सम्पादकीय

प्रवासिएको अर्थतन्त्र : महत्व र चुनौती

व्यक्तिका लागि परदेशको अनुभव आँफैमा अविस्मरणीय प्रेरणादायी हुन्छ र त्यो कुरा नीति निर्माताहरुको नजरमा पनि महत्वपूर्ण हुनुपर्दछ। परदेशमा गएकाहरुको रोजगारी र तिनीहरुले पठाएको आम्दानिबाट सम्बन्धित मुलुकले आर्थिक संवृद्धिको सुनौले अवसर पाएको हुन्छ भने विदेशका मानिसहरुलाई आफ्नो श्रम बजारमा भित्र्याउने मुलुकले सस्तो मूल्यमा श्रम किन्ने अवसर पाएको हुन्छ जसले गर्दा स्थानिय बजारमा बस्तुभाउको मूल्य बढन पाउँदैन। तुलनात्मक रुपले सस्तो उत्पादनका कारण निर्यात बढाउन सकिन्छ। यसबाट बजेट र ब्यापार घाटा कम गर्न सघाउ पुग्दछ। यसरि हेर्दा विदेशी श्रमलाई कजाउने मुलुकले पनि काफी फाईदा लिईरहेको हुन्छ। त्यसैले श्रमबाट फाईदा लिने स्वयं व्यक्ति, संस्था वा मुलुक सबैले श्रम बजारको चुनौतीका प्रति संवेदनशील र त्यति नै सकारात्मक रहन पनि  आवश्यक छ। 

परदेश आफ्नो स्थायी बसोवासभन्दा फरक ठाउँ हो; त्यसरी सरेर जाने मानिसहरु परदेशी हुन; यिनीहरुलाई माहुरीका पर्याय मान्न सकिन्छ। परदेशिने काम स्वदेस भित्र र बाहिर, स्थायी वा अस्थायी रुपमा गर्ने गरिन्छ। यसलाई श्रम शक्तिको परिचालन भनेर पनि बुझ्न सकिन्छ। विश्वमा यसरि आफ्नो देश छाडेर परदेश जानेहरुको संख्या २२ करोड ७० लाख रहेको छ; विश्वको कुल जनसंख्या करिव ७.७ अर्ब हो। विश्वको कुल जनसंख्याको ३.५ प्रतिशत प्रवासीहरु रहेका छन। नेपालमा सन २००८ देखि २०१७ सम्म ३५ लाख नेपालीहरुले बैदेशिक रोजगारीका लागि दर्ता भएको कुरा बैदेशिक रोजगार विभागले जनाएको छ। यो तथ्याङ्कमा बैदेशिक रोजगारका लागि दर्ता नभई गएका, अध्यनमा गएका विद्यार्थी लगायत अन्य प्रयोजनका लागि विदेशिएका नेपालीहरुको संख्या समावेश छैन।

तथाङ्कले यस्तो देखाएको छ कि- दक्षिण एशियामा बैदेशीक रोजगारीमा जानेहरुको संख्या पुरुषको धेरै छ। तर नेपालमा २०१७ मा अनुमति लिनेहरुमा पुरुषको संख्या ५.८३ प्रतिशतले घटेको थियो भने महिलाको संख्या ८.८ प्रतिशले बढन गएको थियो। सुरक्षाका कारण महिलाहरुमाथि थपिएको यो चुनौती निकै कठिन र बिचारणिय छ।

विदेशिएका मानिसहरुले स्वदेशमा ठुलो धन राशि पठाएका हुन्छन। यस्तो आम्दानीलाई बिप्रेषण (रेमिट्यान्स) भनिन्छ। नेपालको कुल राष्ट्रिय आम्दानीको ३४ प्रतिशत बिप्रेषणले ओगटदै आएको छ। सन २०१७ को आंकडा अनुसार नेपालले एक बर्षमा ६.५६ अर्ब अमेरिकन डलर (ने रु ६ खर्ब ९९ अर्ब) बिप्रेषणबाट आम्दानि गरेको कुरा जनाईएको छ। बिप्रेषण आम्दानिको औषतलाई हेर्दा नेपाल चौथो नम्बरमा परेको छ। नेपालको अर्थतन्त्र धान्ने आम्दानीको प्रमुख श्रोत नै बिप्रेषण भएको कुरा निर्विवाद छ। यसरि अर्थशास्त्रका पिता एडम स्मिथले भने झैं ‘राष्ट्रको धन भनेकै जनसंख्या हो’ भन्ने कुरा नेपालको सन्दर्भमा पनि सोह्रै आना लागु भएको छ। स्मिथको भनाईमा धेरै आयाम, अर्थ र आलोचना पनि छन त्यसबारे कुनै वेला चर्चा गरौंला।

नेपालीहरुको बैदेशिक रोजगारीका लागि भारत, मलेशिया, वर्मा (म्यानमार), कतार, संयुक्त अरब ईमिरेटस, साउदी अरेविया माथि परेका छन्। तर बसाई नै सर्नेहरुको हिसावले तथ्याङ्क फरक पनि हुन सक्छ। अनुमति लिएर वा तोकिएको अवधिका लागि बैदेशिक रोजगारीमा गएकाहरुलाई बसाइ नै सर्ने अवसर भने त्यति सहजै प्राप्त हुँदैन। त्यसैले उनीहरुको श्रम आम्दानिबाट मुलुकले मनग्ये लाभ हासिल गरेको हुन्छ। गैह्र आवासीय नेपालीहरुले नेपालमा गरेको लगानी पनि महत्वपूर्ण छ र अझै लगानीमैत्री वातवरण बनाईयोस भन्ने चाहाना राख्दै आएका छन।      

परदेश जानु पर्ने धेरै कारणहरु छन। तिनीहरुमा रोजगारी, द्वन्द्व, प्राकृतिक प्रकोप, राजनैतिक पूर्वाग्रह, धर्म, पर्यटन, तालिम-गोष्ठी र सामाजिक सुरक्षा पर्दछन। तर प्रमुख कारणमा रोजगारी, द्वन्द्व र अध्ययन नै निर्णायक तथ्य मानिन्छन। नेपालको सन्दर्भमा रोजगारी नै प्रमुख कारण हो। द्वन्द्व कम भएको छ भने अध्ययन कै कारण बाहिर गएकाहरुको मुख्य लक्ष पनि आम्दानि अर्थात रोजगारी नै हुने गरेको छ। जसमा रहर वा स्वेच्छाभन्दा पनि वाध्यताले निर्णायक भूमिका खेल्दै आएको छ। त्यसको समाधान भनेको स्वदेश मै सिर्जना गरिने रोजगारी र आम्दानीको अवसर हो।

परदेशिएका मानिसहरुले असंख्य चुनौतिको सामना गरिरहेका हुन्छन। आफ्नो समाजबाट नयाँ समाजमा प्रवेश लिनु नै सबैभन्दा ठूलो चुनौती हो।अनि रोजगारीका लागि बाहिर गएका नागरिकहरुले ज्यानै गुमाएका, बेपता भएका, सतित्व लुटिएका, सम्बन्ध बिच्छेद भएका जस्ता अथाह घटनाहरु आफैमा कहाली लाग्दो बिषय हो, त्यसमा पनि रेमिट्यान्सले अर्थतन्त्र धान्दै आएको मुलुकको लागि त कालो दाग हो। खासगरी अरव र खाडि, पूर्वी एशियामा यो समस्या ज्यादा देखिएको छ। त्यसबाहेक परदेशिहरुलाई गैह्र नागरिक (non-citizen) पनि मानिन्छ। यिनीहरु मतादानको अधिकारबाट बन्चित रहँदै आएका छन। मतदानबाट बन्चित पारिएकाहरुले आफ्नो प्रजातान्त्रिक एवं मानव अधिकारका बारेमा खुलेर बोल्न पाईरहेका छैनन। श्रम पठाउने र श्रम लिने दुवै मुलुकको सम्बृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएका परदेशीहरुको मुल्याङ्कनले नीति निर्माणको तहमा सम्मानजनक स्थान पाउनु पर्छ भन्ने कुरामा हाम्रो ध्यान जान जरुरि छ। विदेश गएर के के नै गर्र्यो भन्ने र विदेशीले देशै ढाके भन्ने दुबैखाले अतिवादी सोचले सायद कसैको हित गर्ला! त्यसैले यथार्थ तथ्यहरुलाई सतहमा ल्याएर सुधारका लागि वातावरण निर्माण गर्दै जाँदा सबैले सुखको स्वास फेर्न सकिन्छ। यसैमा परदेशी डिजिटल म्यागजिनको सक्रियता रहने छ।

परदेशिहरु राष्ट्रको धन हुन। धनको सम्मान गरौँ, दुरुपयोग हुन नदिऊँ!   

परदेशीले तपाईको मनको कुरा बोल्दछ त्यसैले सुझाव, प्रतिक्रिया, लेख रचना पठाउन नभुल्नुहोला। आफ्नो ईमेल मार्फत परदेशीको सदस्यता लिएर प्रकाशित सामाग्रीहरु नियमित रुपमा पाउन सकिने छ। सामाजिक संजालबाट पनि फलो गर्न सकिने छ।

Feature Image: Photo by Andrew Neel on Unsplash

  • सम्पर्क ईमेल: nepaliprawas@gmail.com

Sources

Click to access 523abb634.pdf

Click to access report_on_labour_migration_for_employment_-_nepal.pdf

Click to access NPL95077%20Eng.pdf

Click to access wcms_500311.pdf

https://dol.gov.np/

https://flipboard.com/@incomesco/migration-human-crisis-bmqiud5ey

https://flipboard.com/@incomesco/nepal-nepali-b7l98vm1y

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s