यालादर प्रति घण्टा ७.२५ युएस डलर मात्रै छ जबकि अष्ट्रेलियामा अष्ट्रेलियन डलर १९.५० रहेको छ। यदि आजको एक्स्चेञ्ज दरमा वेलायतको प्रति घण्टा न्युनतम ज्यालादर अष्ट्रेलियासंग तुलना गर्ने हो भने १०:४० पाउण्ड हुन्छ। हुनत अष्ट्रेलिया पनि आप्रवासीहरु टनाटन भएको देश हो, तर त्यहाँको जनसंख्या कम भएकोले अर्थतन्त्र मजबूत देखिएकोछ। सन् २०१८को तथ्याङ्क अनुसार अष्ट्रेलियामा ७.३ मिलियन आप्रवासीहरु (अष्ट्रेलिया बाहिर जन्मेका) थिए भने वेलायतमा एक आर्थिक बर्षको अन्त (मार्च २०१९) सम्म ६१२, ००० मानिसहरु भित्रिएका थिए भने (immigration) and ३८५,००० मानिसहरु बाहिरिएका थिए (emigration). यसरि हेर्दा त्यस बर्ष आउनेहरुको संख्या अझै करिव २२६,००० धेरै देखिन्छ।

वेलायतमै रहेका गैह्र युरोपियन नागरिकहरुले अबका दिनमा अवसरका लागि राहत पनि पाउन सक्लान तर युरोपियन नागरिकहरु बाहिरिएको अवस्थामा घटन जाने जनसंख्याले अर्थतन्त्रको आकार पनि साँघुरिने हुँदा समष्ठिगत रुपमा थप श्रमको आवश्यकता नरहन सक्छ। यसरि हेर्दा अवसर पचास-पचासको अवस्थामा रहने देखिन्छ। तर करिव पांच बर्षको संक्रमण सकिँदै जाँदा ब्रेक्जिट पछिको वेलायती अर्थतन्त्र सुधारोन्मुख हुनेछ भन्ने कुरा केन्द्रिय बैङ्क (बैङ्क अफ इङ्ग्ल्याण्ड) को अनुमान छ।  यस्तो वेलामा भने निश्चित रुपमा अवसरको विस्तार हुने छ भनेर विश्वास गर्न सकिन्छ। 

पाठक/सदस्य बन्नुहोस



3 thoughts on “ब्रेक्जीट : परदेशिहरुलाई पर्न सक्ने असर”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s